सम्पर्क

राजनिती

अनेमसंघसिन्धुमा तारादेबी

ब्रेकिङ न्युज १, राजनिती, समाचार
निर्मल बस्नेत बलेफी, नेकपा माओबादी निकट महीलाहरुको सङ्गठन अखिल नेपाल महीला सघ (क्रान्तिकारी) सिन्धुपाल्चोको ११ औ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सर्वसहमती कायम गर्दै तारादेबी रानाको नेतृत्वमा ३५ सदस्यीय जिल्ला समिति निर्वाचित समेत गरेको छ । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका ५ बलेफीको कवर्डहलमा सम्पन्न सम्मेलनले अध्यक्षमा तारादेबी राना, उपाध्यक्षमा सुजाता तिमल्सीना र निर्जला दर्जी, सचिवमा राममाया तामाङ, कोषध्यषमा मीना नेपाल (दुलाल) र सदस्यहरुमा श्रद्धा थामी, लक्ष्मी प्रधान, शमीला श्रेष्ठ, पेमा मोक्तान, प्रतिमा पराजुली (दाहाल), लक्ष्मीमाया दाहाल, देवकी पौडेल, मैना तमाङ, शमीला खड्का, गीता श्रेष्ठ, अम्बीका गौतम, बिष्णुमाया तामाङ, निर्मला तिमल्सीना, मीना शर्मा, सावित्री दंगाल, मनमाया नेपाल, सरस्वती दंगाल, अपेक्षा आचार्य, पार्वती रायमाझी, मैती लामा, नीता दनुवार, रबिना आचार्य, कि...

हरेक पालिकामा एउटा औद्योगिक ग्राम बनाउने सरकारको नीति छ: मन्त्री भण्डारी

ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
काठमाडौँ, २१ वैशाख: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले हरेक पालिकामा एउटा औद्योगिक ग्रामको विकास गर्ने वर्तमान सरकारको नीति रहेको बताउनुभएको छ । अछामको कमलबजार नगरपालिका–६ स्थित कातइत्यानी हात्तीबास शैक्षिक एवं ज्ञानविज्ञान धार्मिक महामहोत्सवको आज उद्घाटन गर्दै उहाँले तीनै तहका सरकारको समन्वयमा उत्पादनको वर्गीकरण गरेर औद्योगिक ग्राम बनाउन सरकारले नीति ल्याउने बताउनुभयो । सरकारले उत्पादन र रोजगारी वृद्धि गर्ने नीति अख्तियार गरेको उल्लेख गर्दै उहाँले उद्योग मन्त्रालयले उद्यमशिलतामा जोड दिएको बताउनुभयो । मन्त्री भण्डारीले नेपालमा थुप्रै खनिज तथा खानीजन्य उत्खननलाई मन्त्रालयले प्राथमिकता दिन आन्तरिक नीतिगत अप्ठ्यारालाई सुधार गर्न लागेको जानकारी गराउनुभयो । पूँजीगत बजेट चालु आवमा खर्च गर्न नसकेको उल्लेख गर्दै उहाँले त्यसले समृद्धिको लक्ष्यमा मुलुकलाई केही पछाडि पारेको ...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) एक सय ६२ पुगेको छ । एयर क्वालिटी इन्डेक्स’ का अनुसार दोस्रो प्रदूषित सहरका रुपमा थाइल्याडको चियाङ माई सहर सूचीकृत भएको छ । यसैगरी इन्डोनेसियाको मेदान तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ । सुक्खा यामसँगै बढ्दै गइरहेको तापक्रम वृद्धिसँगै मुलुकको विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायुप्रदूषण पनि बढिरहेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागिरहेको छ । डढेलोविद् सुन्दर शर्माले मुलुकको विभिन्न स्थानमा लागिरहेको वन डढेलोसँगै प्रदूषण पनि बढिरहेको जानकारी दिनुभएको छ । “वनमा लागिरहेको डढेलोका कारण अहिले वायुप्रदूषण ...

