सम्पर्क

राजनिती

गृहमन्त्रीको सचिवालयद्धारा भ्रममा नपर्न अनुरोध

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
गृहमन्त्री रमेश लेखकको सचिवालयद्धारा अदालत र न्याय परिषद् जस्ता निकायहरूको कार्यक्षेत्र र स्वतन्त्रतामा गृहमन्त्री रमेश लेखक संवदेनशील रहनु भएको बताएको छ। सचिवालयले बिहीबार एक विज्ञप्ति प्रकाशीत गर्दै यस्तो जानकारी दिएको हो । निजी सचिब बद्री प्रसाद तिवारी द्धारा जारी बिज्ञेप्तीमा न्यायालयको गरिमा तथा सम्मानमा असर पर्ने यस्ता कार्यहरू गृहमन्त्री र सचिवालयबाट नभएको स्पष्ट पार्दै आगामी दिनमा पनि नहुने कुरामा आश्वस्त रहन अनुरोध गरिएको छ । बिज्ञेप्तीमा ‘रूपन्देही जिल्ला अदालतमा मुद्दा पेसी चढेको दिन न्याय परिषद्मा परेको उजुरी गृहमन्त्रीकै कार्यकक्षमा तयार पारिएको र सो उजुरीको प्रतिलिपि सचिवालयबाट पठाइएको भनी केही मानिसहरूले व्यक्त गरेको र सो विषयलाई लिएर विभिन्न सञ्चार माध्यममा प्रकाशित भएको समाचारप्रति माननीय गृह मन्त्रीज्यूको सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ भनिएको छ।अदालतलाई प्रभावित गर...

टोलटोलमा राष्टिय परिचय पत्र बाड्दै उप प्रमुख तामाङ

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्र्बिसे नगरपालिकाका उप प्रमुख मन्जु तामाङले नगरका हरेक वडाको टोलटोलमा गएर राष्टिय परिचय पत्र बितरण गर्न थाल्नु भएको छ । नगर पालिकाको हरेक वडाका टोलटोलमा गएर वडा पदाधिकारी वडा सचिब सहीत वडाबाट दिइने सुबिधा दिदै सामाजकि सुरक्षा भत्ता परिचय पत्र नबीकरण समेत गर्ने ब्यवस्था मिलाइएको नगर उप प्रमुख तामाङले जानकारी दिनु भयो । नगर प्रमुख बालकृष्ण बस्नेतले नगरका कोही पनी नागरिकहरुलाइ नगरबाट पाउँन पर्ने सुबिधमा कुनै पनी कमी नहोस भन्दै राष्टिय परिचयपत्रबनाउँन बाँकी अशक्त बृद्धहरुको लागी नगर पालिकामा नै शिबीर ल्याउँन पहल गर्नु भएको जानकारी दिनु हुँदै उप प्रमुख तामाङले २७,२८,२९गते ९वडाको टोलटोलमा गएर ४६३ जनाइ सेवा दिएको र आज पनी ९ नं वडाका बाकी टोलहरुमा गइ सेवा दिन लागेको बताउँनु भयो । नगरपालिकामा रहेको ९वटा वडाहरुमध्य वडा नं ९मा ४दिन लाग्ने भएको छ भने बाकी वडाहरुमा पनी ९ नं...

भोटेकोशी इको क्षेत्रमा अबरुद्ध अरनिको लोकमार्ग खुलाउनेबारे छलफल

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
 काठमाडौँ । सिन्धुपाल्चोक १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोधले अरनिको लोकमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२ स्थित इको क्षेत्रमा लगातार पहिरो र सडक भासिने समस्याका कारण विगत १० दिनदेखि अवरुद्ध सडक सञ्चालनबारे आज सिंहदरबारमा सम्बद्ध अधिकारीहरुसँग छलफल गरेका छन् । सापकोटा नेतृत्वको टोलिले बुधबार भौतिक पूर्वाधार सचिव केशब शर्मा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टसँग छुट्टा छुट्टै छलफल गरी अबरुद्ध सडक सञ्चालन बारे ध्यानकर्षण गराएको हो । सांसद सापकोटा सहित बागमती प्रदेश सभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल, नेता टिएन सापकोटा, भोटेकोशी गाउँपालिकाका नेकपा (माओवादी केन्द्र) का जिम्मेवार नेताहरू सहभागी टोलीले भेटमा इको क्षेत्रको सडक समस्याको दीर्घकालीन समाधानका उपाय खोज्न आग्...

