सम्पर्क

राजनिती

प्रत्यक्षतर्फ दुई प्रदेशको मतपत्र छपाइ सकियो

ब्रेकिङ न्युज १, राजनिती, समाचार
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउन ३३ दिन बाकीे छ । निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र छपाइ सम्पन्न भएको छ । यी दुई प्रदेशमा रहेका निर्वाचन क्षेत्रसहित हालसम्म यस प्रणालीतर्फ प्रतिनिधिसभाको ३८ र प्रदेश सभाको ८० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा दैनिक करिब २५ लाख मतपत्र छपाइ गरिरहेको छ । हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत कुल ८९ लाख ९९ हजार मतपत्र छपाइ भइसकेको छ । सोमध्ये प्रदेश सभातर्फ ४७ लाख १५ हजार र प्रतिनिधिसभातर्फ ४३ लाख ४८ हजार रहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भइ वितरण शुरु भइसकेको छ । हालसम्म बागमती, मधेश र प्रदेश–१ का...

हाम्रो नेपालपाटीलाइ आयोगको स्पस्टीकरण

ब्रेकिङ न्युज १, राजनिती, समाचार
निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका हाम्रो नेपाली पार्टीका विभिन्न उम्मेदवारहरूले आफूलाई स्वतन्त्र उम्मेदवार भन्दै लौरो चिन्हबाट प्रचारप्रसार गरेको विषयमा स्पष्टीकरण सोधेको छ । ती उम्मेदवारले आफ्नो दलीय आबद्धता स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको भनी प्रचारप्रसार गरेको कार्यबाट निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित गर्ने र आम मतदाता समेतलाई भ्रमित गर्ने गरी आफूलाई स्वतन्त्र उम्मेदवार भनी सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरेको कार्यबाट जानाजान प्रचलित निर्वाचन कानूनको उल्लङ्घन समेत भएको पाइएकाले २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गरिएको छ । स्पष्टीकरण सोधिएकामा पहिलो हुने निर्वाचित हुने तर्फ काठमाडौँ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार मधुसुदन पाठक, प्रतिनिधिसभा सदस्यका सिराहा क्षेत्...

नवौँ राष्ट्रिय खेलकुदको समुद्घाटनका अवसरमा मार्चपाससहित सांस्कृतिक कार्यक्रम

ब्रेकिङ न्युज १, राजनिती, समाचार
पर्यटकीय नगरी पोखरामा नवौँ राष्ट्रिय खेलकुदको समुद््घाटन समारोहका अवसरमा मार्चपाससहित विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको छ । ‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने नाराका साथ सुरु नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहका बीच उपराष्ट्रपति नन्दबहादुर पुनबाट औपचारिक उद्घाटन गर्ने कार्यक्रममा रङ्गशालामा सातवटै प्रदेश, तीन विभागीय, एनआरएन सहित ११ टिमका खेलाडी, अफिसियल, प्रशिक्षक, खेलप्रेमी र आम सर्वसाधारणको हजारौँ सहभागी छन् । उद्घाटन समारोहमा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, संस्कृति तथा पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, गण्डकी प्रदेशका गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, आयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतका विशिष्ट व्यक्तिको सहभागिता छ । उद्घाटन समारोहमा सातवटै प्रदेशका टिम, नेपाली सेना, सशस्त्र प्रहरी र...

छात्रा शिक्षामा डुडुवाको छुट्टै रणनीति

ब्रेकिङ न्युज २, राजनिती, समाचार
खजुरा, २८ असोज (रासस) ः ‘एसइइ पास छात्रा प्रोत्साहन कार्यक्रम र कन्या मुद्दती शिक्षा योजना’लाई बाँके जिल्लाको डुडुवा गाउँपालिकाले महत्वपूर्ण कार्यक्रमको रुपमा लागू गरेको छ । छात्रालाई उच्च शिक्षा हासिल गराउने यी दुई कार्यक्रमलाई पालिकाले ‘ड्रिम प्रोजेक्ट’ को रुपमा लिएको छ । कन्या मुद्दती शिक्षा योजनाअन्तर्गत पालिकामा जन्मिने बालिकाको बैंकमा मुद्दती खाता खोलिन्छ । पालिकाले नै रु दश हजार राखेर खाता खोलिदिने गरेको छ । कन्या मुद्दती खाता योजनामा दुई वटा कुरालाई महत्वका साथ उठान गरिएको छ, पहिलो बालिकाले एसइइ उत्तीर्ण गर्नै पर्ने र दोस्रो २० वर्षपछि मात्रै विवाह गर्नुपर्ने । बालिकालाई कम्तिमा एसइइसम्म पढाउन र बालविवाह रोक्न यो कार्यक्रम लागु गरिएको हो । यो दीर्घकालिन योजनाले २० वर्षपछि पालिकामा राम्रो नतिजा देखिने आशा गरिएको छ । पालिकामा अहिले बालविवाह ५० प्रतिशत बढी रहेको गैरसरकारी संस्थाहरुको ...

