सम्पर्क

राजनिती

सिन्धु काँग्रेसको पुर्ब सभापती अस्पताल भर्ना

ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला नेपाली काँग्रेसका पूर्वसभापति विकास लामा अण्डकोषमा इन्फेक्सन देखिएकाले अस्पताल भर्ना हुनुभएको छ । बिगत लामो समयदेखि अस्वस्थ रहँनु भएका नेपाली काँग्रेसका नेता लामा वीर अस्पतालको आईसियुमा उपचाररत रहनु भएको छ । लामाको अण्डकोषमा इन्फेक्सन देखिएकाले शल्यक्रिया गरिएको पारिवारिक स्रोतले जानकारी दिएका छन् । अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।यसअघि छाला रोगबाट पीडितको थाइल्याण्डमा उपचार गरिएको थियो । नेपाली काँग्रेस सिन्धु पाल्चोकका जिल्ला सभापती जगं बहादुर लामा २ नं क्षेत्रीय सभापती आइतमान तामाग लगाएतले उँहाको सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।  ...

कफी पकेट क्षेत्र बनाउँन नगरपालिका तयार

कृषि, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा सँँगाचोकगढी नगरपालिकालाई कफी पकेट क्षेत्र बनाउँनका लागी नगरपालिका तयार रहेको नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले बताउँनु भएको छ ।      जिल्ला कफी सहकारी संघ सिन्धुपाल्चोकद्धारा आयोजित कफी यान्त्रीकरण सामाग्री बितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सापकोटाले यस्तो बताउँनु भएको हो । कृषी ज्ञान केन्द्रको सहयोगमा र कफी सहकारी संघको आयोजनामा सुकुटेमा भएको कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै सापकोटाले स्थानीय स्तरमा हुने उत्पादनलाई प्राथमिकता दिएर स्थानीय स्तरमा नैअर्गानीक कफी उत्पादन गरी जापान लगाएतका बिदेसमा पैठारी गरेको देख्दा आफूलाई खुशी लागेको बताउँदै आगामी दिनमा कफी उत्पादनमा नगरपालिकाबाट हुन सक्ने सहयोग गर्ने समेत बताउँनुभयो । यसैगरी कार्यक्रमको बिशेष अतिथी वडा नं. १० का वडाअध्यक्ष निल बहादुर तामाङ (सुमन) ले आफ्नो वडामा यसरी अन्तराष्ट्रिय स्तरमा नै प...

बागमती प्रदेशको बजेट २०बर्षेगाडीलाइ ९०प्रतिशत छुट

खानेपानी, खेलकुद, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
बागमती प्रदेशले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटमार्फत् विभिन्न करको दर हेरफेर गरेको छ । आर्थिक मामिलामन्त्री बहादुर सिंह लामाले महिला, दलित समुदाय, अपाङ्गता भएको व्यक्ति, अल्पसंख्यक र लोपोन्मुख समुदायका व्यक्तिले प्राइभेट फर्म रजिष्ट्रेसन गर्न चाहेमा फर्म दर्ता गर्दा लाग्ने दस्तुरमा पचास प्रतिशत छुट हुने व्यवस्था बजेटले गरेको छ । बागमती प्रदेशका यातायात ब्यवस्था कार्यालयहरूमा दर्ता भएर २० वर्ष पुरा भएका कारण सञ्चालनमा आउन नसक्ने सार्वजनिक सवारी साधनको २० वर्ष अवधिको तिर्न बुझाउन बाँकी रहेको सवारी साधन कर र नवीकरण दस्तुर सम्वत् २०८० फागुन मसान्तभित्र बुझाएमा सोमा लाग्ने जरिवानामा ९० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।बागमती प्रदेशलाई लगानीमैत्री प्रदेशको रूपमा स्थापना गर्न काठमाडौं उपत्यका, भरतपुर महानगरपालिका, हेटौंडा उपमहानगरपालिका क्षेत्र बाहेक प्रदेशका अन्य स्थानमा उत्पादनमूलक उद्योग...

सिन्धुपाल्चोक जिल्लालाई काँग्रेसमय बनाउँने ः बस्नेत

बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा स्वास्थ्य तथा जनसँख्या मन्त्री मोहन बहादुर बस्नेतले आगामी निर्वाचनमा जिल्लाका सबै वडाहरुमा काँग्रेसका उम्मेदवारले निर्बाचन जित्ने गरी बिकासका काम गर्ने बताउनुभएको छ ।          नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला कार्यसमिद्धारा आयोजित जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले आफ्नो अभियान भनेकै सिन्धुपाल्चोक जिल्लालाई काँग्रेसमय बनाउँने रहेको बताउनुभयो । उहाँले हरेक वडामा बिकासका कार्यक्रम गरेर नागरिकको मन जित्नका लागी वडाका सबै कार्यकर्ताहरु एक भएर पाटी बलीयो बनाउँन लागी पर्नुपर्ने बताउँनुभयो । मेलम्चीमा बेलीब्रीज पुल बनाउँने देखी लिएर हरेक बिकासका कार्यक्रमहरुमा आफु सक्रीय भएर लागेको बताउँदै निर्बाचन क्षेत्र नं. २ लगाएतका स्थानहरुमा निर्बाचनमा बोलेका कुराहरु सम्बोधन गर्ने समेत प्रतिबद्धता जनाउनुभयो ।मन्त्री बस्नेतले सबै मिलेर स्वा...

