सम्पर्क

खानेपानी

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

खानेपानी, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काभ्रेपलाञ्चोक, ८ भदौः प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४ वर्षदेखि लगातार कन्यालाई देवीका रूपमा मान्दै पूजा गरिँदै आइएको छ । रजस्वला नभएका १० वर्षमुनिका कन्यालाई ‘कन्या–पूजा’ नाम दिइएको यस परम्परालाई यस वर्ष पनि निरन्तरता दिन स्थानीय सनातन कन्या–पूजा प्रबन्ध समितिले तयारी थालिसकेको छ । ‘अमूर्त सांस्कृतिक–सम्पदा’ नामकरण गरी वर्षौँदेखि बनेपाली उक्त पूजामा जुट्दै आएका छन् । विसं १९५९ देखि सांस्कृतिक–सम्पदा जोगाउँदै आएकामा गर्व गर्छन् बनेपाली । यस वर्ष यही भदौ १९ गते पूजाको आयोजना गरिएको छ । परम्पराअनुसार बनेपाको पुरानो बजारमा वर्षैँपिच्छे सप्तमी र कृष्ण जन्माष्टमीका दुई दिन पूजा गरिँदै आएको छ । नेवाः कन्या–पूजाको नाममा टिकट दिएर बनेपा नगरपालिका–८ दक्षुटोलमा उक्त पूजा आयोजना गरिन्छ । पूजामा भने बर्सेनि करिब दुई हजारदेखि दुई हजार ५०० कन्या सहभागी हुने गर्दछन् । पछिल्ला वर्षमा यो...
शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

खानेपानी, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
काठमाडौँ, ७ भदौः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले पहिलो प्राथमिकतामा राखी काम गरिरहेको बताउनुभएको छ । मन्त्रालयले आज यहाँ आयोजना गरेको विद्यालय शिक्षा विधेयकका विषयमा सरोकार भएका निकायका प्रतिनिधिसँगको परामर्श गोष्ठीमा उहाँले शिक्षा ऐन निर्माण प्रक्रिया पारदर्शी र सहभागितामूलक बनाइने बताउनुभयो । मन्त्री पोखरेलले विद्यार्थीमैत्री शिक्षा विधेयक निर्माणका क्रममा सरोकार भएका निकायका प्रतिनिधिका सुझावलाई औपचारिक छलफलमा मात्र सीमित नराखी ऐन तथा नियममा समेटिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सङ्घ, प्रदेश र स्थानीय तहबीच अधिकारको स्पष्ट बाँडफाँट तथा प्रभावकारी समन्वय आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले शिक्षामा कुल बजेटको कम्तीमा २० प्रतिशत लगानी हुनुपर्नेमा जोड दिँदै विश्वव्यापी अभ्यास भए पनि नेपालमा शिक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन हुन नसकेको बताउनु...
सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

खानेपानी, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, ७ भदौः प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी सङ्गठनको ‘इन्स्टिच्युसनल मेमोरी’ मा रहेकाले त्यस्ता घटनामा संलग्न अपराधीलाई जुनसुकै बेला पनि कारबाहीको दायरामा ल्याइने बताउनुभएको छ । उहाँले दशकौँपछि पनि त्यस्ता घटनामा संलग्नलाई पक्राउ गरी कानुनी कारबाही गर्दै आएको स्पष्ट पार्नुभयो । राष्ट्रिय समाचार समिति (रासस)सँग कुराकानीमा प्रहरी महानिरीक्षक कार्कीले लामो इतिहास बोकेको प्रहरी सङ्गठनले त्यस्ता घटनालाई नबिर्सने बताउनुभयो । “व्यक्तिका स्मरण छोटो समयमा समाप्त हुन्छन् । तर प्रहरी व्यक्तिको न्यायका लागि अनवरत रूपमा लडिरहने संस्था हो । यो संस्थाले त्यस्ता घटनाहरू बिर्सन्न”, उहाँले भन्नुभयो । यद्यपि, त्यस्ता मुद्दामा चाहेजस्तो सफलता प्राप्त नभइरहेको महानिरीक्षक कार्कीको स्वीकारोक्ति थियो । “ती पुराना घटनाको अध्ययन र निरन्तरको अनुसन्धानबाट घटनामा संलग्नलाई ...
कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