इर्खुमाबीमा भएको वक्तृत्वकलामा सेतीदेबीको रेणुका प्रथम

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
सामुदायिक वन दिवस २०८२ को उपलक्ष्यमा ,“समयमै कार्ययोजना नविकरण गरौं,सामुदायिक वनलाइ प्रगतिशील बनाऔं ।“भन्ने मुल नाराका साथ सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुपाल्चोकको आयोजनामा “वातावरण संरक्षणका लागि सम्बृद्व वन व्यवस्थापनमा हाम्रो भुमिका “ विषयक चौतारा सांगाचोक गढि नगरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गरेको छ । नगरपालिकाको वडा नं ८मा रहेको श्री इर्खु माध्यमिक बिद्यालयइर्खुमा नगरपालिका भित्रका २४ माध्यमिक विद्यालयहरु मध्य १८ वटा बिधालयको प्रतियोगितामा सहभागीता रहेको थियो । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने श्री सेतिदेवी मा. वि.को छात्रा रेनुका तामाङ , दोस्रो स्थान श्री डडुवा भवानी शंकर मा. वि. को छात्रा अश्मिता यादव , तेस्रो हुने श्री कालिदेवी मा. वि. को छात्र अभिषेक भुजेल र सान्त्वना स्थान हासिल गर्ने श्री इर्खु मा. वि. को छात्रा अश्मिता तामाङ रहनु भ...

सिन्धुपाल्चोकमा डिएसपीद्धारा भान्छे कुटपिट ,पछि जागिरबाट वर्खास्त

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
पीडित पक्षको निष्पक्ष छानबिनको माग दिपक खत्री सिन्धुपाल्चोक । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधव राज खरेलमाथि आफ्नै क्वाटरमा काम गर्ने भान्छे शंकर कार्कीलाई कुटपिट गरी जागिरबाट वर्खास्त गराएको आरोप लागेको छ । पीडित कार्की हाल मिडिया र मानवअधिकारकर्मीहरूमार्फत न्यायको खोजीमा छन् । घटना कसरी भयो? पीडितका अनुसार, २०८२ साउन २२ गते दिउँसो करिब २ बजे डिएसपी खरेल क्वाटरमा लन्चका लागि पुगेका थिए । त्यसअघि भान्छे कार्कीले तीन जना प्रहरी निरीक्षकलाई खाना खुवाइसकेका थिए। डिएसपीका लागि भने लसुन–प्याज प्रयोग नगरी फरक भाँडाकुडा प्रयोग गरेर रोटी–तरकारी तयार गरिएको थियो। तर, डिएसपी खरेलले बिहान ४ बजे बनाइएको बासी रोटी खान नमिल्ने भन्दै अपशब्द प्रयोग गरेका र कार्कीलाई दुई मुक्का हानेका पीडितको दाबी छ। कार्कीका अनुसार, आत्मरक्षाका क्रममा तेस्रो मुक्का रोक्ने प्रयास गर्दा ...
पाँचपोखरीको मेला, भक्तजनको मनमनमा वाईसियल 

पाँचपोखरीको मेला, भक्तजनको मनमनमा वाईसियल 

ब्रेकिङ न्युज १, राजनिती, समाचार
निर्मल बस्नेत २५ साउन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी मेलामा वाईसियल नेपालले मेला अवधिमा स्वयमसेवकको भूमिका निर्वाह गरेको थियो । स्वास्थ्य परिक्षण र सरसफाईको काममा सरिक वाईसियल श्रदालु भत्तलजनहरुको मनमनमा बस्न सफल भएको छ । वाईसियलले देशव्यापीरुपमा जनश्रमदान र जागरण अभियान अन्गरगत विविध जनसेवाको काम गर्दै आईरहेको छ । प्रत्येक वर्षको जनैपूर्णिमाको दिन पाँचपोखरीमा मेला लाग्ने गरेको छ । समुन्द्रिक सतहबाट ४ हजार १ सयको उचाईमा रहेको उक्त क्षेत्रमा वाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकहरु धार्मीक आस्था र प्राकृतिक मनोरन्जनको लागि उक्त स्थान रोजाईमा रहेको छ । नेपालको हिमाली क्षेत्रको विभिन्न धार्मीक तथा प्राकृतिक रुपले प्रसिद्ध ठाउँहरु मध्येको एक हो पाँचपोखरी । यो स्थान हिन्दु तथा बौद्ध धर्मालम्वीहरुको आस्थाको केन्द्र बनेको छ ।  यहाँबाट देखिने मनोरम हिमशृङ्खला र आसपासको सुन्द...
इर्खुमा बृक्षरोपण सहीत सामुदयक बन दिबस

इर्खुमा बृक्षरोपण सहीत सामुदयक बन दिबस

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगर पालिका वडा नं ८ इर्खुमा सामुदायक बन दिबसशको अबशर पारेर बृक्षारोपण कार्यक्रम गरिएको छ । सामुदायक बन उपभोक्ता महासंघ नेपाल सिन्धुपाल्चोकको आयोजनामा महासंघका पुर्ब केन्द्रीय तथा बागमती प्रदेसका पुर्ब सदस्यहरु , रानी पोखरी बन उपभोक्ता समुहका पदाधिकारी हरु डिभिजनल बन कार्यलय सिन्धुपाल्चोकका रमेश दुलाल , सबडिभीजनल बन कार्यलयका कमला श्रेष्ठ लगाएतको उपस्थितीमा बृक्षरोपण गरिएको हो । चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ८का वडा अध्यक्ष अमृत दङ्गालको प्रमुख अतिथ्यतामा सामुदायक जिल्ला बन उपभोक्ता महासंका अध्यक्ष जनक गिरीको अध्यक्षतामा बृक्ष रोपण गरिएको हो । २०७३साल श्रावण २५ गते देखी नेपालमा सामुदायक बन दिबश मनाइदै आएको र यस बर्ष पनी सोही अबशरमा यो दिबस मनाइएको हो । यस बर्ष भने २६गते इर्खु माध्यमिक बिद्यालयमा बातबरण संरक्षणका लागी समृद्ध बन व्यवस्थापनमा हा...

