नेकपा (एमाले) को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनबाट अध्यक्ष पदमा कैलाश ढुङ्गेल निर्वाचित हुनुभएको छ । यसैगरी उपाध्यक्षमा दावा दोर्जे लामा, सचिवमा नवराज सिलवाल, उपसचिवमा प्रेमकुमार महर्जन र भक्तकुमारी लामा निर्वाचित हुनु भएको छ । अध्यक्ष पदका लागी रामेछापका कैलाश ढुङ्गेल र मकवानपुरका कृष्णप्रसाद दाहाल बिच प्रतिस्पर्धा भएको थियो । सार्वजनिक मत परिणामअनुसार रामेछापका कैलाश ढुङ्गेलले ६ सय ९६ र प्रतिस्पर्धी मकवानपुरका कृष्णप्रसाद दाहालले ४ सय ३९ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा दावा दोर्जे लामाले ६१५ मत प्राप्त गर्नू भएको थियो भने सचिबमा नवराज सिलवालले १ मतको अन्तरमा बिजय हासिल गर्नुभएको थियो । सिन्धुपाल्चोक जिल्लाका हस्त पण्डितलाई सिलवालले १ मतले पराजित गराउँनु भएको हो ।
जसमा हस्त पण्डितको ५६७ मत आएको थियो भने सिलवालको ५६८ मत आएको थियो । त्यसैगरी उपसचिब प्रेमकुमार महर्जनले ५९९ र भक्त कुमारी लामाले ५३६ मत ल्याएर बिजय हुनु भएको छ । यसैगरी सिन्धुपाल्चोक जिल्लाबाट १३ जना कमिटीमा जान सफल हुनु भएको छ । जसमा जिसस सिन्धुपाल्चोकको निर्बतमान उपप्रमुख बालकुमारी सापकोटा, इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपाल, सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्र तिमल्सिना, मेलम्ची नगपमलिकाको उपप्रमुख उमा प्रधान, बाह्रबिसे नगरपालिकाका निर्बतमान नगर प्रमुख निमफुन्जो शेर्पा, लिसखुंपाखर गाउँपालिकाका निर्बतमान उपाध्यक्ष हेमगंगा मोक्तान, इन्द्र नेपाल, देविन्द्र बहादुर खत्री, डोल्मा तामाङ, बालकृष्ण देउजा, विदुर भारती, रामबहादुर सुनुवार, आङछिरिङ शेर्पा रहनु भएको छ ।