खानेपानी, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, ६ भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत् आपूर्ति प्रणालीलाई थप व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउँदै विद्युत् खपत वृद्धि गर्न विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।कोशी प्रदेशको भ्रमणका क्रममा नेपाल विद्युत् प्राधिकरणका प्रादेशिक तथा वितरण कार्यालयका प्रमुख, कर्मचारी, जनप्रतिनिधिलगायत सरोकार भएका निकायका प्रतिनिधिसँग आज छलफल गर्दै उहाँले विद्युत् आपूर्तिमा देखिएका समस्या, स्थानीयवासीका गुनासा र कर्मचारीका समस्या पहिचान गरी तत्काल समाधान गर्न निर्देशन दिनुभएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । प्रदेशको विद्युत् वितरण प्रणालीको वर्तमान अवस्था, उपलब्धि र आगामी कार्यदिशाबारे आयोजित अन्तरक्रियामा मन्त्री श्रेष्ठले नागरिकले नियमित, गुणस्तरीय र भरपर्दो विद्युत् सेवा पाउने वातावरण बनाउन प्राधिकरणका कर्मचारीले विगतभन्दा अझ बढी मेहनत गर्नुपर्न...
चौतारामा नपाद्धाराअनुदानमा कृषी सामाग्री बितरण

चौतारामा नपाद्धाराअनुदानमा कृषी सामाग्री बितरण

#, कृषि, खानेपानी, खेलकुद, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाले नगरपालिकाका कृषकहरुलाइ बिहीबार एक कार्यक्रमा बिच ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरेको छ ।नगरपालिकाले किसानको ५० प्रतिशत लगानी र नगरपालिकाको ५० प्रतिशत अनुदानमा मिनी टिलर र कम्बाइन डिक्स मिललगायतका कृषि उपकरण वितरण गरेको हो ।  कृषकहरुलाइ सामाग्र बितरण गर्दे नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले नगरपालिकाले किसान ब्राण्डको टेक्टर कृषकले रोजेर खरिद गर्ने र त्यसको बिलका आधारमा ५०प्रशित रकम अनुदान दिने योजना लागु गर्न खोजेको भए पनी टेण्डर प्रकृयाबाट सामान खरिद गरेर बितरण गर्न पर्ने भएकाले ढिलो गरी कृषी सामाग्री बितरण गर्न परेको बताउँनु भयो। उँहाले अनुदानमा पाएको सामानको सही सदुपयोग गर्न पर्ने सके सम्म छरछिमेक सबैका समस्या समधान गर्न मिलेर सामाग्रीको प्रयोग गर्न पर्ने बताउँनु भयो । नगर प्रमुख सापकोटाले आगामी बर्ष बेलैमा खरिद प्रकृया पुरा गर...
प्रमुख सचेतक कुमारी द्धारा सरकारको समर्थन नभएको प्रदेस प्रमुखलाइ पत्र

प्रमुख सचेतक कुमारी द्धारा सरकारको समर्थन नभएको प्रदेस प्रमुखलाइ पत्र

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाग्मती प्रदेशसभा प्रमुख सचेतक कुमारी तामाङले बागमती प्रदेस सरकारमा सहभागी हुने तथा समर्थन गर्ने बिषयमा कुनै पनी निर्णय नभएको हुँदा संसदीय दलको नामबाट दिएको भनेको पत्रमाथी कुनै कार्बही नगर्न अनुरोध गर्नु भएको छ । उँहाले संसदीय दलको बैठकबिनै दलका नेता उद्धव थापाले एमालेका प्रदेशसभा सदस्य किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन गर्दै प्रदेश प्रमुखसमक्ष बुझाएको पत्रमाथि कुनै कारबाही अघि नबढाउन भन्नु भएको हो ।प्रदेश प्रमुखलाई पत्र लेख्दै प्रमुख सचेतक तामाङले संसदीय दलको औपचारिक बैठक नै नबसी दलका नेताले व्यक्तिगत लेटरप्याड प्रयोग गरी मुख्यमन्त्रीमा समर्थन गरेको पत्र बुझाएको विषय सञ्चारमाध्यमबाट जानकारी पाउँदा आफूहरू आश्चर्यचकित भएको उल्लेख गर्नु भएको छ् ।तामाङले पार्टीको निर्णय र वृहत्तर हितविपरीत स्वेच्छाचारी ढङ्गबाट अघि बढेको भन्दै संसदीय दलका न...
सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै

सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
कास्की, २ भदौः कास्कीको अन्नपूर्ण गाउँपालिका–८ स्थित वीरेठाँटी–घान्द्रुक सडकखण्डको पुनर्निर्माण आजदेखि सुरु हुने भएको छ । अविरल वर्षापछि मोदी खोलामा आएको बाढीले सडक बगाउँदा अन्नपूर्ण गाउँपालिकाका चार वडा सडक सम्पर्कबाट विच्छेद भएका छन् । मोदी खोलाको कटानका कारण वीरेठाँटीमा करिब १०० मिटर कालोपत्र सडक बगाएको छ । बाढी र पहिराले गाउँपालिकाका विभिन्न क्षेत्रमा समेत भौतिक क्षति पु¥याएको छ । विशेषगरी वीरेठाँटी क्षेत्र बढी प्रभावित भएको छ भने चिम्रुङ, हाइजुङलगायत आसपासका क्षेत्रमा पनि बाढीपहिरोले क्षति पु¥याएको गाउँपालिकाले जनाएको छ । मुख्य सडकमा क्षति पुगेपछि स्थानीयको दैनिक आवतजावतसँगै पर्यटकीय गतिविधि प्रभावित बनेका छन् । वीरेठाँटीस्थित पुल नजिकै सडक संरचनामा क्षति पुगेको छ भने कतिपय स्थानमा सडक पूर्ण रूपमा बगाएको छ । सडक पुनर्निर्माणका लागि नेपाली सेनाले १०० जना जनशक्ति परिचालन गर्ने भएको छ । ...
ईन्द्रावती गाउँपालिका समितिको आयोजनामा माध्यमिक तह (कक्षा ९-१०) स्तरीय ‘डिजिटल हाजिरी जवाफ प्रतियोगिता’

