मोहन बस्नेत जस्तो मान्छे काँग्रेसमा भएकाले म पनी काँग्रेस बने ढुगांना
राष्ट्रिय प्रजातन्त्र पाटीका निर्वाचित केन्द्रीय सदस्य समेत त्याग गरेर आफुसँगै जिल्लाका बरिष्ठ नेता तथा कार्यकर्ता सहित नेपाली काँग्रेसमा प्रबेश गर्नु भएकी यस्मीन ढुगांना सिन्धुपाल्चोक जिल्लामा परिचित नाम हो । उँहा राप्रपामा रँहदा होस नरहँदा होस् सिन्धु बिकासका लागी सँधै लागी पर्ने समाज सेवी ब्यक्तीत्व हुनुहुन्छ । नेपाली कांग्रेस प्रबेश गरेपछी उहाँसँग लोकप्रिय समाचारले गरेको छोटो कुराकानीको अंश
१. तपाई लगायत जिल्लाका धेरै नेता तथा कार्यकर्ता सहित राप्रपा छोडेर काँग्रेस प्रबेश गर्नू भएको छ किन यस्तो भयो ?
हो म हिजो सम्म राप्रपाको केन्द्रीय सदस्य रहेको थिए आजदेखी काँग्रेसको साधरण सदस्य भएर बसेको छु । खाशगरी मैले राप्रपा छोड्नका कारण त्यस पाटीमा सिद्धान्तको राजनिती भएन, आफन्त आसपासका लागी मात्र नेतृत्वले संरक्षण गरेको देखियो , आफुलाई अनुकुल पर्दा राम्रो र नपर्दा नराम्रो भन्ने प्रवृद्धि बढ्न...
