सम्पर्क

विचार

शिक्षक युनियन सिन्धुमा सुनुवार

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल सिन्धुपाल्चोक जिल्ला कार्यसमितिको दोश्रो जिल्ला अधिवेशनले मिन बहादुर सुनुवारको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिती निर्वाचित गरेको छ । शनिबार चौतारामा सम्पन्न भएको माध्यमिक विद्यालय शिक्षक युनियनका केन्द्रीय अध्यक्ष टीका प्रसाद न्यौपानेको प्रमुख अतिथ्यता र केन्द्रीय अर्थ उपमहासचिव यज्ञ घिमिरेको विशेष आतिथ्यतामा अधिवेशन भएको हो । अधिबेशनले महिला उपाध्यक्षमा भिमा राई पुरुष उपाध्यक्षमा बलराम नेपाल, सचिबमा प्रकाश सापकोटा, सह–सचिवमा सोम बहादुर सिंगर, कोषाध्यक्षमा रञ्जित शाह, र सदस्यहरुमा गोबिन्द त्रिताल, तारा दाहाल, प्रदिप कोइराला, गोबिन्द प्रसाद भुसाल, प्रेम बहादुर चलाउँने, अदिप अधिकारी, गिता सापकोटा, र डिक बहादुर राई निर्विरोध निर्वाचित हुनु भएको छ । अधिवेशनको खुला सत्रमा युनियनका पूर्व केन्द्रीय सदस्य बोधराज भट्रराई, चौतारा साँगाचोकगढी नगरपालिकाका स...

महिला संघको तिज विशेष बाह्रविसेमा

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार, स्वास्थ्य
नेपाल महिला संघ सिन्धुपाल्चोकले शुक्रबार बाह्रविसेमा तिज विशेष कार्यक्रम गरेको छ । शुक्रबार बाह्रविसे बजारमा एक कार्यक्रम आयोजना गरी नेपाल महिला संघ, नेपाल तरूण दल, नेपाल बिद्यार्थी संघ र लोकतान्त्रिक आदिवासि जनजातिको विभिन्न पदमा मनोनित भएकाहरूलाई सम्मान तथा बधाइ दिदै महीला संघले तिज बिशेष कार्यक्रम गरेको हो ।कार्यक्रममा प्रमुख अतिथी नेपालि कांग्रेस महामन्त्री गगन कुमार थापाले कार्यक्रमको उद्धघाटन गर्नु हँुदै राजा संग लडेको कांग्रेस पार्टी भित्रको रजौटा संग लड्न नडराउने बताउनुभएको छ । उहाँले १५ औँ महाधिवेशनमा पार्टी भित्रको परिवारवादलाई परास्त गरि तल्लो स्तरबाट नेतृत्व चयन हुने दाबी गर्नुहँुदै कांग्रेस भित्र प्रभाव छाड्न महिलाको भुमिका अहम हुने बताउँनु भयो । पार्टीभित्रको गुटको अन्त्य र पार्टीभित्रको विभेद अन्त्यका लागि टिकट वितरणको प्रणाली परिवर्तन गर्नुपर्ने समेत थापाले सो अबशरमा बताउनु...

महेन्द्र मा. वि. ले मनायो ६४ ओैं वार्षिक उत्सव

विचार, समाचार, स्वास्थ्य
सिन्धु पाल्चोक जिल्लाको इन्द्रावती वडा नं २मा रहेको मा श्री महेन्द्र मा. वि. ले बुधबार २० गते आफ्नो ६४ ओैं वार्षिक उत्सव एैतिहासिक रुपमा भव्यताको साथ मनाएको छ ।    उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा वाग्मती प्रदेशका भौतिक पूर्वाधार मन्त्री माननिय युवराज दुलाल हुनुहुन्थ्यो भने विशेष अतिथिका रुपमा ईन्द्रावती गाउँपालिका का अध्यक्ष झम्कनाथ नेपाल हुनुहन्थ्यो ।कार्यक्रमको समुद्घघाटन प्रमुख अतिथि दुलालले केक काटेर शुरु गर्नु भएको थियो। कार्यक्रममा शिक्षा प्रेमी समाज सेवी मोहन बहादुर गिरि३२४००नगद र ५५५५५रुपैयाको अक्षयकोष स्थपना गरी सहयोग गर्नु भएको छ । उँहाले कक्षा ११ र १२ मा अध्यानरत निम्न स्तर भएका ६ जन विध्यार्थीहरुलाई पठनपाठनमा सहयोग पुग्योस भन्ने हेतुले रु ३२४०० नगद रकम प्रअ सपना दंगाल लाई हस्तान्तरण गर्नुका साथै आफ्ना स्वर्गिय आमाहरु द्वय पूर्णकुमारि गिरि र खड्ककुमारि गिरिको सम्झनामा रु ५...

