सम्पर्क

३बिजयसहीत नेकाका बस्नेत अगाडि

नेपाली काँग्रेसले तिन सिट जित हासिल गरेको छ । यसका साथै सिन्धुपाल्चोकका मोहन बहादुर बस्नेत सहीत ४०सिटमा अग्रस्थानमा रहेको छ । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस तिन स्थानमा विजयी भएको छ भने नेकपा (एमाले)ले एक स्थानमा जित हासिल गरेको छ ।कांग्रेसले हिमाल पारीका जिल्ला मुस्ताङ र मनाङबाट जितको सुरुवात गरेको छ भने एमालेले ललितपुर क्षेत्र नं २ मा जित हासिल गर्दै खाता खोलेको छ । मुस्ताङको प्रतिनिधिसभा सदस्यमा कांग्रेसका योगेश गौचन थकाली विजयी हुनुभएको छ । नेपाल विद्यार्थी सङ्घमा आबद्ध भइ राजनीति सुरु गर्नुभएका २९ वर्षे उहाँ पर्यटन व्यवसायीसमेत हुनुहुन्छ । उहाँ बुबा पूर्वमन्त्री रोमी गौचनले पाउनुभएको टिकटबाट लड्नुभएको थियो । साथै, कांग्रेसले मनाङमा पनि जित हासिल गरेको छ । मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी हुनुभएको छ । कांग्रेस केन्द्रीय सदस्य गुरुङ पूर्व राज्यमन्त्री हुनुहुन्छ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १ बाट लगातार चौथो पटक विजयी हुनुभएको छ । प्रजातन्त्रका योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहका छोरा सिंहले बुबाको राजनीतिक विरासतलाई कायम राख्दै आउनुभएको छ । सिंह यसअघि २०६४, २०७० र २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । कांग्रेसको साधारण सदस्य हुँदै राजनीतिमा प्रवेश गर्नुभएका सिंह नेपाली कांग्रेसको काठमाडौँ जिल्ला सभापति, केन्द्रीय सदस्य, महामन्त्री र उपसभापतिसम्मको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । कांग्रेसका शीर्ष नेतामध्येका एक सिंह तत्कालीन सुशील कोइरालाको सरकारमा उपप्रधानमन्त्री तथा स्थानीय विकास तथा सङ्घीय मामिलामन्त्री हुनुभएको थियो ।विसं २०१२ मा काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका सिंहले स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएको छ । सिंह २०३६ सालमा नेपाल विद्यार्थी सङ्घको सभापति हुँदै केन्द्रीय राजनीतिमा सक्रिय भूमिकामा रहनुभयो ।   सरल व्यक्तित्व भएका सिंह आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर खटिएर जनताको सुख दुःखमा साथ दिने नेतामा पर्नुहुन्छ ।सिंहले यस निर्वाचनमा सात हजार एक सय ४० मत ल्याएर विजयी हुनुभएको हो । सिंह उहाँका प्रतिस्पर्धी रवीन्द्र मिश्रभन्दा एक सय २९ मतले अगाडि रहँदै निर्वाचित हुनुभएको हो ।मिश्रले सात हजार ११ मत ल्याउनुभएको छ । अघिल्लो निर्वाचन २०७४ सालमा पनि सिंहले मिश्रलाई नै पराजित गर्नुभएको थियो ।नेकपा एमालेले भने ललितपुरबाट जितको खाता खोलेको छ । ललितपुर क्षेत्र नं २ मा एमालेका प्रेमबहादुर महर्जन विजयी हुनुभएको हो । उहाँले १५ हजार २५ मत प्राप्त गर्नुभयो ।निर्वाचन आयोगका अनुसार यो समाचार तैयार पार्दा सम्म नेपाली कांग्रेस ४० वटा स्थानमा अग्रता कायम गरेको छ भने नेकपा (एमाले) ३५ स्थानमा अग्रस्थानमा छ । साथै, नेकपा (माओवादी केन्द्र) १२ स्थानमा, राष्ट्रिय स्वतन्त्र पार्टी ८ स्थानमा, राष्ट्रिय प्रजातन्त्र पार्टी ५ स्थानमा र अन्य १९ स्थानमा अग्रता कायम गरेका छन्न ।प्रदेशसभा मुस्ताङको दुवै प्रदेशसभामा कांग्रेस विजयी भएको छ । प्रदेशसभा १ मा नम्डू गुरुङ र प्रदेशसभा २ मा विकल शेरचन विजयी हुनुभएको हो । मनाङको प्रदेशसभा १मा कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित हुनुभएको छ भने प्रदेशसभा २ मा यसअघि नै स्वतन्त्र उम्मेदवार राजिव गुरुङ ९दीपक मनाङे० निर्विरोध भइसक्नुभएको छ । यता सिन्धुपाल्चोकमा प्रारम्भिक मतपरिणाम अनुसार क्षेत्र नं १ मा चार हजार ८३८ मत गन्दा नेकपा (एमाले)का सरेश नेपालले दुई हजार ३५ मत प्राप्त गर्नु भएको छ । त्यस्तै लोकतान्त्रिक वाम गठबन्धनकातर्फबाट नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार माधव सापकोटाले एक हजार ८८४ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नं १ प्रदेस १ मा कांग्रेसका मसिना खड्का ७२२ र एमालेका युद्धविक्रम लामाले ७११ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नम्बर २ प्रदेशसभा १ मा नेकपा ९माओवादी केन्द्र०का युवराज दुलाल दुई हजार १६३ नेकपा एमालेका अमान सिं तामाङले एक हजार २४८ मत प्राप्त गर्नुभएको छ । ईन्द्रावती गाउँपालिका वडा नं ६मा मोहन बहादुर बस्नेलाइ ६११शेर बहादुर तामाङ लाइ ४३५वडा नं.४मा मोहन बहादुर बस्नेत लाइ ९९४शेर बहादुर तामाङ लाइ ४९७मत आएको छ यसै गरी वडा नं. १मा मोहन बहादुर बस्नेत ६३१रशेर बहादुर तामाङ ले ३५१ मत पाउँनु भएको छ । त्यस्तै समानुपातिक मत गणना पनि जारी रहेको जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले जानकारी दिनुभयो ।