सम्पर्क

सिन्धुपाल्चोमा बस दुर्घटना हुँदा ११ घाइते

दोलखाबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुवाहक बस शुक्रबार लामोसाँघु मुडे सडकखण्डको लिसंखुपाखर गाउँपालिका वडा ५ स्थित उन्नाइस किलोमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बसको ब्रेक फेल भएर बा ३ ख १७९५ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भइ सडकछेउमा पल्टिँदा दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रनाउ शिव बुढाथोकीले जानकारी दिनुभयो । बसमा सवार ३५ यात्रु मध्ये घाइते भएका ११ यात्रुलाई उद्धार गरेर बलेफी गाउँपालिकाको खाडीचौरको सिन्धुसदाबहार अस्पतालमा लगिएको वुढाथोकीले बताताउनुभयो । उहाँका अनुसार घाइतेको अवस्था आहिले सामान्य रहेको र केही त घर फर्किसकेका छन् । प्रहरीका अनुसार चालकलाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछ र थप अनुसन्धान भइरहेको छ ।