सम्पर्क

जेष्ठ भित्रै मेलम्ची पुल बन्छ ः बस्नेत

सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट नव निर्वाचित नेपाली काङ्ग्रेसका केनद््रीय सदस्य पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले जेठ नलाग्दै मेलम्चीमा पुल निर्माण गर्ने घोषणा गर्नुभएको छ । उहाँले सिन्धुपाल्चोक जिल्लाको विकास गर्ने जिम्मा आफ्नो लगायत गठबन्धनको काँधमा आएको भन्दै आजैबाट योजना बद्ध रूपमा विकासको काममा खट्ने बताउँनुभयो । आफु भारीमतले बिजय भए पछी चौताराबासीले गरेको स्वागत पछी चौताराबासी मतदातालाइ धन्यबाद दिदै मेलम्ची आउँनु भएका बस्नेतले मेलम्चीमा आयोजित मतदातालाई धन्यवाद तथा बिजय र्यालिलाइ सम्बोधन गर्दै बस्नेतले जनतलाइ विकास भनेको यस्तो रहेछ भएर अनुभुती हुनेगरि काम गर्ने बताउनुभयो । बस्नेतले आफु ले बोलेको कुरा काम गरेर देखाउँने बताउँदै बिकास कसरी गर्ने जिल्लाबासीलाइ कसरी आफ्नो उपस्थिती देखाउँने भन्ने बिषयमा केन्द्रीत रहेरआम नागरिकको समस्या ुमधानमा लाग्ने बताउँनु भयो । कार्यक्रमा सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेशसभा क बाट निर्वाचित नेकपा माओवादी केन्द्रका नेता युवराज दुलाल शरद,ले सानातिना काम आफु गर्ने र आफुले गर्न नसक्ने ठुलाठुला योजनाका कामहरु मोहन बहादुर बस्नेतले गर्ने बताउँदै अब आबश्यकता हेरेर आबश्यकता अनुसा्र तत्काल काम गर्न लाग्ने बताउँनु भयो । प्रदेश सभा ख बाट निर्वाचित कृष्ण कुमार तामाङ समिर ले मतदातालाई धन्यवाद ब्यक्त गर्दै जिम्मेवार बोधभएर विकासको काममा लाग्ने बताउनुभयो । उँहाले आफुलाइ दिएको जिम्मेवारी पुरा गर्न आजै देखी लागी पर्ने बताउँनु भयो।बस्नेतले सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २ मा पहिलोपटक नेपाली कांग्रेसलाई विजयी गराउनुभएकोमा यस क्षेत्रका काँग्रेसहरुको शिर उच्च भएको बताउँदै समाज बिकासका लागी काँगे्रसले नेतृत्व लिएकोमा आफुहरुलाइ गर्ब लागेको नेपाली काँग्रेस क्षेत्र नं २का क्षेत्रीय सभापती आइतमान तामाङले बताउँनु भयो ।