लम्ची ८ केउरानीमा बालविवाह र साइबर जोखिमबारे अन्तरक्रिया ः
सुरक्षित भविष्यका लागि संयुक्त पहल मेलम्ची नगरपालिका–८ केउरानीस्थित जलवाइदेवी माध्यमिक विद्यालयमा ‘बालविवाह र साइबर जोखिम ः सुरक्षित भविष्यका लागि स्थानीय सरकार, प्रहरी, विद्यार्थी र अभिभावकबीच अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ग्रामिण स्वास्थ्य तथा शिक्षा सेवा गुठी र रेष्ट पैरवी समूह, सिन्धुपाल्चोकको आयोजनामा भएको कार्यक्रममा बालविवाह न्यूनीकरणदेखि साइबर सुरक्षाका विषयमा विस्तृत छलफल भएको हो । कार्यक्रममा रेष्टका जिल्ला कार्यक्रम संयोजक कुमार भट्टराईले बालविवाह रोकथाम, लैङ्गिक हिंसा नियन्त्रण तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा यस प्रकारका कार्यक्रम अत्यन्त आवश्यक रहेको बताउँदै उद्देश्य र औचित्य प्रस्तुत गर्नुभयो । त्यस्तै, रेष्ट पैरवी समूह इन्द्रावती संयोजक जगन्नाथ रिजालले विवाहको कानुनी परिभाषा, बालविवाहका सामाजिक प्रभाव, कानुनी स...