लिसंखुपाखरको घुम्ती सेवा

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउन्पालिकाले एकिकृत घुम्ती सेवा सम्बन्धी शिवीर सञ्चालन गरेको छ । गाउँपालिकाको वडा नं. ७ ठुलोपाखरमा बिहिबार सम्पन्न भएको शिवीरमा योजना सम्झौता÷अनुशिक्षण, माटो परिक्षण, बालीको रोग पहिचान र नियन्त्रण सल्लाह सुझाव, पशु बन्ध्याकरण ÷ पशुपंक्षी रोग पहिचान र नियन्त्रण सम्बन्धी परामर्श, ब्यवसाय दर्ता, ईजाजत पत्र प्रदान र नबिकरण, जेष्ठ नागरिक परिचय पत्र बितरण, स्वास्थ्य संस्था र आरोग्य केन्द्रबाट प्रदान हुने सेवाहरु उपलब्ध गराइएको थियो । वडा नं. ७ मा सम्पन्न भएको एकीकृत घुम्ती सेवा शिवीरमा ८ वटा योजना सम्झौता भएको छ । जसमा पेङगल खोला हिन्दु समुदाय चिहान घर स्तरउन्नती, १६ किलो तलतिर जाने सिंडी निर्माण, ककलिङ हरिसिद्वी माबि चिल्ड्रेन पार्क घेराबार , बर्घाङ नेवार समुदाय अपुरो सिंडी निर्माण, मेसिपा ठकुरी समुदाय, मन्दिर स्तरउन्नती, तौथली मन्दिर निमार्ण, ककलिङ महिला भवन ...

वडाध्यको सुविधाबाट अक्षयकोष स्थापना ः उत्कृष्ट विद्यार्थी, शिक्षक र कर्मचारी पुरस्कृत

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाँउपालिकाका वडा नं. ६ का वडा अध्यक्ष वडाध्यक्ष चक्रबहादुर बस्नेतले आफु वडाअध्यक्ष भएबापत जनप्रतिनिधीले पाँउने सेवा सुबिद्याबाट अक्षयकोष स्थापना गर्नुका साथै वडाका उत्कृष्ट विद्यार्थी, शिक्षक र कर्मचारी पुरस्कृत गर्नु भएको छ । वडाध्यक्षहरूलाई मासिक १८ हजार भत्ता र कम्तीमा पनी दुई वटा बैठकको भत्ता २ हजार ५ सय गरी मासिक २० हजार ५ सय पाउने रकम अक्षय कोष स्थापना गरि जम्मा गरिएको छ । ५ वर्षसम्म प्राप्त हुने सबै सेवा सुविधा अक्षय कोषमा जम्मा गरेर त्यसबाट प्राप्त हुने ब्याजबाट वडा भित्र विभिन्न सामाजिक काम गर्न सुरुवात समेत वडा अध्यक्ष बस्नेतले सुरुवात गर्नु भएको छ । विभिन्न सामाजिक काम गर्ने गरी अक्षयकोषको स्थापना गरेका छन् । सरकारले उपलब्ध गराउने सेवा सुविधाबाट सुनकोशी गाउँपालिका–६ का वडाध्यक्ष चक्रबहादुर बस्नेतले विभिन्न सामाजिक काम गर्ने गरी अक्षयकोषको स्थापना ग...

विद्यालय छाडेर बसेका लाई पुनः पढाईमा फर्काउने बलेफी को प्रयास

जिबनशैली, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकाले बिभिन्न कारण शिक्षाबाट बञ्चित भएका बालबालिकालाई बिद्यालयमा ल्याउने प्रयास गर्न थालेको छ । सिन्धुपाल्चोक जिल्ला बलेफी गाँउपालिका वडा नं. ३ स्थित श्री भिमसेन मा.वि. मा पढिरहेका ४ जना विद्यार्थीले गत असारको विदापछि विद्यालय छाडेको खबर प्राप्त भएपछि उहाँहरुलाई पुनः पढ्न फर्काउनका लागि उपाध्यक्ष सरु लामा तामाङ वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रितेस तामाङ च्यानडाँडा आ.वि. का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यसीम गोले र सञ्चार कर्मी प्रितम गोले सहतिको टोली उहाँहरुकै घरघरमा जानु भएको थियो । बिचमा पढाइ छोडेर बस्नु भएकाहरुको घरमै पुगेर अभिभावक सहीत बिद्यार्थीहरुसँग पढाइ छाड्नुको कारणका बारेमा सोधपुछ गरिएको थियो । यसरी सोधपुछ गर्ने क्रममा घरपरिवारले पढ्नुपर्छ भनेर विद्यालय जान आफुले दबाव दिएपनि विद्यार्थी नामानेको बताएका थिए भने जनप्रतिन...

