सम्पर्क

राजनिती

आसन्न स्थानीय तह उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा

ब्रेकिङ न्युज २, राजनिती, समाचार
स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि भोलि आइतबार मतदान हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रमा भोलि बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका सहसचिव नीता पोख्रेल अर्यालले राससलाई जानकारी दिनुभयो । गर्भवती, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी तथा अन्य (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) मतदातालाई प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । आयोगका प्रवक्तासमेत रहनुभएकी अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाता...

चौसागढी १२मा बिकासका कार्यक्रम सार्बजनीकगर्दै एकै साथ सुरु

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
  नेत्र बहादुर बस्नेत , सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १२ ले संघ, प्रदेश र स्थानीय तहबाट वडामा विनियोजित बजेट तथा कार्यक्रमहरूको वडावासी नागरिकलाई सार्वजनिक गर्ने एक महत्त्वपूर्ण कार्यक्रमको सुरुवात गरेको छ । वडाभित्र काम हुने संघ, प्रदेश वडाबाट विनियोजित भएका बजेट कार्यान्वयनका लागि सबै उपभोक्ता समिति बनी सकेको र अब काम मात्र बाँकी भएकोले सबै कामको एकै पटक शुभारम्भ गरिएको वडा अध्यक्ष तथा नगर प्रवक्ता दीपेन्द्र नेपालले जानकारी दिनुभयो । वडा नं. १२ ले एकै दिन ६५ विकास आयोजनाको शुभारम्भ गरेको छ । साँगाचोक भञ्याङ, वरको रुख चौतारी तथा फल्चा निर्माण शिलान्यास गर्दै वडा भरका सबै विकास आयोजना सुरुवात गरिएको हो । वडा कार्यालयमा भएको विकासका कार्यक्रमहरूको बागमती प्रदेशसभा सदस्य तथा बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालको प्रमुख अतिथ्यता...
भ्रामक प्रचार नगर्न काँग्रेस सभापति लामाको अनुरोध

भ्रामक प्रचार नगर्न काँग्रेस सभापति लामाको अनुरोध

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नेपाली काँग्रेस दोलखा जिल्ला सभापति बर्मा लामाले दोलखा जिल्लाको गौरीशंकर गाउपालिकामा हुने उपनिर्वाचनामा कसैसँग पनि गठबन्धन नहुने स्पष्ट पार्नुभएको छ । केहि व्यक्तिहरुले काँग्रेको जित निश्चित देखेपछि काँग्रेससँग आतिएर अन्तमा अरुलाई सहयोग गर्छ भन्ने खालको भ्रामक प्रचार गरिएको भन्ने सुन्नमा आएकोले आफ्नो ध्यानाकार्षण भएको बताउनुभएको छ । उहाँले नेपाली काँग्रेसको नेता स्व.श्यामसुन्दर तामाङको निधन पछि रिक्त रहेको उपाध्यक्ष पदमा उपनिर्वाचनमा १५ वर्ष अगाडीदेखि निरन्तर नेपाली काँग्रेस दोलखा जिल्ला अधिबेशन प्रतिनिधि रहनु भएकी र हाल बागमती प्रदेश महिला बिभाग सदस्य स्वा. श्यामसुन्दर तामाङको धर्म पत्नी नेपाली काँग्रेसका नेतृ पासदिकी शेर्पा तामाङ श्रीमानले अधुरो छोडेको सम्पूर्ण कार्य सम्पन्न गर्न कम्मर कसेर उमेदवा बन्नु भएको छ वहाँलाई रुख चिन्हमा मतदान गरि विजय गराउनुहुन गौरीशंकर पालिकाको सम्पूर्ण मतदाता...

एमालेको जागरणसभाका जे देखियो…

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार
काठमाडौँ, ७ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज काठमाडौँको दरबारमार्गमा आयोजना गरेको जागरणसभामा पार्टीका कार्यकर्ताको मुहारमा उत्साह र जोश देखिन्थ्यो । पार्टीका नेता तथा कार्यकर्ताले एउटा हातमा नेपालको झण्डा, अर्को हातमा एमाले पार्टीको झण्डा लिएर बेलाबेला उत्साहित भएर फहराइरहेको दृश्य देखिन्थ्यो । त्यही सभामा एउटा ठूलो बोराभरि भुटेको मकै थियो । सभामा उपस्थित नेता, कार्यकताले पालैपालो निकाल्दै एक–एक मुठ्ठी खाँदै थिए । एमालेनिकट राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालका कलाकारले बीचबीचमा सभालाई उत्साह भर्न गीत गाएपछि झन् उत्साहित भएर झण्डाहरू फहराउँदै नाचेको दृश्य देखिन्थ्यो । राष्ट्रिय जनसांस्कृति महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले लेख्नुभएको गीतलाई कलाकार अमृत खातीले गाउनुभएको थियो । गीतमा भनिएको थियो, ‘लागौँ सबै विकासको बाटोमा, मोती फल्छ नेपाली माटोमा ।’ कलाकार खातीकै स्वरमा अर्क...

अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, ७ मङ्सिर : प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कानुन विपरीत काम र अपराध गर्नेलाई सरकारले नछाड्ने स्पष्ट गर्नुभएको छ । नेकपा (एमाले) काठमाडौँ उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थिरता र सुशासनका लागि सोच, विचार गरेरै एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाएकाले सरकार त्यस्ता गलत कार्यलाई नियन्त्रण गर्न सक्षम रहेको बताउनुभयो । आफूहरुविरुद्ध अनेक हल्ला चलाइए पनि एमाले भ्रमको पछि नदौड्ने उल्लेख गर्दै अध्यक्ष ओलीले कागले कान लग्यो भन्दैमा आकाशतर्फ हेरेर कागका पछिपछि दौडन आवश्यक नरहेको बताउनुभयो । “आफैँ सहकारी ठगी गर्ने अनि अरूलाई दोष लगाउने, मुख छाड्ने, गाली गर्ने जस्ता काम भएका छन् । यस्ता कुनै पनि प्रकारका ठगी सैह्य हुँदैन । नेपाली जनता आफ्नो संस्कृतिको इतिहास र गौरवलाई कायम गर्दै ‘समृद्ध नेपाल स...

मध्यपहाडी लाेकमार्गकाे लागि ७६ कराेड सुनिश्चित, पुर्वमन्त्री बस्नेतद्वारा फिल्ड निरिक्षण

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
रामचन्द्र दुलालमेलम्ची/ ७ मंसिर ,नेपाल सरकारका पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य माेहनबहादुर बस्नेतले पाटीभञ्ज्याङ देखि बाहुनेपाटी खण्डकाे मध्यपहाडी लाेकमार्गकाे निरिक्षण तथा अनुगमन गर्नुभएकाे छ ।मध्यपहाडी लाेकमार्गकाे लागि ७६ कराेड सुनिश्चित भएकाे छ । लाेकमार्गकाे अनुगमन गर्दै पुर्वमन्त्री बस्नेतद्वारा यश खण्डमा अब गुणस्तरीय सडक बन्ने बताउनुभयाे । ७६ कराेड मध्ये अधिकांस काम सिन्धुपाल्चाेकमा हुने उहाँले जानकारी दिनुभयाे ।निरिक्षणकाे क्रममा बस्नेतले यश अघि पनि साना तथा मझाैला याेजना परेकाे अवगत गराउनुभयाे । ‘यश क्षेत्रमा ठुलाे रकम परेकाे छ । समयमा काम गर्न पर्याे’, पुर्वमन्त्री बस्नेतले भन्नुभयाे । समयमा काम नभएमा रकम अन्त जाने भन्दै चाँडै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई उहाँले निर्देशन दिनुभयाे ।साथै बस्नेतले स्थानियकाे मागकाे सम्बाेधन गर्दै ...

कृषी उत्पादन बढाउँनका लागी नगर सञ्जाल गठन ः सापकोटा

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
नेत्र बहादुर बस्नेत सिन्धुपाल्चोक ,कृषी उत्पादनमा गरेको सहयोग परिणाममुखी बनाउँन कृषकहरु नै लाग्न पर्ने र स्थानीय स्तरमा उत्पादन सामाग्रीको स्थानीय स्तरमा नै खपत गराएर स्थानीयलाइ रोजगारका साथै आय आर्जनका लागी कृषक सञ्जाल गठन गर्न लागीएको चौतारासाँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले बताउँनु भएको छ । वास्तवीक कृषक जो मेहनत गर्छ उसैलाइ सहयोग गर्न पर्ने भएको भएता पनी कृषकहरुको उत्पादनले बजारीकरणमा ठगीएकाले यसको रोकावटका लागी यो योजना ल्याएको समेत बताउँनु भयो । नगर प्रमुख सापकोटाले नगर स्तरिय कृषक समुह, कृषी सहकारी सस्थाका प्रतिनिधीहरुको चौतारामा भएको भेलालाइ सम्बोधन गर्दे यस्तो बताउँनु भएको हो । कृषी उत्पादनमा आधारित अनुदान बितरण गरिएको , दुधमा अनुदान दिएको , बिउको राँगा , बोका अनुदान दिएको , कृषी प्रबिधीहरु दिएको भएता पनी अनुदान अनुसार उपलब्ध नभएको महशुस भएकाले यो बिधी अपनाइएको ...