अनेरास्ववियु सिन्धुपाल्चोकको अध्यक्षमा रविन

ब्रेकिङ न्युज २, राजनिती, समाचार
अनेरास्ववियु सिन्धुपाल्चोकको अध्यक्षमा रविन वाइबा निर्विरोध निर्वाचित हुनुभएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सिन्धुपाल्चोकको २७ औ जिल्ला अधिवेशनबाट रविन वाइबाको अध्यक्षतामा ३९ सदस्य जिल्ला कमिटी निर्विरोध निर्वाचित गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा कृष्ण न्यौपाने, सचिव शुसिल लोप्चन सह–सचिवहरुमा किसन दुलाल, सविना कार्की, रामहरी कार्की, हरिशरण सुनार र उज्जवल रायमाझी, कोषाध्यक्षमा अमिर श्रेष्ठ र कार्यालय सचिवमा राजन स्याङबो निर्विरोध चयन हुनुभएको छ । अध्यक्षको जिम्मेवारी लिँदै वाइबाले संगठनलाई थप प्रभावकारी र चलायमान गर्ने बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । केन्द्रिय अध्यक्ष समिक बढालको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा एमाले केन्द्रिय सदस्य सरेश नेपाल,जिल्ला कमिटिका पदाधिकारी, अनेरास्ववियुका सचिव सञ्जिव धिताल, सचिव एवम बाग्मती प्...

सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा

ब्रेकिङ न्युज १, राजनिती, समाचार
काठमाडौँ, २० वैशाख : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र पूर्वाधार विकासका लागि सरकार दृढतापूर्वक अघि बढिरहेको बताउनुभएको छ । सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८१ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले ‘साइबर स्पेस’लाई सुरक्षित र व्यवस्थित गर्ने उद्देश्यले पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरिएको बताउनुभएको छ । “राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना भएको छ । सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक तर्जुमा तथा दूरसञ्चार ऐनको पुनरावलोकन गर्ने काम भइरहेको छ”, मन्त्री शर्माले शुभकामना सन्देशमा भन्नुएको छ, “सूचना तथा सञ्चार प्रविधि नीति, २०७२, दूरसञ्चार नीति, २०६० र ब्रोडब्याण्ड नीति, २०७१ लाई पुनरावलोकन गरी एकीकृत नीति तर्जुमाको काम अघि बढिरहेको छ ।” सञ्चार तथा सूचना प्रविधिको प्रय...

सुनकोसी मेन्द्रदय पुर्ब बिद्याथीद्धारा कार्कीलाइ नगर सहयोग

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका वडा नं ६का राम बहादुर कार्कीलाइ महेन्द्रदोय माध्यमिक विद्यालयका पुर्ब बिद्यार्थीहरुले ४५४००० नगद सहयोग गरेका छन। खाश गरी राहत सहयोगका लागी हल्ला गर्देै एक पक्षीय नेताहरुको उपस्थिती भइरहने सिन्धुपाल्चोकमा यो राहात बितरणका लागी सघीय सासंद प्रदेस सभाका माननीयहरु को रोहबरमा गाँउपालिकाका अध्यक्ष सहीतको टोलीलाइ सहयोग रकम हस्तानन्तरण गरिएको हो । महेन्द्रदय माबीका पुर्ब बिद्यार्थी समाजका संयोजक राम शरण भण्डारीले प्रतिनिधी सभा सदस्य माधब प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा बागमती प्रदेस सभा सदस्य पुर्ब मन्त्री माननीय मसिना खड्का,र माननीय अमृता नेपालको बिशेष अतिथ्यतामा सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिना मार्फत पीडितलाई संकलित रकम हस्तान्तरण गर्नु भएको थियो । वैशाख ७ गते घर गोठमा आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएपछि पीडित परिवारलाई आ...