सुनकोसी घट्टेखेलाबाटै सडक स्तोरन्नती गर्ने सहमती

विचार, समाचार
सिन्धु पाल्चोक जिल्ला सुनकोसी गाउँपालिका वडा नं ५को घट्टेखेलाबाट सडक स्तोरन्नती गर्ने सहमती भएको छ । सुनकोशी गाउँपालिकावडा नं –५ रतनकोट हुदै वडा कार्यालयसम्मको सडक स्तोरन्नतीका लागि सुनकोशी गाउँपालिकाले चालु आर्थिक वर्षमा १ करोड बजेट विनियोजन गरेपछी योजना कार्यन्वयनका लागी भएको छलफलमा उक्त सहमती भएको हो । पालिकाबाट बिनियोजित उक्त बजेटबाट सडक स्तोरन्नतीका लागि प्राविधिक नापजाँच र स्टीमेट सुरु भएको छ । सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना,उपाध्यक्ष कान्छी लामा,वडाध्यक्ष जालबहादुर लामा,निमित्त प्रमुख प्रशासकीय अधिकृत युगबहादुर खडका,प्राविधिक शाखा प्रमुख इन्जिनियर बद्री भुजेल,वडा सदस्य पासाङ तामाङ लगायत स्थानीय भद्रभलादमी को भेलाबाट रतनकोट स्थित घट्टेखेलाबाटै सडक स्तोरन्नती गर्ने सहमती भएको छ । थोरै बजेटबाट पनि धेरै काम गर्नै उदेश्यले सडक स्तोरन्नती गर्दा कटिङको काम गाउँपालिका...

शिखर सम्मेलन गर्न लागेको जी–२० ले युद्ध रोक्न सक्ला ?

विचार
यही भाद्र महिनाको अर्को साता भारतको नयाँ दिल्लीमा आयोजना हुन लागेको जी – २० शिखर सम्मेलनबाट यतिबेला निकै ठूलो अपेक्षा लिदै गरेको देखिन्छ । बर्तमान बिश्वको बढ्दो द्वन्द्वको समस्या अर्थात यूक्रेन युद्धबाट बिश्वलाई मुक्त गर्न यो सम्मेलनले पहल गरोस् भन्ने अपेक्षा गरेको पनि पाइन्छ । यूक्रेन युद्ध भनिने यो अमेरिकी नाटो र रुसका बीचको यो लडाई रोक्न र यसलाई शान्तिको बाटोमा लैजान शिखर सम्मेलन साच्चिकै सफल होला भन्ने कुरामा भने अझै पनि ठूलो सन्देह छ । गएको बर्ष इण्डोनेशियाको बालिमा आयोजित यस जी–२० को शिखर सम्मेलनमा जति कुरा हासिल भएको भनिएको थियो त्यत्ति पनि नयाँ दिल्लीमा हासिल होला न होला भन्न सकिन्न भन्दैछन् पर्यबेक्षक बिश्लेषकहरु । त्यो सम्मेलनमा बालीमा अमेरिकाका राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति शी जिनपिङ्गका बीचमा भेट बार्ता पनि भएको थियो । त्यो बार्ताको मूख्य बिषय बस्तु यूक्रेन युद्ध नै थ...

तातोपानी नाका पुरानै लयमा फर्किनेमा स्थानिय र व्यापारी आशावादी

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक, १५ भदौ : आठ वर्षअघिसम्म नेपालको उत्तरी नाका तातोपानी भन्सार कार्यालय राजस्व सङ्कलनको मेरुदण्ड थियो । यस नाकाबाट मात्रै दैनिक करोडौँको सामान आयात तथा निर्यात हुने गर्दथे । विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि यो नाका चीनले एकतर्फी रूपमा सुरक्षाको कारण देखाउँदै बन्द ग¥यो । यसको मार आममानिससँगै देशको अर्थतन्त्रमा देखियो । हाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणको पूर्वसन्ध्यामा भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने नाकाबाट लामो समयपछि मानिसलाई आवतजावतका लागि खुला गरिएको छ । अध्यागमन कार्यालय कोदारीका अनुसार चिनियाँ क्षेत्र प्रवेशका लागि अध्यागमन कार्यालय कोदारीले शुक्रबारसम्म दुई सयभन्दा बढी निलो रङको पास जारी गरेको छ । उक्त पास सीमाबाट ३० किलोमिटर क्षेत्रभित्रका सिन्धुपाल्चोकवासी मितेरी पुलपारिका क्षेत्रमा जान पाउने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताउ...

सांसदका प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)

अन्तर्वाता, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, १२ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको मुख्य जोड सङ्घीय समावेशी लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण, अर्थतन्त्रको पुनरुत्थान र सबलीकरण, सार्वजनिक सेवामा जनताको सहज पहुँच, भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रवद्र्धनमा केन्द्रित रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राख्नुभएको प्रश्नको जवाफमा प्रधानमन्त्रीले नागरिकलाई शासकीय प्रणालीप्रतिको भरोसा र सरकारप्रति विश्वास दिलाउँदै सबैतिर आशाको सञ्चार गराउने सरकारको प्रयास रहेको बताउनुभयो । उहाँले विकास निर्माणलाई गति दिन, शान्ति प्रक्रियालाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्‍याउन तथा स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्दै राष्ट्रिय हितको अधिकतम रक्षा गर्न सरकार प्रतिबद्ध रहँदै आएको स्पष्ट पार्नुभयो । सांसदहरुले प्रधानमन्त्रीसँग राख्नुभएको प्रश्न र त्यसको जवाफ यसप्रकार रहेको छः प...