निर्वाचनमा भएको खर्च बिबरण सुरक्षाकर्मीमार्फतसंकलन गरिने

ब्रेकिङ न्युज १, राजनिती, समाचार
उम्मेदवार तथा राजनीतिक दलको निर्वाचन खर्चको विवरण नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको स्थानीय संरचनामार्फत संकलन गरिने भएको छ। आयोगद्धारा जारी बिज्ञप्तीमा यस्तो जनाइएको हो आयोगका सहसचिब एवम प्रबक्ता शालिग्राम शर्मा पौडेलद्धारा जारी बिज्ञेप्तीमा संवत् २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं भयरहित बनाउन निर्वाचन आयोगले कडाइका साथ निर्वाचन आचारसंहिता कार्यान्वयन गरिरहेको छ । यसै सन्दर्भमा आज मिति २०७९ असोज २७ गते बसेको आयोगको निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको बैठकबाट उम्मेदवार तथा राजनीतिक दलले निर्वाचनमा खर्च गर्दा आयोगले तोकेको सीमाभित्र रही खर्च गरे नगरेको र निर्वाचन आचारसंहिता पालना भए नभएको सम्बन्धमा तल्लो तहबाट नै निगरानी गर्नु पर्ने भएकोले उम्मेदवार तथा राजनीतिक दलले निर्वाचनमा गरेको खर्च तथा आचारसंहि...

स्थानीय तहका पदाधिकारीले आफ्नोतहमा निर्वाचन प्रचार गर्न नपाउँने

ब्रेकिङ न्युज १, राजनिती, समाचार
  स्थानीय तहमा निर्वाचित कार्यपालिका सदस्यले आफू निर्वाचित भएको पालिकाभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नमिल्ने निर्वाचन आयोगले जनाएको छ । आयोगका उपसचिब तथा साहयक प्रबक्ता सुर्य प्रसाद अर्यालद्धारा जारी बिज्ञेप्तीमा यस्तो जनाइएको छ । बिज्ञेप्तीमा संवत् २०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्वाचन आचारसंहिता लागू भैसकेको अवस्थामा कतिपय स्थानीय तहका कार्यपालिकाका सदस्यहरूले निर्वाचन आचारसंहिता विपरीत आफ्नो पालिकाभित्र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको भन्ने जानकारीमा आएकोप्रति निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । निर्वाचन आचारसंहिता अनुसार कुनै पनि स्थानीय तहमा निर्वाचित कार्यपालिका सदस्यले आफू निर्वाचित भएको पालिकाभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नमिल्ने साथै ...

सिन्धुपाल्चोकमा शान्तिपुर्ण मनोनयन दर्ता सम्पन्न

ब्रेकिङ न्युज १, राजनिती, समाचार
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत सिन्धुपाल्चोकमा उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण वातावरणमा उत्साहजनकरूपमा सम्पन्न भएको छ ।          सत्ता गठबन्धनको भागबण्डाअनुसार प्रतिनिधि सभातर्फ सिन्धुपाल्चोक क्षेत्र नं. १ नेकपा (माओवादी केन्द्र) लाई र क्षेत्र नं. २ कांग्रेसलाई परेको छ । माओवादीले क्षेत्र नं. १ मा माधव सापकोटाले उम्मेदवारी दर्ता गर्नुभएको छ । यस क्षेत्रको प्रदेश ‘क’ कांग्रेसलाई परेको छ भने ‘ख’ माओवादीलाई । नेपाली कांग्रेसले प्रदेश ‘क’ मा मनकुमारी खड्काले उम्मेदवारी दिनुभएको छ भने भने माओवादीबाट प्रदेश ‘ख’ मा सरल सहयात्री पौडेलले उम्मेदवारी दर्ता गर्नुभएको छ ।क्षेत्र नं. २ कांग्रेसलाई परेपछि मोहनबहादुर बस्नेतले उम्मेदवारी दर्ता गर्नुभएको छ । यस क्षेत्रको प्रदेश ‘क’ माओवादीलाई परेको छ । माओवादीबाट युवराज दुलालले दोहोर्याउने हुनुभएक...

