सम्पर्क

गाँउ घर टोल शिबीर को सेवा पछी राजधानीमा शिबीर सेवा

सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १० र १४ले आआफ्ना वडाको हरेक घर दैलोमा नागरिकलाइ वडा बाट दिने सुबिधा दिदै अहीले राजधानी केन्द्रीत हुन थालेका छन । नगरपालिकाको वडा नं १०ले घरघरमा टोल टोलमा लगेर सामाजिक सुरक्षा भत्ता दिन थाले लगत्तै सामाजीक सुरक्षा भत्ता कार्ड नबिकरण सहीतका अन्य आबश्यक सेवाहरु दिएको छ । जन्म दर्ता, मृत्यु दर्ता लगाएतका ब्यक्तीगत घटना दर्ता समेत टोलटोलमा गएरै दर्ता गरिदिएको छ । यसै गरी वडा नं १४ले हालै मात्र वडा भित्र टोल टोलमा गएर सामाजीक सुरक्षा भत्ता कार्ड नबकिरण गर्नुका साथै राजधानी केन्द्रीत भएको छ । वडा नं १० र १४ दबै वडाको सचिब चलाइरहनु भएका वडा सचिब पुनम भण्डारीले शिबीरमा वडा भित्रका मात्रै होइन सिन्धुपाल्चोक जिल्ला लगाएत सबैको सामाजिक सुरक्षा भत्ता कार्ड नबकिरण गरिदिने ब्यवस्था वडा कार्यलयले गरिएको जानकारी दिनु भयो । उँहाले वडा भित्र का मात्र नभइ राजधानीमा भएका नागरिकहरुलाइ पनी नबीकरण गर्न वडा कार्यलयमा जाँदा आउँदा लाग्ने खर्च समयको बचत गरिदिनका लागी वडा कार्यलयले यो व्यवस्था गरिदिएको बताउँनु भयो । बुधबार मात्रै काठमाण्डौमा भएको शिबिरमा१० र १४ का वडा बासी मात्र नभइ सुनकोशी गाँउपालिकालगाएत का नाष्रिकले सेवा लिएका छन । वडा नं १०का वडा अध्यक्ष आँफै बिरामी भए पनी बुधबार वडाबासीहरको सेवाका लागी दिन भर खटिरहनु भएको थियो नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन कोटेश्वरबाट सेवा प्रदान गरिएको थियो भने बिहीबार रियस्का मोटर ड्राइभिङ्ग सेण्टर कपनमा र २३ गते शुक्रबार थ्रिएस घक् मोटर ड्रइभिङ्ग सेण्टर मुलपानी बाट सेवा प्रदान गरिने वडा नं १४का वडाअध्यक्ष उद्धब नेपालले जानकारी दिनु भयो । उँहाका अनुसार व्यक्तीगत घटना दर्ताका साथै वडा बाट पाइने हरेक सुबिधाहरु उक्त स्थानबाट पाइने बताउँनु भयो । दुर्ब वडामा स्थाइ ठेगना भइ काठमाण्डौ आउँनु भइ बिभिन्न पेशामा सग्लग्न हरुका लागी काठमाण्डौमा शिबीर सञ्चालन गरेर सुबिधा दिन सकेकोमा सबै सेवाग्रहीहरु खुशी भएको आफुले पाएको बताउँदै हामीलाइ उँहाहरुले आफ्नो अमुल्य मत दिएर वडा अध्यक्ष बनाउँनु भएको हुँदा कानुन,श्रोत साधनले भ्याए सम्म घरदैलोमा गएर सेवा दिन सके मात्र मतको कदर हुने आफुहरुलाइ लागेका ले वडा नं १०का वडा अध्यक्ष र आफु मिलेर यो अभियान चलाएको बताउँनु भयो । नेपाल सरकार गृहमन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग सिंहदरबार काठमाडौँ सामाजिक सुरक्षा भत्ता परिचयपत्र दर्तं तथा नवीकरण प्रक्रियालाइ सरलिकरण गरिएको सम्बन्धमा भएको परिपत्र अनुसार नजिकैको वडा कार्यालयमा उपस्थित भई सामाजिक सुरक्षा भत्ता नवीकरण गराउन मिल्ने व्यवस्था भएको हुँदा भत्ता नवीकरणका लागि आ आफ्नो वडा कार्यालयसम्म जान नसक्ने नभ्याउँने हरुले आ आफ्नो राष्ट्रिय परिचयपत्र र सामाजकि सुरक्षा भत्ता कार्ड सहित उपस्थित भए सेवा लिन सबेैमा वडा अध्यक्ष उद्धब नेपालले अनुरोध गर्नु भएको छ । वडा अध्यक्ष निल बहादुर तामाङ्ग सुमनले ९० वर्ष माथि र अशक्त र बालबालिकाको हकमा भने राष्ट्रिय परिचयपत्र आवश्यकता नपर्ने जानकारी गराउँनु भयो । उँहाले नेपालको जुनसुकै जिल्ला जुनसुकै पालिका जुनसुकै वडाको भएपनि सेवा लिन पनि सक्ने बताउँनु भयो । यस शिबीर सेवा का लागी चौ.सा.गढी १० वडा अध्यक्ष निल बहादुर तामाङ ९८५१०७६७२८चौ.सा.गढी १४ वडा अध्यक्ष उद्धव नेपाल ९८५१२१०६६४ वडा सचिव पुनम भण्डारी ९७४८२६७८७८ मा सम्पर्क समेत गर्न भनीएको छ ।