सिन्धुपाल्चोक जिल्लाको चौतारामा रहेको रेडियो सिन्धुले १७ बर्ष पुरा गरी आफ्नो १८ औ बर्षमा प्रबेस गरेको छ १८औँ वार्षिकोत्सवको अवसरमा जिल्लामा क्रियाशील सञ्चारकर्मीसँग एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सहभागी पत्रकारहरूले रेडियोले आगामी दिनमा अझ प्रभावकारी, स्रोता–लक्षित र समुदायमैत्री कार्यक्रम उत्पादन तथा प्रसारण गर्न सुझाव दिएका छन् ।कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकका अध्यक्ष धुर्व दंगाल, निवर्तमान अध्यक्ष जीवन प्रसाद श्रेष्ठ लोकप्रिय नेत्रज्योती सञ्चार समुहका नेत्र बहादुर बस्नेत , खुल्लापना डटकमका बिजय नेपाल लगायतले सामुदायिक रेडियोको भूमिकाबारे आफ्नो धारणा राख्दै रेडियोले समुदायका आवाजलाई जस्ताको त्यस्तै प्रस्तुत गर्नुपर्नेमा जोड दिनु भएको थियो । उहाँहरूले स्थानीय मुद्दा, जनताको सरोकारका विषय तथा ग्रामीण भेगका समस्यालाई प्राथमिकताका साथ उठान गर्न रेडियोलाई आग्रह गर्नु भएको थियो ।रेडयोको स्टुडियोमा अन्तरक्रिया कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले रेडियो सिन्धुले विगतदेखि नै समुदायको आवाज बोल्ने माध्यमका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नु भएको थियो ।
खास गरी रेडीयो सिन्धुमा आउँने समाचार अनि अमित धिमीरेको प्रस्तुतीका कारण पनी रेडीयो सिन्धुले नाम कमाएको अनुभव सुनाएका थिए भने बिशेष गरी रेडीयोबाट बिभिन्न भाषा सस्कृतीलाइ संरक्षण गरेर कार्यक्रम प्रशारण गरिरहेको भएता पनी तामाङ भाषामा समाचार प्रशारण गरे सँगै नेवारी भाषमा पनी कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको थिए । रेडियो सिन्धुले आफ्नो वार्षिकोत्सवको अवसरमा सञ्चारकर्मीसँग अन्तरक्रिया गरी सुझाव संकलन गरेको हो । यस्ता कार्यक्रमले सञ्चार माध्यम र पत्रकारबीच सहकार्य र समन्वय अझ मजबुत हुने विश्वास व्यक्त गरिएको छ ।