आज देशै भरी उम्मेदवारी दर्ता,आयोगमा जुलुस लान नपाइने

ब्रेकिङ न्युज १, राजनिती, समाचार
आगामी मंसीर ४ गते हुने प्रत्यक्ष निर्वाचनका लागी प्रतिनिधीसभा र प्रदेस सभाको उम्मेदवारहरुले उम्मेदवारी दर्ता गर्ने दिन आज देसको ७७वटै जिल्लाका निर्वाचन कार्यलयहरुले उम्मेद्वारी दर्ता गर्ने समय १० बजे देखी ५ बजे सम्म तोकेको छ । सिन्धुपाल्चोकमा पनी १०बजे देखी ५ बजे सम्मको समय तोकीएको छ । जिल्ला निर्वाचन सुरक्षा समितीले उम्मेद्वारी दर्ता गर्न जाँदा राजनिती दल,स्वतन्त्र जुन भए पनी २५जना भन्दा बढी ब्यक्ती लिएर निर्वाचन कार्यलय जान पाइने छैन भने निर्वाचन कार्यलय भित्र उम्मेद्वार,समर्थक,र प्रस्तावक गरी जम्मा तिन जना मात्र लान पाइने ब्यवस्था भएको छ । सिन्धुपाल्चोकमा आगामी मंसीर ४ गते हुने निर्वाचनका लागी ५ दलिय गठबन्धनको तर्फ बाटसंघीय निर्वाचन क्षेत्र नं. १ प्रतिनिधी सभा सदस्यका लागी नेकपा माओबादी केन्द्रका तर्फबाट माधव सापकोटा (सुबोध) निर्वाचन क्षेत्र नं. १ को बागमती प्रदेशमा ‘क’ मा नेपाली काङ्ग्...

सिन्धुपाल्चोककाँग्रेसमा राजीनामाको ओइरो जिल्ला देखी वडा सम्म राजीनामाको लहर

ब्रेकिङ न्युज १, राजनिती, समाचार
प्रतिनिधि सभा र प्रदेश सभाका लागि आगामी मंसीर ४ गते हुने निर्वाचनका लागी सत्तारुढ गठबन्धन दल मध्य मुख्य दल नेपाल िकाँग्रेसका पादाधिकारहिरले भागबण्डामा असन्तुष्ट जनाउँदै पाटी बाट अलग हुने निर्णय सहीत राजिनामा दिएका छन । राजिनामा दिने सबैले दुुख गरेर बनाएको पहीलो पाटीलाइ मत हाल्न बाट बञ्चीत गराएर कम्युनिष्टलाइ मत दिन बाध्य बनाएकोले आफुहरुले राजिनामा दिएको बताएका छन । यसरी राजिनामा दिनहरुमा सिन्धुपाल्चोक प्रतिनिधीसभा क्षेत्र नं १का रहेका छन हामीलाइ प्राप्त राजिनमा पत्र हरुमा पाटकिे केन्द्रले कार्यकर्ताको भावना नबुझेकोमा दुख समेत ब्यक्त गरेका छन । राजीनामा दिनुको  कारण भने सिन्धुपाल्चोक क्षेत्र नं १मा काँग्रेसलाइ टिकट नदीएर गठबन्धनले माओबादीलाइ दिनु नै मुख्य रहेको छ ।...

सिन्धुमा धु्र्ब पराजुलीको स्वतन्त्र उम्मेदवारी , गठबन्धन भत्कने खतरा

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको दुइ वटा प्रतिनिधी सभा र चार वटा प्रदेस सभा गरि छ सिटमा सत्तारुढ गठबन्धन दल मध्य नेपाली काँग्रेस र माओबादी बिच भागबण्डा भएको समाचार आए पछीसिन्धुपाल्चोकको छ सिटमा एक सिट पनी समाजबादीले नपाए पछी उम्मेदवार दिने सम्भावना रहेकोे स्थानीय नेताहरुले बताउँन थालेका छन भने माओबादीका पुर्ब नेताले स्वतन्त्र उम्मेदवारको घोषणा गर्नुभएको छ ।(20+) Dhruba Parajuli _ Facebookजिल्लाको प्रतिनिधी सभा क्षेत्र नं १माओबादीलाइ परेको र २ नं क्षेत्र काँग्रेसलाइ परेको समाचार आइसके पछी लामो समय माओबादीको जिम्मेवारी पदमा रहनु भएका खाश गरी भन्नु पर्दा नेकवा माओबादीका खम्बा मानीने ध्रुब पराजुलीले २ नं क्षेत्रबाट स्वतन्त्र लड्ने घोषणा गर्नु भएको समाचार आएको छ । यसै गरी सत्तारुढ गठबन्धन भित्र रहेको नेकपा समाजबादीले पनी आफ्नै उम्मेदवार उठाँउने बिषयमा छलफलभइरहेको जिल्ला स्थित एक नेताले जानका्री दिनु भएको...