नेपाली काँग्रेस दोलखा जिल्ला सभापति बर्मा लामाले दोलखा जिल्लाको गौरीशंकर गाउपालिकामा हुने उपनिर्वाचनामा कसैसँग पनि गठबन्धन नहुने स्पष्ट पार्नुभएको छ । केहि व्यक्तिहरुले काँग्रेको जित निश्चित देखेपछि काँग्रेससँग आतिएर अन्तमा अरुलाई सहयोग गर्छ भन्ने खालको भ्रामक प्रचार गरिएको भन्ने सुन्नमा आएकोले आफ्नो ध्यानाकार्षण भएको बताउनुभएको छ । उहाँले नेपाली काँग्रेसको नेता स्व.श्यामसुन्दर तामाङको निधन पछि रिक्त रहेको उपाध्यक्ष पदमा उपनिर्वाचनमा १५ वर्ष अगाडीदेखि निरन्तर नेपाली काँग्रेस दोलखा जिल्ला अधिबेशन प्रतिनिधि रहनु भएकी र हाल बागमती प्रदेश महिला बिभाग सदस्य स्वा. श्यामसुन्दर तामाङको धर्म पत्नी नेपाली काँग्रेसका नेतृ पासदिकी शेर्पा तामाङ श्रीमानले अधुरो छोडेको सम्पूर्ण कार्य सम्पन्न गर्न कम्मर कसेर उमेदवा बन्नु भएको छ वहाँलाई रुख चिन्हमा मतदान गरि विजय गराउनुहुन गौरीशंकर पालिकाको सम्पूर्ण मतदाताहरुलाई अनुरोध गर्नुभएको छ । उहाँले गौरीशंकर पालिकामा अन्तिममा गठबन्धन हुन्छ काँग्रेसले अुरु कसैलाई सहयोग गर्छ भन्ने जस्ता सस्तो प्रचार नगर्न नगराउन सम्बन्धित पक्षलाई अनुरोध गर्नुभएको छ । उहाँले पाँच वर्षको लागि गरेको गठबन्धन माओवादी मित्रहरूले तोड्नु भएको छ, हामीलाई धोका भएको छ अझै समय छ हामीलाई माओवादी मित्रहरूले सहयोगको वातावरण बनाउनु भयो भने कुनैदिन राजनैतिक अवसरमा मेलमिलाप हुनसक्छ, अर्को कुरा एमाले मित्रहरू नेपाली काँग्रेसको स्थाई प्रतिस्पर्धी हो यसमा दुईमत हुन सक्दैन ,संघिय सरकारमा हामी गठबन्धनमा छौ यो समयको उपज र सरकारको स्थाईत्वको लागि भएको गठबन्धन हो भन्ने हामीले बुझेका छौ।गौरीशंकर पालीकामा रिक्त रहेको उपाध्यक्षको पदको स्थान नेपाली काँग्रेसको श्यामसुन्दर तामाङलाई पाँच वर्षको लागि जनताले प्रदान गरेको कुरा जगजाहेर छ यधपी वहाँको निधन भए पछि निर्वाचन तोकिएको छ यो अधुरो समय वहाँकै धर्म पत्नी पासदिकीतामाङलाई (नेपाली काँग्रेसलाई) सहयोग गर्ने वातावरण एमाले मित्रहरूले बनाउनु भएमा सहर्ष स्विकार्दै भविष्यमा हुने अवसरहरुमा हामी वहाँहरुलाई सहयोगको तयार हुने नैछौ । यो निर्वाचनमा श्यामसुन्दर तामाङको आँत्मालाई अशान्ति हुनेगरी हामी कोही कसैलाई सहयोग गर्ने कुरा सोच्न पनि सक्दैनौ तेसोभएको हुनाले सबै साथीहरूलाई नेपाली काँग्रेसको उमेदवारलाई जिताउन लाग्नुहुन अनुरोध गर्नुभएको छ ।