तामाङलाई जिताउने जिम्मा गौरी शङ्करबासीको विकास गर्ने जिम्मा काँग्रेसको ः बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नेपाली काँग्रेसको केन्द्रीय सदस्य पूर्व मन्त्री माननीय मोहन बहादुर बस्नेतले दोलखा जिल्लाको गौरीशङ्कर गाउँपालिकाको उप–प्रमुख पदमा पासदिकी तामाङलाई जिताउने जिम्मा गौरी शङ्कर गाउँपालिकावासीको रु गाउँपालिकाकोको हरेक विकास गर्ने जिम्मा नेपाली काँग्रेसको भएको बताउनु भएको छ । नेपाली काँग्रेसको तर्फबाट दोलखाको गौरीशङ्कर गाउँपालिकाको उप–प्रमुख पदमा पासदिकी तामाङले उम्मेदवारी दर्ता गराउनु भए पछि उहाँले पद एउटा हुन्छ आकाङ्क्षी धेरै हुन्छन् त्यसमा टिकट नपाउने ले पनि आफैले पाएको सम्झेर पाटीलाई जिताउन लागी पर्न पर्छ भन्नु हुँदै पटी भित्रको आन्तरिक कुरा छ भने पाटी भित्रै बसेर छलफलबाट टुग्याउँन पर्छ भन्नु भयो ।   उहाँले अहिले को अवस्था भनेको छलफल आन्तरिक असन्तुष्टि र मतभेद भएको भएता पनि यसलाई अन्त्य गरेर तामाङलाई विजयी गराउन लाग्न पर्ने मतभेद र असन्तुष्टि भए चुनावपछि आन्तरिक छलफल गरेर मिलाउनुपर्ने बताउनुभ...

स्नातक तह उतिर्णलाई नगरमै रोजगार दिदै बाह्रबिसे नगरपालिका

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकाले नगरभित्र स्नातक उतिर्ण गरेर बेरोजगार भएकाहरुलाई रोजगार दिने नगर प्रमुख बालकृष्ण बस्नेतले बताउँनु भएको छ । बस्नेतले सम्पती मात्र भएर हुँदैन सम्पति भनेको खान लाउन पुग्ने भए हुन्छ तर इज्जत र इमान नै मुख्य सम्पती हो भन्नुहुँदै आफु जनप्रतिनिधी भएको नागरिकको सेवा गर्न हो त्यसैले बेरोजगार नागरिकलाई रोजगारको व्यवस्था मिलाउँने शिक्षा स्वास्थ्यको व्यवस्था र स्थानीय स्तरमा नै आय आर्जनको व्यवस्था गरेर नागरिकहरुलाई खुशी बनाउँनु नै आफ्नो मुल धन हो भन्नुभयो । उहाँले लोकप्रिय नेत्रज्योतीसँग कुरा गर्दै बाह्र्बिसे नगरपालिकामा कोही पनि बेरोजगार बस्न नपरोस भनेर स्थानीय आयआर्जनमा सहयोग गरिरहेको बताउँनु भयो । उहाँले जनप्रतिनीधी भएकाहरु साथीहरुले काठमाण्डौमा घर बनाउँने होइन नागरिकको समस्या समधान गरेर नागरिकको मन जित्न पर्छ त्यो नै धन सम्पती हो भन्नुभयो । बस्नेतले आफ्नो ...

जिसस ओखलढुङ्गा प्रमुखमा एमालेले उम्मेदवार नउठाउने

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
ओखलढुङ्गा, २ मङ्सिर : जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नो उम्मेदवार नउठाउने भएको छ । तत्कालीन जिल्ला समन्वय प्रमुख डिल्लीराम खनालको डेढ वर्षअघि निधन भएसँगै रिक्त रहेको पदमा हुन लागेको उपनिर्वाचनमा नेपाली कांग्रेसलाई सहयोग गर्दै एमालेले उम्मेद्वार नउठाउने भएको हो । कांग्रेसले जिल्ला समन्वय समिति प्रमुखमा टेकराज भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । केहीबेरमा उम्मेदवारी दर्ताको तयारी छ । उपनिर्वाचनअन्तर्गत मनोनयन दर्ताको अघिल्लो दिन नेपाली कांग्रेसको पार्टी कार्यालयमा बसेको सत्तागठबन्धन दल नेपाली कांग्रेस र एमालेको जिल्लास्तरीय बैठकमा कांग्रेसलाई समन्वय प्रमुखमा सघाउने र आफ्नो उम्मेद्वार नउठाउने विषयमा एमाले नेताहरु सहमत भएका हुन् । जिल्लाका आठ स्थानीय तहका १६ प्रमुख उपप्रमुखमध्ये कांग्रेसकोतर्फबाट पाँच पालिका प्रमुख र चार उपप्रमुख गरी नौ जनाले जित...