सम्पर्क

राजनिती

एमाले चौताराको बृहत पार्टी प्रवेशः ३ सय १९ जना एमालेमा प्रवेश

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेकपा एमाले चौतारा साँगाचोकगढी नगर कमिटीले आयोजना गरेको बृहत पार्टी प्रवेश तथा जागरण अभियान कार्यक्रममा ३ सय १९ जनाले विभिन्न पार्टी परित्याग गरि एमाले मा प्रवेश गरेका छन् । अधिकांश माओवादी बाट अन्य राप्रपा, समाजवादी र कांग्रेसबाट एमालेमा प्रवेश गरेका हुन् । वडा नंम्वर १ बाट १ सय चालीस, वडा नंम्वर ५ बाट ४३ सहित ३ सय १९ जनाले एमाले पार्टी प्रवेश गरेको नेकपा एमाले सिन्धुपाल्चोकका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारि दिनुभयो ।...

गाउँपालिकाद्वारा झोलुङ्गे पुल पुनःनिर्माण

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक, २५ भदौ : यहाँको लार्के र इन्द्रावती नदीमा गत असार ३० मा आएको भीषण बाढीले पूर्णरुपमा क्षति पु-याएको झोलुङ्गे पुल पुनःनिर्माण गरिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङ र वडा नं २ याङ्ग्री जोड्ने झोलुङ्गे पुल गत असार ३० गते इन्द्रावती नदीमा आएको बाढीले क्षति पु-याएको थियो । बाढीले गाउँपालिकाको तीन वटा झोलुङ्गे पुलमा क्षति पुगेको थियो । बाढीले क्षति पु-याएको पुलमध्ये गाउँपालिकाकै स्रोतबाट चिण्डे र याङग्रीको पुल पुनःनिमार्ण भईसकेको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । बाढीले क्षति पु-याएको माकालमा भने मोटरेबल पुल निमार्ण गर्न बोलपत्र आह्वान गर्ने तयारी गरिएको अध्यक्ष लामाले बताउनुभयो । वडा नं २ को याङ्ग्री, सुनचौर, डाले, ब्राथोर, रिपार लगायतका स्थानीय हिँड्नका लागि प्रयोग हुने एकमात्र झोलुङ्गे पुलमा क्षति पुगेपछि समस्या भएको स्थानीय केशाङ तामाङले बताउनुभयो । ताम...

राष्ट्रपतिद्वारा नवनियुक्त प्रधानसेनापतिलाई महारथीको दर्ज्यानी चिह्न प्रदान

ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
काठमाडौँ, २४ भदौः राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई नेपाली सेनाको महारथी पदको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति पौडेलसमक्ष नवनियुक्त प्रधानसेनापति सिग्देलले पद तथा गोपनीयताको शपथ लिनुभयो । मुलुकको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाको ४५औँ प्रधानसेनापतिका रूपमा सिग्देलले आजैदेखि औपचारिक रूपमा सेनाको कमाण्ड सम्हाल्नु हुनेछ । नेपालको संविधानले सेनालाई नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी दिएको छ । यसका अलवा विपद् व्यवस्थापन, राष्ट्र विकास, शान्ति स्थापना, आन्तरिक सुरक्षा, वन तथा पर्यावरण सुरक्षा, ऐतिहासिक धरोहरको संरक्षण, राष्ट्रिय एकताको प्रवर्द्धन र आपत्कालीन खोज तथा उद्धारका कार्य पनि सेनाको जिम्...