ईन्द्रावती गाउँपालिका समितिको आयोजनामा माध्यमिक तह (कक्षा ९-१०) स्तरीय ‘डिजिटल हाजिरी जवाफ प्रतियोगिता’

खानेपानी, ब्रेकिङ न्युज १, राजनिती, समाचार
नवलपुर, सिन्धुपाल्चोक २०८३ साउन ३० नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, ईन्द्रावती गाउँपालिका समितिको आयोजनामा माध्यमिक तह (कक्षा ९-१०) स्तरीय 'डिजिटल हाजिरी जवाफ प्रतियोगिता' भव्य रूपमा सम्पन्न भएको छ। सिन्धुपाल्चोकको नवलपुरस्थित गाउँपालिकाको सभाहलमा आयोजित उक्त प्रतियोगितामा ईन्द्रावती गाउँपालिकाका सबै १२ वटा माध्यमिक विद्यालयका विद्यार्थी टोलीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा नवलपुर माध्यमिक विद्यालयले ८५ अङ्क प्राप्त गरी प्रथम स्थान हासिल गर्न सफल भएको छ। त्यसैगरी, ऐसेलुखर्क माध्यमिक विद्यालय ८० अङ्कका साथ द्वितीय र राजेश्वरी माध्यमिक विद्यालय ६५ अङ्क प्राप्त गर्दै तृतीय स्थानमा रहन सफल भएका छन्। विजेता विद्यालय तथा विद्यार्थीहरूलाई कार्यक्रमका अतिथिहरूले बधाई ज्ञापन गर्दै पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो। नेपाल राष्ट्रिय शिक्षक सङ्गठन ईन्द्रावतीका अध्यक्ष श्री व...
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, ३० साउनः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५८, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु रातो (गोलो) प्रतिकिलो रु ५३, आलु रातो (मुढे) प्रतिकिलो रु ५३, आलु रातो (भारतीय) प्रतिकिलो रु ३७, आलु सेतो प्रतिकिलो रु ३५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ६४ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु ८०, बन्दा (लोकल) प्रतिकिलो रु ४५, काउली स्थानीय प्रतिकिलो रु १००, रातो मूला प्रतिकिलो रु ३०, रातो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ । समितिका अनुसार बोडी तने प्रतिकि...
लोकतन्त्र सुदृढ बनाउन कांग्रेस एकजुट हुनुपर्नेमा जोड

लोकतन्त्र सुदृढ बनाउन कांग्रेस एकजुट हुनुपर्नेमा जोड

खानेपानी, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, २९ साउनः नेपाली कांग्रेसका नेताहरूले लोकतन्त्र सुदृढिकरणका लागि कांग्रेस एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । कांग्रेसको संस्थापन पक्षइतरको आजदेखि यहाँ सुरु भएको राष्ट्रिय भेलाको उद्घाट्न समारोहलाई सम्बोधन गर्दै उहाँहरूले मुलुकमा सङ्कट र राष्ट्रियतामा चुनौती देखिएको अवस्थामा त्यसको समाधानका लागि पनि कांग्रेस एक ढिक्का हुनुपर्ने उल्लेख गर्नुभयो । समारोहमा पूर्व सहमहामन्त्री डा प्रकाशशरण महतले मुलुकमा जेनजी आन्दोलनको घट्नाजस्तै कांग्रेसमा नियमित महाधिवेशनको सट्टामा विशेष महाधिवेशन भएको बताउँदै यसको निर्वाचनको परिणाम अनपेक्षित आएको उल्लेख गर्नुभयो । साथै उहाँले असमान्य अवस्थामा मात्र सर्वाेच्च अदालतमा पुनरावलोकन हुने गरेको उल्लेख गर्दै सर्वाेच्चबाट सिंगो पार्टीलाई न्याय हुने अपेक्षा व्यक्त गर्नुभयो । पार्टीका नेता एवं पूर्वमन्त्री एनपी साउदले नियमित १५औँ महाधिवेशन तोकिएको अवस्थामा कुन...