इलाम – २ मा नेकपा (एमाले) का नेम्वाङ विजयी, बझाङमा भण्डारी 

राजनिती, समाचार
प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गर्नुभएको छ । एमाले उम्मेदवार नेम्वाङलाई नेपाल परिवार दलको पनि समर्थन थियो । एमाले उम्मेदवार नेम्वाङले २७ हजार सात सय ७२ मतका साथ निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताउनुभयो । उहाँका अनुसार पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम)ले ११ हजार चार सय ५७ मत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूले पाँच हजार ५० मत प्राप्त गर्नुभएको छ । मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बूले आठ सय १६ मत प्राप्त गर्नुभएको छ । एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए ।...

जुगल गाँउपालिकाद्धारा इ–सिफारिस सम्बन्धी तालिम शुरु

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिकाले यसै बर्ष देखी हरेक गतीबिधीहरुलाइ पालिकाको वइभसाइटमा राख्नुका साथै हरेक कामहरु अनलाइन मार्फत गर्ने भएको छ । यसका लागी मङ्गलबार देखी तिन दिन सम्म क्षमता बिकास तालिमको शुरु गरिएको छ । गाँउ पालिका का सेवाग्रहीहरको समस्यालाइ ध्यानमा राख्दै बदलिदो परिस्थित िमेतलाइ भ्यानमा राखेर यो सेवा शुरु गर्न लागीएको गाँउपालिकाका अध्यक्ष रेशम स्याङ्गवोले बताउानु भयो । तिन दिन सम्म चल्ने तालिममा पालिकाका जनप्रतिनिधी र कर्मचारीहरु सहभागी रहनुहुने भएको छ । बैशाख १८,१९,र २० गते गरी तिन दिन सम्म सञ्चालन हुने ताल्मिको शूरवात गर्दे अध्यक्ष स्याङवोले कर्मचारीहरुले राम्रो काम गरे भने गाँउ गाँउका नागरिकले छिटो सेवा पाउँने छन र सबैले सबैलाइ राम्रो भन्ने छन । कर्मचारीले नराम्रो गरे सबैको बदनाम हुन्छ भन्नु हँुदै हरेक कर्मचारीहरुले नागरिकले पाउँने सुबिधा घरबाटै पाउँने र हुने काम भए ...

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

ब्रेकिङ न्युज १, राजनिती, समाचार
इलाम–२ अन्तर्गत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् । उहाँले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँगको अग्रता बढाउँदै लगेका हुन् । यो समाचार तयार पार्दासम्म मतगणनामा सुहाङले ६ हजार ४ सय ३ मत पाउँदा नेपाली कांग्रेसका डम्बर खड्काले ४ हजार ७ सय ८० मत प्राप्त गर्नुभएको छ । नेम्वाङ १ हजार ६ सय २३ मतले अघि रहनुभएको छ । स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ३ हजार १ सय ८८ मत पाएका छन् । रास्वपाका मिलन लिम्बूले १ हजार मत प्राप्त गर्नुभएको छ । शनिबार दिउँसोबाट सुरु गरिएको गणना सुस्त गतिमा छ । नेकपा ९एमाले० इलामका सचिव उमेश गुरुङले मतगणना ढिलोगरी सुरु भएकाले पूरा परिणाम आउन समय लाग्ने बताउनुभयो । एमालेले लामो समयदेखि बिजय हासील गर्दैआएको इलाम २ मा २०७९ को प्रतिनिधि सभा निर्वाचनमा सभामुख सुभाषचन्द्र नेम्वाङसँग काँग्रेस उम्मेदवार डम्बर खडक...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु

ब्रेकिङ न्युज १, राजनिती, समाचार
इलाम क्षेत्र –२ मा मतदान सुरु भएको छ । सबै एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रारम्भ भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताउनुभयो । शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी बल, चार सय ५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना परिचालन भएका उहाँले बताउनुभयो । यो चुनावमा एक लाख १५ हजार आठ सय ८९ मतदाता कायम भएका छन् । आयोगका अनुसार ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई जना तेस्रो लिङ्गी छन् ।रासस...