सम्पर्क

६४ बर्ष पछी फर्किएको कांग्रेसको विरासत

उखानै छ बाह्र बर्षमा खोलो पनि फर्कन्छ । प्रतिनिधि सभा क्षेत्र न २ मा यो उखान चरितार्थ भएको छ ।    २०१५ सालयता काँग्रेसले निरन्तर पराजय व्यहोर्दैआएको यहाँ यसपटक निर्वाचनमा कांग्रेसले झण्डा फहराउदै जित निकालेको हो । आफ्नो क्षेत्र बदलेर २ मा गठबन्धनबाट उम्मेद्घार बनेका कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले गर्दा यो संम्भव भएको यसभेगका नेता र मतदाताले बताएका छन् । ‘६४ बर्ष पछी कांग्रेसको खोला फर्केको छ ,’ चौतारासाँगाचोकगढी नगरपालिका ११ का शकंरराज गिरीले भन्नुभयो । आफुले लाइ जिवनभरमा सबै भन्दा धेरै खुशी लागेको उहाँले बताउनु भएको छ । जिल्लाको २ नं क्षेत्रमा नेपाली काग्रेस हुनमा बल्ल आफुलाइ गर्ब लागेको बताउँदै अब यस क्षेत्रका नागरिकहरु सबैले काागे्रस हुनमा गर्ब लागेको बताउनु भयो । हरेक बस्तीमा मोहन बहादुर बस्नेतले कााग्रेसको झण्डा फहराउन प्रेरणा दिनु भएको छ , भन्दै गिरीले अब यस क्षेत्रमा बिकासको लहर आउँने बताउँनु भयो ।
यसै गरी वडा नं १३का गणेश नेपालले ढिलो भयो तर सत्यको बिजय भयो भन्दै बस्नेत एक देसकै लोकप्रिय नेतालाइ यस जिल्लाले पाउनु हामी आफैमा भाग्यमानी भएको बताउनुभयो । उता साँगाचोकका मतदाता नकुल गिरीले देसका लागी आबश्यक केन्द्रीय नेता मोहनबहादुर बस्नेतले यस जिल्लाको अभिभावक यस क्षेत्रमा काग्रेस पछी परेको र यस क्षेत्रका नागरिकका समस्या समाधान गर्नका लागी बस्नेत जस्तै नेताको खाँचो भइरहदा स्वयम बस्नेत यस क्षेत्रमा आउँनु भएकोले यस क्षेत्रको बिकासमा कुनै कमी नहुने बताउँनु भयो । सिन्धुबासीको मनमनमा बस्न सफल बस्नेत यस २ नं क्षेत्रमा आएर हरेक समस्याका समाधान गर्न लागी पर्ने बस्नेतको कारण हाम्रो शिर उठेको र बिकास प्रेमी नेताहरु सँग मात्र बेराजगारहिरुलाइ रोजगार दिने तागत हुन्छ त्यो तागत भएको नै मोहन बस्नेत हो श्याम पराजुलीले बताउँनुभयो । हामीलाइ कम्युनिष्टहरुले पेलीरहेको अबस्थामा बस्नेत आउँदा यस क्षेत्रको मुहार फेरिने बताउँनुभयो । १५साल पछी रुख चिन्हमा मत हालेर आफ्नै नेता पाएको यस क्षेत्रमा पहीलो पटक भएको हो । मोहन बहादुर बस्नेत कै कारण सिन्धुपाल्चोकको शिर उच्च भएको १४ नं वडाका वडा इकाइ सभापती बिनोद तामाङले बताउँनुभयो ।