सम्पर्क

सिन्धुपाल्चोकमा क्रिया बसेका एक महीला सहीत चारले गरे मतदान

सिन्धुपाल्चोक जिल्लामा क्रिया बसेका एक चेली सहित चार जनाले मंसीर४गते भएको निर्वाचनमा मतदान गरेका छन । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४को डडुवाभवानी शकंर माध्यमिक बिद्यालयमा बर्ष२१को प्रजि भण्डारी ले आफ्नो आमा स्व. रमा भण्डारीको क्रिया बसेको अबस्थामा मतदान गर्नु भएको थियो ।  यसै गरी चौतारा साँगाचोकगढी नगरपालिका ४ मा पनी आमाको किरिया बसेका चुर्ण प्रसाद श्रेष्ठ , कमल श्रेष्ठ ,मान वहादुर श्रेष्ठ ,पुर्ण प्रसाद श्रेष्ठ र उँहाहरुका श्रीमती सहितले मतदान गर्नु भएको छ ।कालिकादेवि मा।वि मतदान केन्द्रमा पुगि भोट दिएका हुन । दुबै मतदान केन्द्रमा आफ्नो परम्परा अनुसार कसैलाई नछोई मतदान गर्ने वातावरण बनाईएको थियो ।