सम्पर्क

सिन्धुपाल्चोक २ मा कांग्रेसका बस्नेत अगाडि १ मा एमालेका नेपाल

सिन्धुपाल्चोक, ६ सिन्धुपाल्चोकका दुवै प्रतिनिधिसभा सदस्यको मतगणना जारी रहेको छ । प्रारम्भिक मतपरिणाम अनुसार क्षेत्र नं १ मा चार हजार ८३८ मत गन्दा नेकपा (एमाले)का सरेश नेपालले दुई हजार ३५ मत प्राप्त गर्नु भएको छ । त्यस्तै लोकतान्त्रिक वाम गठबन्धनकातर्फबाट नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार माधव सापकोटाले एक हजार ८८४ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नं १ प्रदेस १ मा कांग्रेसका मसिना खड्का ७२२ र एमालेका युद्धविक्रम लामाले ७११ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नम्बर २ प्रदेशसभा १ मा नेकपा ९माओवादी केन्द्र०का युवराज दुलाल दुई हजार १६३ नेकपा एमालेका अमान सिं तामाङले एक हजार २४८ मत प्राप्त गर्नुभएको छ । ईन्द्रावती गाउँपालिका वडा नं ६मा मोहन बहादुर बस्नेलाइ ६११शेर बहादुर तामाङ लाइ ४३५वडा नं.४मा मोहन बहादुर बस्नेत लाइ ९९४शेर बहादुर तामाङ लाइ ४९७मत आएको छ यसै गरी वडा नं. १मा मोहन बहादुर बस्नेत ६३१रशेर बहादुर तामाङ ले ३५१ मत पाउँनु भएको छ । त्यस्तै समानुपातिक मत गणना पनि जारी रहेको जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले जानकारी दिनुभयो ।