सम्पर्क

नवीन राप्रपा कार्ययोजना साँगाचोकमा

सिन्धुपाल्चोक जिल्ला चौतारा नगरपालिका वडा नं. १२ साँगाचोकमा राप्रपाको भूगोल केन्द्रित नवीन राप्रपा कार्ययोजना २०८० अनुसार भेला भएको छ ।
केन्द्रिय सदस्य चोकराज घिमिरेको प्रमुख अतिथ्यतामा भएको नवीन राप्रपा कार्ययोजना २०८० अनुसार बृहत् छलफलमा राप्रपा क्षेत्र नं. २ का क्षेत्रीय सभापती बागमती प्रदेश माननीय कुमारी मोक्तान, प्रदेश सभा २ (क) प्रमुख बाबुराम खड्का, उपप्रमुख मदन केसी र नगर अध्यक्ष शेर बहादुर ठकुरी लगायतको बिशेष उपस्थिती रहेको थियो । बैठकले टोलटोलमा नवीन राप्रपाको अवधारणा अनुरूप अगाडि बढ्ने प्रतबद्धता समेत ब्यक्त गरिएको थियो । १२ नं. वडाका सभापती कृष्ण बहादुर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपामा आस्था राख्ने वडाका अग्रजहरुको उपस्थिती रहेको थियो ।