सम्पर्क

सिन्धुमा पहिलोपटक ‘नो भोट’ आवाज

मंसीर ४ गते भएको निर्बाचनमा सिन्धुपाल्चोक जिल्लाभरका एक लाख ४६ हजार ३ सय ४ मतदाताले तीनसय २० मतदान केन्द्र पुगेर मतअधिकार प्रयोग गरे । यसरी मतदान भइरहँदा , सिन्धुपाल्चोक र काभ्रे जिल्लाको दोसा“धमा रहेका बेलडा“डा, दोलालघाट, बन्देउटार र डुम्रेबसी गाउ“का ६० परिवारले एकैसाथ मतदान बहिष्कार गरेरअरुले मतदान गरेरको हेरीरहेको समाचारले चर्चा पाएको छ ।  सिन्धुपाल्चोकमा पहिलोपटक ‘नो भोट’ को बिगुल बजाउ“दै यह“ाका दुईसय मतदाताले जिल्ला प्रशासन कार्यालय चौतारामा ज्ञापनपत्र पनि बुझाए । यहा“को परिवारको कागजात हेर्दा काभ्रेको दोलालघाट र चौतारा सा“गाचोकगढी नगरपालिकाको नर्सरीमा मतदान केन्द्र हो । त्याहाका बासिन्दाहरु मत हाल्न गएनन् ,मतदान भइरहेको चुपचाप हेरेर बसिरहे ।लामो समयदेखि काभ्रेपलाञ्चोकले दाबी गर्दै आएको दोलालघाटदेखि बन्देउसम्मको भू–भाग सिन्धुपाल्चोककै भएको नेपालको नक्सादेखि सिन्धुपाल्चोकको नक्सामा समेत दोलालघाट पुलसम्मको भूभाग सिन्धुपाल्चोककै रहेकोले आफ्नो कार्यकाल अवधिमै सो भू–भाग ल्याउन आफूले छलफल सुरू गरेको पुर्ब नगर प्रमुख अमान सिंतामाङले बताउनुभएको थियो ।२०७५ फागुन २२ गते लोकप्रिय समाचारले प्रकाशन गरेको समाचारमा उल्लेख थियो । सोही समयमादोलालघाट पुलदेखि बन्देउसम्मको भू–भाग दुबैतिरकाले दाबी गरिरहेका छन् । नापीको समयमा काभ्रेका तत्कालिन सांसद गोविन्द उप्रेतीले आफ्नो भोट बढाउनको लागि सो भू–भाग कब्जा गरेको भएपनि सो भाग सिन्धुपाल्चोकै भएको तामाङले दाबी गर्नुभएको थियो । ’दोलालघाटदेखि बन्देउसम्मको भू–भाग हाम्रो सम्पत्ति हो,’ तामाङले भन्नुभयो– ’हाम्रो सम्पत्ति भएकोले त्यसको उपभोग गर्न पनि हामीले नै पाउनुपर्छ ।’काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाँउपालिकाका पुर्ब अध्यक्ष गुमानध्वज कुँवरले भने नापी हुँदाको बखतमा सो ठाँउ काभ्रेकै देखिएकोले आफूहरूले भोगचलन गरिहेको बताउनुभएको थियो । बन्देउ क्षेत्र काभ्रेकै पर्ने देखिएकोले आफूहरूले दोलालघाटको प्रहरी चौकी नै त्यहीं सार्ने तयारी गरिरहेको कुवरले बताउनुभएको थियो । ’२०३३ सालमा काभ्रेपलाञ्चोक जिल्लाको नापी गर्दा सो भुभागलाई सिन्धुपाल्चोक भनेर नापी गरिएको र ’त्यसपछि २०४५ सालमा भएको सिन्धुपाल्चोक जिल्लाको नापीमा काभ्रेपलाञ्चोक जिल्ला भनेर फेरि त्यो ठाँउ छुटेको छ ।’ नापीको समयमा काभ्रेको महादेवटार खोलासम्म मात्रै काभ्रे तर्फबाट नापी भएकोे। नापी नभएपनि काभ्रेका तत्कालीन सांसद उप्रेतीले त्यस भेगमा पर्ने बुढाथोकीटारका जनताको नागरिकता काभ्रे जिल्लाबाटै बनाउन लगाई एको स्थानीयको भनाइ रहेको छ । यो बिबाद का बारेमा तत्काल समस्या समधान गर्ने भनीएको भएता पनी