भ्रष्ट्रचार विरुद्ध आन्दोलन गर्ने ठकुरीको चेतावनी

राजनिती, समाचार
राष्ट्रिय प्रजातन्त्र पाटीका केन्द्रीय सदस्य दइन्द्र बहादुर ठकुरीले धर्म संस्कार र संस्कृतीको रक्षाका लागी र भ्रष्टचार बिरुद्ध आन्दोलन गर्ने बताउनु भएको छ । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको बैठकमा बोल्दै यस्तो बताउनु भएको हो । आईतबार जिल्ला पाटी अध्यक्ष निल ध्वज थापाको सभापतीत्वमा बसेको बैठमा नेपालमा पछिल्लो समय हरेक क्षेत्रमा भ्रष्टचार बढेको निश्कर्ष निकाल्दै भ्रष्टचार विरुद्ध आन्दोलन गर्ने पाटीले निर्णय गरेको समेत ठकुरीले जानकारी दिनु भयो । बैठकलाई सम्बोधन गर्दै ठकुरीले राप्रपाको एजेण्डा र नेतृत्वप्रती आम मानिसको आकर्षण बढ्दै गएको ले उक्त आकर्षणलाइ सम्बोधन गर्न आजदेखी नै पाटीको कामलाई युद्धस्तरमा अघि बढाउन निर्देशन समेत दिनुभयो । पार्टीका अर्का केन्द्रीय सदस्य उदय सापकोटाले केन्द्रको कार्यक्रमलाइ पालना गर्दै स्थानीय स्तरमा पनी जन पक्षीय कार्यक्रम गर्न...

पत्रकार महासंघको निर्णय प्रति युनियनको आपती

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नेपाल प्रेस युनियन जिल्ला शाखा सिन्धुपाल्चोकले गैर पत्रकार महासघं भनदा पनी ब्यवसायकि पत्रकार महासघं बनाउँन सिन्धु शाखा लाग्न पर्ने माग गरेको छ । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकमा वास्तविक पत्रकार भन्दा पनी गैर पत्रकारलाइ राजनीती भाग बण्डाका आधारमा सदस्यता बितरण गरिनुले यो अबस्था आएको हो । प्रेस युनियन सिन्धुपाल्चोकले यस बिषयमा बिज्ञेप्ती प्रकाशन गरी उक्त निर्णयको खारेजीको माग गरेको छ । पत्रकार महासघका सदस्यताको बिषयमा सिन्धुपाल्चोकमा बर्षेनी भाग बण्डा हुने गरेको छ । पत्रकार महासघंको सदस्य बिज्ञेप्तीः नेपाल प्रेस युनियन जिल्ला शाखा सिन्धुपाल्चोक पत्रकार महासंघलाई श्रमजीवी र व्यावसायिक पत्रकारहरुको साझा संस्था बनाउने उद्देश्यले शुरु गरेको शुद्धीकरण अभियानप्रति प्रतिवद्ध छ । हामी पत्रकार महासंघलाई गैरपत्रकार होइन व्यावसायिक पत्रकारको संस्था बनाउन चाहन्छौं । तर हाम्रो प्रतिवद्धता र सदासयताल...

नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नं. २ को क्षेत्रीय सम्मेलन मेलम्चीमा

राजनिती, समाचार
नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नं. २ को क्षेत्रयि सम्मेलन मेलम्चीमा सम्पन्न भएको छ । पाटीका केन्द्रीय सह महामन्त्री बद्री पाण्डेको प्रमुख अतिथ्यतामा भएको सम्मेलनमा सहभागीहरुले नेपाली काँग्रेस को २ नं. क्षेत्रलाई अझ बलीयो बनाउँदै पाटीका निष्कृय रहेका क्रियासिल सदस्यहरुलाई समेत सक्रिय गराउँदै भ्रष्टचार र अनियमितताका बिरुद्ध लाग्ने बताएका छन । सिंन्धुपाल्चोक जिल्ला नेपाली कांग्रेस क्षेत्र नम्बर २ को क्षेत्रीय सभापती एबम मेलम्ची नगरपालिकाका नगर प्रमुख आईत मान तामाङको सभापतीत्वमा भएको कार्यक्रममा पाटी सभापती जङ्ग बहादुर लामा पुर्ब सभापती बिकास लामा नेता डा. पे्रमध्वज लामा लगायतका नेताहरुको बिशेष अतिथ्यतामा सम्मेलन भएको थियो । सम्मेलनलाई सम्बोधन गर्र्दै सह महामनत्री पाण्डेले नेपाली काँग्रेस पुरानो इतिहाास बोकेको पाटी, सैद्धान्तीक बहस गर्दै भाबी निती कार्यक्रम निर्माण गर्नका लागी अगाडी बढ्...

