उपभोक्ता अधिकार र दाइत्व सँग सँगै हुन्छ तर अधिकार मलाइ चाहीने तर दाइत्व चाही अरुलाइ देखाउँने कार्य बन्द गर्न पर्ने प्रमुख जिल्ल अधिकारी रामकृष्ण अधिकारीले बताउँनु भएको छ ।
“सुरक्षित उत्पादन, विश्वस्त उपभोक्ता” भन्ने मूल नारासहित सिन्धुपाल्चोकको चौतारामा विश्व उपभोक्ता अधिकार दिवस २०८२ उद्धघाटन गर्दै उँहाले यस्तो बताउँनु भएको हो ।
उँहाले कानुन, ब्यवहार सबैले अधिकार र दाइत्व सबैको बराबर रहने बताउँदै दाइत्वका बारेमा जिम्मेवार बन्न आबश्यक रहेको बताउँनु भयो । उँहाले अधिकारका कुरा आफुबाट सुरु गर्छाै दाइत्व चाही अरुबाट सूरु गराउँन खोज्छौ यसो हँदा अधिकारको कुरा मात्र गरेर हँदैन काईन्वयन गर्नका लागी दाइत्व पनी बहन गर्नु पर्ने बताउँनु भयो । कार्यक्रममा अधिकारीले बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन र उपभोक्ता अधिकारको कार्यान्वयन सुनिश्चित गर्न सम्बन्धित निकायहरूले आफ्नो दायित्व कडाइका साथ पालना गर्नुपर्ने धारणा राख्नुभयो।उँहाले उपभोक्ताको अधिकार संरक्षणका लागि सरोकारवाला सबै पक्षले समन्वय र जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा वडा नं ५का वडाअध्यक्ष शिब श्रेष्ठले उपभोक्ताहर जागरुक नभए सम्म उपभोगय बस्तुको गुणस्तरीयतामा सहजता नहुने बताउँनु हुादै स्थानीय सरकारबाट यसका लागी गर्न पर्ने सहयोग गरिरहने बताउानु भयो , नेपाल पत्रकार महासंघका अधयक्ष ध्ुब दङ्गालले उपभोक्ता हितका लागी गरिने अनुगमनमा व्यवसायीहरुकोहति जस्तो देखीने र अनुगमन जाँदा पहीलेनै जानकारी हुने हुँदा यसको प्रभावकारीताका बारेमा प्श्न उठेको बताउँनु भयो ।
उद्योग बाणीज्य सघका उपाध्यक्ष उजार सिह तामाङले व्यवसायीहरुले पनी उपभोक्ताका माग बमोजिम व्यवसाय गर्न आबश्यक रहेको तर बजा।रमा म्याद गुज्रेका समान नराख्न का साथै आफु सँग भएका सामाग्हिरु उपभोक्तालाइ सहज ढङ्गले उपलब्ध गरानउँन पर्ने बताउँनु भयो । उध्योग तथा वाणिज्य कार्यालयले एक कार्यक्रमको आयोजना गरि विश्व उपभोक्ता अधिकार दिवस मनाएको हो । सिन्धपाल्चोक उध्योग वाणिज्य संघ चौतारा शाखाको हलमा आयोजना गरिएको कार्यक्रममा कार्यक्रममा मन्तव्य राख्ने क्रममा अधिकांश वक्ताहरूले उपभोक्ता अधिकारको विषयमा उपभोक्ता स्वयं जागरुक र सचेत रहनु पर्ने र नियामक निकायहरूले बजारमा हुने गरेका कालोबजारी र व्यतिथिहरू विरूद्व कडा कदम चाल्न आग्रह गर्नुभएको थियो। यस प्रकारको आयोजना गरेकोमा उध्योग तथा वाणिज्य कार्यालयलाई कार्यक्रममा उपस्थित सम्पूर्णको तर्फबाट धन्यवाद ज्ञापन भएको थियो ।
कार्यक्रमका क्रममा उपभोक्ता र विक्रेताबीच वस्तु तथा सेवाको उपलब्धता, गुणस्तर तथा पारदर्शिताबारे छलफल गरिएको थियो। सहभागीहरूले उपभोक्ताले आफ्नो अधिकारबारे सचेत भई त्यसको प्रयोग र संरक्षणमा सक्रिय हुनुपर्ने आवश्यकता औँल्याएका थिए।कार्यक्रममा उदोग तथा बाणीज्य कार्यलयका कार्यलय प्मुख त्रिपुरारी बख्रेलले उद्योग वाणिज्य संघको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै बजार अनुगमन, खाद्य सामग्रीको व्यवस्थापन तथा म्याद गुज्रिएका वस्तु नष्ट गर्ने कार्यलगायतका गतिविधिबारे जानकारी गराउनुभयो। बजार अनुगमनका क्रममा देखिएका समस्या तथा चुनौतीलाई समाधान गर्न सबै पक्ष सचेत र जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ रहेको थियो।
उद्योग बाणज्यि कार्यलयका मुख्य प्रशिक्षक प्रबिन कुमार बस्नेतले सञ्चालन गर्नु भएको कार्यक्रममा जिल्ला स्थित उपभोक्ता महासंघका पदाधिकारीहरू, सञ्चारकर्मी, सरकारी निकायका प्रतिनिधि तथा स्थानीय उपभोक्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
