सम्पर्क

राजनिती

सर्वदलीय बैठकले बागमती प्रदेश सरकारलाई योजना कार्यान्वयनमा आग्रह

ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
बागमती प्रदेशको सर्वदलीय बैठकले सरकारलाई योजना कार्यान्वयनमा ध्यान दिन आग्रह गरेको छ । आईतबार नेपाली कांग्रेस बागमती संसदीय दलका उपनेता रामकृष्ण चित्रकारको अध्यक्षतामा ललितपुरस्थित प्रदेश सुशासन केन्द्रमा बसेको उक्त बैठकमा बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका प्रमुख सचेतकहरूको उपस्थितिमा सम्पन्न भएको बैठकले सरकारलाई योजना कार्यान्वयनमा ध्यान दिन आग्रह गर्ने निर्णय गरेको हो । चालु आर्थिक वर्ष २०८१÷०८२ को योजना कार्यान्वयन तथा विविध विषयमा छलफल गरिएको उपनेता चित्रकारले जानकारी दिनुभयो । बैठकले चालु वर्षको योजनाहरू कार्यान्वयनमा देखिएको अपुग रकमको विवरण संकलन गरी थप अध्ययन गर्ने निर्णय गरेको छ भने १४ असोज २०८१ मा सम्पन्न सर्वदलीय बैठकमा पारित निर्णयहरूको कार्यान्वयनको प्रगतिप्रति सरकारलाई पुनः ध्यानाकर्षण गराउने निर्णय समेत गरिएको उपनेता चित्रकारले जानकारी दिनुभयो । बैठकमा नेपा...

रक्तदान सहीत बासडोल सहकारीको १८ओ साधरण सभा सम्पन्न

बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
  कभ्रेपालाञ्चोक जिल्ला बनेपा नगर पालिका वडा नं १२मा रहेको –श्री बासडोल सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभारक्तदान सहीत सम्पन्न गरेको छ । पुर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाको प्रमुख अतिथ्यतामा सम्पन्न साधरण सभाले सचिव रामकृष्ण कुँवर, कोषाध्यक्ष कल्पना कुँवर, लेखा सुपरिवेक्षण समितिकोसंयोजक कञ्चन भुजेलले प्रस्तु गर्नु भएको प्रतिबेदन सर्ब सम्मतले अनुमोदन गर्दै सम्पन्न भएको हो । १८ औं वार्षिक साधारणसभा शनिबार उद्धघाटन गर्दै प्रमुख अतिथी बाँसकोटाले केही ठूला सहकारीका सञ्चालकका कारण सहकारी क्षेत्रप्रति नकारात्मक धारणा बढेको बताउँनु भयो । उँहाले यस तर्फ सचेत गराउँदै सहकारी सस्थाका सञ्चालकले नीति नियममा रहेर सहकारी सञ्चालन गर्नुपर्ने, बचतकर्ताले नियमित अनुगमन र जानकारी लिनुपर्ने बताउँनु भयो । उँहाले सो अबशरमा जनताले खाइ नखाइ जम्मा गरेका रकमको दु...

नेपाली काँग्रेस ईन्द्रावतीले गर्‍यो चियापान कार्यक्रम

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेपाली काँग्रेस ईन्द्रावती गाउँपालिकाले चियापान कार्यक्रम गरेको छ । शनिबार नवलपुरमा नेपाली काँग्रेस इन्द्रावती गाउँपालिकाका सभापति जीवन थापामगरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । चियापान कार्यक्रमलाई सम्बोधन गर्दै सिन्धुपाल्चोक कांग्रेस जिल्ला सभापति जंग बहादुर लामाले पार्टीमा गुट उपगुट नरहेको बताउनुभयो । ‘पार्टी भित्र कुनै गुट छैन यहाँ यो गुट उ गुट भन्ने प्रवृत्ति छ गुट अधिवेशन को बेला मात्रै हुन्छ अधिवेशन सकिएपछि के को गुट लामाले भन्नुभयो’ गुट उपगुट केही छैन हामी कांग्रेसीहरु एक हनुपर्छ । लामाले पार्टी भित्रको तह तहको जिम्मेवारी पूरा गर्न नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिनुभयो । यसैगरी महासमिति सदस्य वंशलाल तामाङले यदि साच्चिकै कांग्रेस एकताबद्व हुने हो भने कांग्रेसलाई हराउन कसैले नसक्ने धारणा राखे । कांग्रेस को चुनौती भनेको कांग्रेस नै हो यहि समस्या ले गर्दा मात्रै निर्वा...