नेपाली काँग्रेस प्रदेस स्तरिय भेला तथा पाटि सुदृढीकरण सम्बन्धि अन्तरक्रिया

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेपाली काँग्रेस प्रदेस स्तरिय भेला तथा पाटि सुदृढीकरण सम्बन्धि अन्तरक्रिया नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नं.२ प्रदेस सभा क को प्रदेस स्तरिय भेला तथा पाटि सुदृढीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम चौतारामा भएको छ । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाको बिपि समृति भवन चौतारामा प्रदेस सभा क का सभापति केशब राज गिरिको सभापतित्वमा अन्तरक्रिया कार्यक्रम भएको हो । अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले नेताहरुले कार्यकर्ताहरुको मनोभावना अनुसार काम गर्न पर्ने धारणा राखेका थिए । सहभागीहरुले कार्यकर्ताहरु पनि अनुशासित ढङ्गबाट सर्बसाधरण नागरिकको समस्यलाई हेरेर उनिहरुको सहयोगमा लाग्न पर्ने बताउनुभएको छ । नेपाली काङग्रेसका पुर्ब केन्द्रीय सदस्य बिष्णु बिक्रम थापाको प्रमुख अतिथ्यतामा र जिल्ला पाटि उप सभापति टङ्क बहादुर कार्कीको विशेष अतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले ...

जनप्रतिनिधिको हैसियतमा आफ्नो क्षेत्रमा सदैव सेवा र सहयोगमा लागिरहने छुः सांसद तामाङ

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेपाली काङ्ग्रेसका युवा नेता ,सिन्धुपाल्चोक क्षेत्र नम्वर २ प्रदेश सभा ख बाट निर्वाचित सांसद कृष्णकुमार तामाङ (समीर)ले दुवईमा निधन भएका मेलम्ची –२, निवासी स्व. शिशिर खतिवडाको परिवारलाई नगद सहयोग हस्तान्तरण गर्नुभएको छ । वैदेशिक रोजगारीको क्रममा दुवइ जानुभएका खतिवडाको २०७९ मंसिर १० गते निधन भएको थियो । उहाँको निधन भएपश्चात् शव ल्याउनको लागि धेरै खर्च लागेको र परिवारको आर्थिक अवस्था कमजोर रहेकाले स्व .खतिवडाको परिवारजन, स्थानीय समाजसेवीको आग्रहमा सांसद तामाङले सहयोग हस्तान्तरण गर्नुभएको हो । सांसद तामाङ र नेपाली काँग्रेसका नेता प्रकाश सापकोटाको पहल र आग्रहमा हाल अमेरिकामा रहनुभएका सिन्धुपाल्चोकबासी समाजसेवी राम श्रेष्ठ र उहाँको धर्म पत्नी पार्वती श्रेष्ठ मार्फत प्राप्त नगद १ लाख शनिबार सांसद तामाङले स्थानिय समाजसेवी र विभिन्न राजनीतिक दलका नेताहरुको उपस्थितमा स्व .खतिवडाको घरमा पुगि उहाँको ब...

सहज तरिकाले बिरामिलाई उपचारको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्री बस्नेतको निर्देशन

ब्रेकिङ न्युज २, राजनिती, समाचार
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले बिरामीलाई सहज रूपमा उपचार गर्ने व्यवस्था मिलाउन विभिन्न अस्पताललाई निर्देशन दिनुभएको छ । काठमाडौंको गंगालाल अस्पताल र मेडिकेयर अस्पतालको शुक्रबार अनुगमन गर्दै मन्त्री बस्नेतले सहज रूपमा उपचार गर्नका गर्ने वातावरण बनाउन निर्देशन दिनुभएको हो । का हुन् । उहाँले गंगालाल अस्पतालमा रहेका उपकरणहरूको प्रयोग, बिरामीलाई दिइने सुविधा र उपचारको व्यवस्थाका बारेमा जानकारी लिनुभएको थियो । यसअघि पनि विभिन्न अस्पतालहरूमा गुणस्तरीय सेवा नभएको गुनासोलाई अन्त्य गर्ने लक्ष्यका साथ मन्त्रालयले निरन्तर अनुगमन गरिरहेको बताउनुभयो । मन्त्री बस्नेतले सरकारी र निजी अस्पतालको उपचारको सेवा शुल्कमा एकरूपता ल्याउन पहल गरिने बताउनुभयो । उहाँले उपचारका लागि आएका बिरामीहरूसँग पनि कुराकानी समेत गर्नुभएको थियो ।...