विचारः बिपीको समाजवाद र आजको सान्दर्भिकता

अन्तर्वाता, राजनिती, विचार, समाचार
काठमाडौँ, २४ भदौ (रासस): नेपाली कांग्रेसको नीति स्थापनाकालदेखि नै समाजवादी राजनीतिक दर्शनबाट प्रेरित रह्यो । आर्थिक असमानताको अन्त्य, आर्थिक क्रान्ति तथा आत्मनिर्भरमुखी प्रगति, कृषिमा आधारित औद्योगिकीकरण र गरिबी उन्मूलन नेपाली कांग्रेसको अर्थतन्त्रको उद्देश्य हो । समाजवादबाट ओतप्रोत, सबै किसिमका दमन तथा शोषणबाट मुक्त नागरिकको उद्यम, सीप तथा रोजगारीमा आधारित र राज्यको संरक्षणात्मक वातावरण मातहत पूर्ण प्रतिस्पर्धामा सञ्चालित नियमित तथा अकुण्ठित बजारको भूमिका भएको अर्थतन्त्र नै नेपाली कांग्रेसको आर्थिक पक्षको ढाँचा हो । कृषि, जलस्रोत, पर्यटन र जडीबुटीको प्रचुर सम्भावना र समृद्धिका आधार हुन् भन्ने कांग्रेसको उम्याइ छ । आफैँसँग भएका जन, जल, जमिन, जङ्गल, जडीबुटी र सीपजस्ता आधाभूत साधन वा पदार्थबाट नेपालको दिगो विकासको गति अघि बढाइनुपर्छ भन्ने नेपाली कांग्रेसको मान्यता रहेको छ । योजनाबद्ध विकास ग...

सिपाघाटको मोटरेबल पुल जिर्ण बन्दै, शंरक्षणका लागि कार्यदल गठन

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
सन्तोष सिग्देल ,  ईन्द्रावती गाउँपालिका र मण्डन देउपुर नगरपालिका जोड्ने मोटरेबल पुल शंरक्षणमा स्थानिय सरकारले चासो देखाएका छन् । ईन्द्रावती गाउँपालिका वडा नम्बर १२ को विषेश पहलमा जिर्ण बन्दै गरेको पुल शंरक्षणका लागि कार्यदल वठन गरीएको हो । आज ईन्द्रावती गाँउपालिका वडा नम्बर १२ र मण्डन देउपुर नगरपालिका वडा नम्बर ६ जोड्ने पुल शंरक्षणका लागि कार्यदल गठन भएको हो । ईन्द्रावती गाउँपालिका वडा नम्बर १२ का वडा अध्यक्ष सुरेन्द्र बहादुर दनुवारको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन भएको हो । जसमा ईन्द्रावती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष शशिनाथ आचार्य, वडा नम्बर १० का वडा अध्यक्ष रामचन्द्र घिमिरे र मण्डन देउपुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सोम प्रसाद ढकाल सदस्य रहनुभएको छ । आज पुलको स्थलगत निरीक्षणपछी ईन्द्रावती गाँउपालिका वडा नम्बर १२ मा बसेको बैठकमा वडा नम्बर ७ का वडा अध्...

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको १११औँ जन्मजयन्ती मनाइँदै

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, २४ भदौ : नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई ‘पार्सल’ गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । भारत निर्वासनमै बिपीले भारतको स्वतन्त्रता सङ्ग्राममा भाग लिनुभयो । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उहाँ त्यो आन्दोलनमा सक्रिय हुनुभएको थियो । भारत निर्वासन कै क्रममा जहानियाँ राणा शासनको अन्त्य गर्न विसं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्...

राप्रपाद्धारा चाडपर्बमा हुने कालाबजारी रोक्न सरकार सँग माग

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चाडपर्व नजिकिदै गर्दा बजारमा खाद्य तथा उपभोग्य वस्तुमा भइरहेको अत्यधिक मूल्यवृद्धिले जनजीवन कष्टकर बन्दै गइरहेको ले बजारको प्रभाबकारी अनुगमन र कालोबजारी नियन्त्रण गरी आम उपभोक्तालाई सहज बजारको वातावरण सिर्जना गर्न माग गरेको हो र आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको पाटी प्रबक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिनु भएको छ । उँहाले बिज्ञेप्ती जारी गरि यस्तो जानकारी दिनु भएको हो । जारी बिज्ञेप्तीमा चाडपर्व मनाउन राजधानी बाहिर जाने यात्रुहरुको सुविधालाई ध्यानमा राखी यातायातको सहज व्यवस्थापन र प्रभावकारी अनुगमन गर्न राप्रपाले सरकारको ध्यानाकर्षण गराएको जनाएको छ । बैठकले राजमार्ग र अति व्यस्त रहने सडकका खाल्डाखुल्डी पुर्न तथा सुरक्षित यात्राका उपायहरु अवलम्बन गर्न राप्रपा...

