सम्पर्क

सिन्धुपाल्चोक१मानेपाल र २मा बस्नेतको अग्रताकायमै

सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधीसभा क्षेत्र नंं १सरेश नेपाल(नेकपाएमाले) ६४६६ मत आउँदा गठबन्धनका उम्मेद्वार माधव सापकोटा सुवोध(नेकपामाओवादी केन्द्र) ले५५३६ मत पाउँनु भएको छ । यस क्षेत्रमा नेकपा एमालेका सरेश नेपालले ९३०मतले अगाडी रहनुभएको छ । यसै गरी प्रतिनिधि सभा क्षेत्र नं १, प्रदेशसभा –१ मसिना खड्का,( नेपाली काँग्रेस) ले ७३४६र डिबी तामाङ, एमालेले ७३२८ मत पाउँनु भएको छ । नेपाली काँग्रेसका खड्का १८मतले अगाडी रहनु भएको छ । यस्तै प्रतिनिधि सभा क्षेत्र नं २ मा नेपाली काँग्रेसका मोहनबहादुर बस्नेत ले६५९२ नेकपा एमालेका शेरबहादुर तामाङले ४६४० मत ल्याउँनु भएको छ । यस क्षेत्रमा बस्नेत १९५२मतले अगाडी रहनु भएको छ । यसै गरी यो समाचार तैयार पार्दा सम्म प्रतिनिधि सभा क्षेत्र नं २, प्रदेशसभा –१ नेकपा माओवादी केन्द्र का युवराज दुलालले ६६७२र नेकपा एमालेका अमानसिँह तामाङले ४४२९ मत ल्याउँनुभएको छ । यँहा युबराज दुलाल २२४३मतले अगाडी रहनु भएको छ ।