सिन्धुपाल्चोक जिल्ला र काभ्रे जिल्लाको सिमानामा रहेको दोलालघाट र बन्देउ कस्को हो भन्ने बिषयको बिबाद अझै सम्म पनि टुङ्गो लागेको छैन ।लोकप्रिय समचारले यस समस्याको उठान गरेको भएता पनी अहिले सम्म यस प्रती चासो देखाएका थिएनन । यस बर्षको निर्वाचनमा स्थानीयहरुले मतदान बहीस्कार गरेर आफ्नो माग राखेका छन ।
चौतारा सा“गाचोकगढी नगरक्षेत्र डुम्रेभेगमा बस्दैआएका ४३ वर्षे कृष्णबहादुर माझीको परिवार आफुलाई कुन जिल्लाबासी हो भनेर चिनाउने भन्दै आफु अन्योलमा परेको बताउनुहुन्छ । आफ्नो बसाइ सिन्धुपाल्चोक सुनकोसी बगरको तर काभ्रेपलाञ्चोक जिल्लाको नागरिकता र कागजात, छ त्यही समस्या सुल्झाउने कुनै उम्मेद्वारले एजेण्डा र प्रतिबद्धतासमेत् नदिएपछि मतदान बहिष्कार गरेको माझीको भनाइ रहेको छ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ३ ले दिएको अधिकार प्रयोग गरेर तत्कालिन तुलसी गिरी प्रधानमन्त्री ह“ुदा ०३३ साल माघ २८ गते मन्त्रि परिषद्को निर्णय राजपत्रमा प्रकाशित गरियो । सुनकोसी र इन्द्रावती नदीलाई सीमाना मानेर वारिपारी सिन्धुपाल्चोक र काभ्रे हुने स्पष्ट निर्णय मन्त्रिपरिषदले गरेको थियो । ०३८ सालमा तत्कालिन राष्ट्रिय पञ्चायत सदस्य गोविन्द उप्रेतीले मन्त्रिपरिषदको निर्णय विपरित ती गाउ“लाई काभ्रेको भूभाग भनी दाबी गरे । तर, सरकारको निर्णयपछि स्थलगत अध्ययन र नापी गरेर २०४३ सालमा नापी महाशाखालृे सुनकोसी र इन्द्रावती नदीवारिका बेलडा“डा ,दोलालघाट ,बन्देउटार र डुम्रेबेसीलाई सिन्धुपाल्चोकको क्षेत्रधिकारभित्र राखेको थियो । त्यतिबेला सिन्धुपाल्चोक सा“गाचोकका गाउ“का प्रधानपञ्च जनक गिरीले उप्रेतीस“ग यस विषयलाई लिएर खुबै संघर्ष गरे । आफ्नो क्षेत्राधिकारमा पर्ने भूमिबारे आवाज उठाउ“दा उनको झगडा पनि भयो । तर ०४३ सालमा नापीले यी गाउ“ सिन्धुपाल्चोकभित्र पर्छन् भनेर स्पष्ट नक्सा दि“दा पनि राष्ट्रिय पञ्चायतमा रहेका उप्रेतीले ०४५ सालदेखि कित्ता नापी गर्ने सरकारी अभियानलाई रोक्का गरिदिए ,त्यसयता यो क्षेत्रमा थपकित्ता नापी भएको छैन् । यो समस्या समधानको माग राख्द्रै सिन्धुपाल्चोक र काभ्रे जिल्लाको दोसा“धमा रहेका बेलडा“डा, दोलालघाट, बन्देउटार र डुम्रेबसी गाउ“का ६० परिवारले एकैसाथ मतदान बहिष्कार गरेका हुन् ।