सिन्धु भ्याली क्याम्पसको एघारौं बार्षिक साधारण सभा सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
देबराज सुबेदी ,  मेलम्ची नगरपालिका वडा नम्बर १ भोटेचौर स्थित सिन्धु भ्याली क्याम्पसको एघारौं बार्षिक साधारण सभा मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख उमा प्रधानले सिन्धु भ्याली क्याम्पसलाई यो स्थान सम्म ल्याउन अहोरात्र खट्नुहुने सम्पुर्णमा धन्यवाद ब्यक्त गर्नुभयो । उहाँले क्याम्पस संचालनमा नगरपालिकाले आवश्यक बजेट बिनियोजन गरेको भन्दै कार्यविधि नहुँदा पर्याप्त मात्रामा बजेट विनियोजन गर्न नपाएको उल्लेख गर्नुभयो । उहाँले मेलम्ची नगरपालिका भित्र रहेका दुई वटा क्याम्पस नगरपालिकाको नमुना क्याम्पस बनाउनको लागि बराबरी बजेट बिनियोजन गरेको बताउनुभयो । प्रमुख अतिथी प्रधानले क्याम्पस लाई जग्गा उपलब्ध गराउन स्थानिय सरकारको नियमले नदिने भएकाले जग्गा ब्यबस्थापन भैसकेपछी भवन निर्माण जस्ता कुरामा आगामी बर्षबाट बजेट बिनियोजन गर्ने प्रत...

प्रेस स्वतन्त्रता हननका १९ घटना

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, १४ कात्तिक : पछिल्लो तीन महिनामा देशभरमा प्रेस स्वतन्त्रता हननका १९ घटना भएका छन् । प्रेस काउन्सिल नेपालमा आएका उजुरी र नियमितरूपमा हुँदै आइरहेको मिडिया अनुगमनका आधारमा यी घटना अभिलेखन गरिएको हो ।पछिल्लो तीन महिनामा भएका यी घटनामध्ये धम्कीका घटनाहरू सबैभन्दा बढी ११ वटा रहेका छन् । यस्तै आक्रमण/कुटपिटका घटना चार, पेसागत असुरक्षा दुई, कब्जा/अवरोध र गिरफ्तारीे प्रयासको घटना एक/एक रहेका छन् । प्रदेशअनुसार, सबैभन्दा बढी बागमती प्रदेशमा नौ घटना भएको छ । यस्तै मधेस प्रदेशमा पाँच, गण्डकीमा दुई तथा कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक/एक घटना भएका छन् । यो अवधिमा भएका घटनामा १७ पुरुष र दुई महिला पीडित भएको पाइएको छ ।काउन्सिलले नियमितरूपमा प्रेस स्वतन्त्रताको अवस्थाबारे मिडिया अनुगमन गर्दै आएको छ र प्रेस स्वतन्त्रता अनुगमन कार्यविधि, २०८० अनुसार तीन–तीन महिनामा सार्वजनिक गर्दै आएको छ । ...

विजेता भइएन भन्दैमा दुःख नमानौँ : प्रधानमन्त्री

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, १५ कात्तिकः प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीलाई सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज राष्ट्रिय टोलीका महिला फुटबल खेलाडीसँगको भेटघाटका क्रममा उहाँले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याई नगर्ने स्पष्ट गर्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने जानकारी गराउनुभएको हो । उक्त खेलमा दोस्रो भएको नेपाली टोलीका खेलाडीले जनही रु तीन लाखका दरले पुरस्कार पाउनेछन् । विगतका कतिपय खेलका पुरस्कार अझै प्राप्त नभएको गुनासो आइरहेका बेला प्रधामन्त्री ओलीको निर्देशनमा पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक पाउने खेलाडीलाई सक्दो छिटो पुरस्कार दिन थालिएको छ र पुरस्कारमा कर लाग्ने व्यवस्था हटाइएको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क...