‘बिपीले मेरा गलत कामको आलोचनात्मक समाचार लेख्नु भन्नुहुन्थ्यो’

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, २३ भदौः प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको एक सय ११औँ जन्मजयन्तीका अवसरमा आज नेपाल प्रेस युनियन केन्द्रीय समितिले ‘पत्रकारिताका सन्दर्भमा बिपी’ विषयक कार्यक्रम आयोजना गर्‍यो ।यहाँ आयोजित कार्यक्रममा वक्ताहरूले बिपीले फरक विचार राख्ने पत्रकारलाई ‘मैले काम गर्दा गल्ती होलान् ती विषयको आलोचनात्मक समाचार लेखिदिनु’ भनेर पत्रकारिताप्रतिको उच्च सम्मान व्यक्त गरेको प्रसङ्गको चर्चा गरे ।वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक कमल कोइरालाले विसं २०१५को निर्वाचनपछि प्रतिपक्षी दल कमजोर भएका बेला दुई तिहाइ मत ल्याएर प्रधानमन्त्री बन्नुभएका बिपीले व्यक्त गरेको यस्तो विचारले पत्रकारिताप्रति उहाँको धारणा प्रष्ट हुने बताउनुभयो । उहाँले सरकारका गलत कामको आलोचना गरेवापत् राज्यबाट पत्रपत्रिकालाई विज्ञापन दिने व्यवस्था बिपीकै नेतृत्वको सरकारले गरेको भन्नुहुँदै सोही व्यवस्थालाई हाल लोक कल्याण...

भूतपूर्व सैनिक संघ चौताराको अध्यक्षमा कार्की

ब्रेकिङ न्युज २, राजनिती, समाचार
 नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ चौताराको अध्यक्षमा नारायण बहादुर कार्की चयन भएका छन् । शनिबार जिल्लाको सदरमुकाम चौतारामा नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्व सभापति श्याम श्रेष्ठकोे प्रमुख आतिथ्यमा नगरको पहिलो अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट कार्कीको अध्यक्षतामा नयाँ जिल्ला कार्य समिति चयन गरेको छ । नव गठित समितिलाई बधाई दिँदै कार्यक्रमका प्रमुख अतिथि पूर्व सभापति श्याम श्रेष्ठले समाजवादको संरक्षणमा भूपूहरुको योगदान हिजो जति थियो आज पनि समाज सुधारमा सेवा निवृत्त भूपूहरुको उतिकै रहने बताउनुभयो । शनिबार चौतारामा भएको प्रथम अधिवेशनमा प्रमुख अतिथि नेपाली कांग्रेस सिन्धुपाल्चोकका पुर्व सभापति श्याम श्रेष्ठ, बिशेष अतिथि नेपाली कांग्रेस सिन्धुपाल्चोकको उप–सभापति टंक बहादुर कार्की, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि विल बहादुर तामाङ, नेपाली कांग्रेस सिन्धुपाल्चोक प्रदेश नं. (क) का...

संविधान दिवस, २०८१ विशेष रुपमा मनाइने

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, २२ भदौ : नेपाल सरकारले संविधान दिवस (राष्ट्रिय दिवस), २०८१ तीन दिनसम्म विभिन्न कार्यक्रम गरी विशेष रुपमा मनाउने भएको छ । संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई सदाझैँ स्मरणीय र हर्षाेल्लासका साथ दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । मूल समारोहका कार्यक्रमको प्रभावकारी व्यवस्थापनका लागि विभिन्न उपसमितिसमेत गठन गरिएको छ । समितिले आगामी असोज २, ३ र ४ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरुमा दीपावलीलगायत कार्यक्रम गर्ने तथा असोज ३ गते संविधान दिवस मनाउने निर्णय गरेको हो । समितिको निर्देशानुसार असोज २ गते सङ्घीय सरकार तथा केन्द्रीयस्तरका कार्यक्रमअन्तर्गत संविधानका विषयमा केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत जनचेतनामूलक कार्यक्रमहरूको निर्माण, सञ्चालन तथा प्रसारण ...