चौसागढीनपा १०र१४को शिबीरमा कपीलबस्तु,दोलखा,ओखलढुङ्गा सहीत १६६ले पाए सेवा

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १० र १४ले सञ्चालन गरेकोे शिबीरमा ओखलढुङ्गा,कपिलबस्तु र दोलखा, सिन्धुपाल्चोक जिल्ला सहितका गरी १६५ जना सेवाग्रहीले सेवा लिएको समाचार प्राप्त भएको छ । चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४का वडा अध्यक्ष उद्धब नेपालका अनुसार श्रावण २१ गते कोटेश्वरबाट सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाँउपालिका ,जुगलगाँउपालिका र चौतारासाँगाचोकगढी नगरपालिका गरी ३७जना, २२गते कपनमा ओखल ढुङ्गा जिल्ला सिद्धीचरण नगरपालिका वडा नं ४का १जना सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिकाकाको १जना सहीत जम्मा ३३ जनाले सेवा प्राप्त गरेका छन । यसै गरी २३र २४ गते मुलपानीमा भएको शिबीरमा कपिल बस्तु जिल्ला दोलखा जिल्ला र सिन्धुपाल्चोक जिल्ला गरी ९६जनाले सेवा लिएका छन । शिबीरमा जन्म दर्ता,नागरिकताको प्रमाण पत्र प्रतिलिपी , नँया नागरिकता सिफारिस , सामाजिक सुरक्षा भत्ता परिचयपत्र नबी...
गाँउ घर टोल शिबीर को सेवा पछी राजधानीमा शिबीर सेवा

गाँउ घर टोल शिबीर को सेवा पछी राजधानीमा शिबीर सेवा

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १० र १४ले आआफ्ना वडाको हरेक घर दैलोमा नागरिकलाइ वडा बाट दिने सुबिधा दिदै अहीले राजधानी केन्द्रीत हुन थालेका छन । नगरपालिकाको वडा नं १०ले घरघरमा टोल टोलमा लगेर सामाजिक सुरक्षा भत्ता दिन थाले लगत्तै सामाजीक सुरक्षा भत्ता कार्ड नबिकरण सहीतका अन्य आबश्यक सेवाहरु दिएको छ । जन्म दर्ता, मृत्यु दर्ता लगाएतका ब्यक्तीगत घटना दर्ता समेत टोलटोलमा गएरै दर्ता गरिदिएको छ । यसै गरी वडा नं १४ले हालै मात्र वडा भित्र टोल टोलमा गएर सामाजीक सुरक्षा भत्ता कार्ड नबकिरण गर्नुका साथै राजधानी केन्द्रीत भएको छ । वडा नं १० र १४ दबै वडाको सचिब चलाइरहनु भएका वडा सचिब पुनम भण्डारीले शिबीरमा वडा भित्रका मात्रै होइन सिन्धुपाल्चोक जिल्ला लगाएत सबैको सामाजिक सुरक्षा भत्ता कार्ड नबकिरण गरिदिने ब्यवस्था वडा कार्यलयले गरिएको जानकारी दिनु भयो । उँहाले वडा भित्र का मात्र ...
गैरआवासीय नेपाली संघ एनसिसी कतारले  मानवअधिकार आयोग सगं गर्‍यो भेटघाट।

गैरआवासीय नेपाली संघ एनसिसी कतारले  मानवअधिकार आयोग सगं गर्‍यो भेटघाट।

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
दर्शन सुनार / कतार गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारले कतार स्थित राष्ट्रिय मानवअधिकार आयोग सगं "भेटघाट तथा परिचयात्मक कार्यक्रम" सम्पन्न गरेको छ।मगंलबार दिउँसो राष्ट्रिय मानवअधिकार आयोग कतारको सचेतना तथा योजना विभागका प्रमुख अबु सालिम हमद अल हाजीरी सँग गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कृष्ण पन्थीको नेतृत्वमा रहेको टिम पुगेर "भेटघाट कार्यक्रम सम्पन्न" गरेको हो ।उक्त टिमलाई राष्ट्रिय मानवअधिकार आयोगमा नेपाली समाज प्रतिनिधि एवं कानुनी परामर्शदाता प्रो मोहम्मद रमजान अलि मियाले खादा सहित स्वागत गर्नु भएको थियो ।अबु सालिम हमद अल हाजिरीले गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारको अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्ति भएकोमा पन्थीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सालिमले विगतका बर्सहरूमा अत्यन्तै सकारात्मक काम गर्नु भएको छ ।  तपाईँको कार्यकालमा...