अराजकतालाई मलजल गर्ने कुनै पनि मिडिया कारवाहीमा ः अध्यक्ष बस्नेत

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
१३ कार्तिक २०८१ काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अराजकतालाई मलजल गर्ने कुनै पनि मिडियालाई कारवाहीको दायरा ल्याउने दृढता राख्नुभएको छ । सामाजिक सद्भाव बिथोल्ने, जातीय विद्वेश फैलाउने गरी जानीजानी गलत सूचना सम्प्रेषण गर्ने केही मिडियालाई कानुनी कारवाही गरिएको उल्लेख गर्दै अध्यक्ष बस्नेतले भन्नुभयो, ‘समाजमा अन्योल सृजना गरी प्रणालीमाथि धावा बोल्ने काम कहीँ कतैबाट भइरहेको हुन सक्छ । त्यस्ता गलत पात्र र प्रवृत्तिबाट मिडिया हमेशा जोगिनुपर्छ । काउन्सिलले केही मिडियालाई कारवाही गरिसकेको छ । बाँकी पनि छानवीन र कारवाहीको दायरामा आउनेछन् । ’ नयाँ खुलेका अनलाइन सञ्चारमाध्यमका सम्पादक, सञ्चालकहरूलाई मंगलबार काउन्सिलमा राखिएको अभिमुखिकरण कक्षामा बोल्दै उहाँले पत्रकार आचारसंहिता उल्लङ्घन गर्नु प्रेस स्वतन्त्रताको दुरुपयोग हुने भएकाले जिम्मेवारीपूर्ण ढंगले पत्रकारिता गर्न स...

विपदमा परेकाहरुलाइ सहयोग गर्नेहरुप्रति पार्टीले उच्च मुल्यांकन गर्नेछ – सभापति देउवा

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
  रामचन्द्र दुलाल ललितपुर÷ १३ कातिक ः नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विपदमा परेकाहरुलाइ सहयोग गर्नेहरुप्रति पार्टीले उच्च मुल्यांकन गर्ने बताउनु भएको छ। “सुखदुःखमा कांग्रेस, सहयात्राको सन्देश“ भन्ने नाराका साथ पूर्वमन्त्री एवम् नेपाली कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको सहयोगमा आज मंगलबार ललितपुरमा बाढिपहिरोबाट मृत्यु हुनेका परिवारलाई नगद राहत वितरण कार्यक्रममा मन्तव्य राख्नुहुँदै सभापति देउवाले अहिले भाषण गर्ने भन्दापनि विपदमा रहेकाहरुलाई सहयोग गर्ने र उनीहरुको समस्या समाधान गर्नेमा लाग्नुपर्ने बेला रहेको बताउनुभएको हो । “पार्टीको तर्फबाट तपाईंहरु सहयोगी सबैलाई धन्यवाद दिन चाहान्छु, पार्टीकोतर्फबाट महत्त्वपूर्ण काम गर्नुभएको छ, अझै गर्नुहुनेछ भन्ने विश्वास छ, देशभर सबेै ठाउँमा ठूलो नोक्सानी भएको छ, धेरै साथीहरूले ज्यान गुमाउनुपरेको छ,...

एमालेले उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण हुन नदिने

बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
नेकपा एमाले उदयपुरले सरकारी स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रुपमा रहेको उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण गर्न नहुने निष्कर्ष निकालेको छ । उदयपुर प्रतिनिधी सभा क्षेत्र नं. २ का सांसद अम्बर बहादुर रायमाझीको पहलमा भएको सिमेन्ट उद्योगका उच्च अधिकारी र नेकपा एमाले उदयपुरको नेतृत्व विच भएको छलफलमा उदयपुर सिमेन्ट उद्योगकालाई निजिकरण गर्न नहुने निष्कर्ष निकालिएको हो ।छलफलमा उद्योगलाई कसरी बचाउने र आगामी दिनमा निजिकरण हुनबाट कसरी जोगाउने भन्ने विषयमा गम्भिर छलफल भएको एमाले उदयपुरका अध्यक्ष भागवत राउतले जानकारी दिन भयो । सिमेन्ट उद्योग आर्थिक रुपमा जर्जर अवस्थामा पुगेको र उदयपुर सिमेन्ट उद्योगकाले करिव २ अर्ब तिर्नु पर्ने दायित्व बोकेर हिडिरहेको जानकारी दिंदै उद्योगका निमित्त महाप्रबन्धक महेश प्रसाद साहले उद्योग निजिकरण हुनबाट जोगाउनु पर्ने साथै सामान्य खर्च पनि गर्न नसक्ने ...

आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्छ: नेता कोइराला

#, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
काठमाडौँ, १० कात्तिकः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–३२ ले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले आगामी निर्वाचनमा सबै दलले एक्लै प्रतिस्पर्धा गर्ने घोषणा गरेकाले आफ्नो पार्टी पनि कुनै दलसँग तालमेल नगरी चुनावमा जान सक्षम छ भन्नुभयो । निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न आजैदेखि तयारी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसबीच भएको सहमतिअनुसार नै सरकार सञ्चालन हुने बताउँदै राजनीतिक स्थायित्वका निम्ति दुई दलीय सरकार बनेको स्पष्ट गर्नुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टीलाई एकताबद्ध नबनाएसम्म एक्लै निर्वाचनमा स्पर्धा गर्न कठिन हुने विचार व्यक्त गर्नुभयो । विगतका निर्वाचनबाट पार्टी...