सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १० र १४ले सञ्चालन गरेको दोश्रो दिनको शिबीरमा ओखलढुङ्गाका सेवाग्रहीले सेवा लिएको समचार प्राप्त भएको छ ।
चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४का जडा अध्यक्ष उद्धब नेपालका अनसरा बिहीबार मात्र्र ओखल ढुङ्गा जिल्ला सिद्धीचरण नगरपालिका वडा नं ४का १जना सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिकाकाको १जना सहित चौतारा साँगाचोकगढी नगरपालिका वडा नं३को ३जना ७को २जना १०को २जना ११को २जना १२को ४ जना र १४को १८जना गरी जम्म ३३ जनाले सेवा प्राप्त गरेका छन ।
बिहीबार मात्रै ३५०९० राजस्व सङ्कलन भएको छ । बिहीबार रियस्का मोटर ड्राइभिङ्ग सेण्टर कपनमा भएको शिबीरमा १० नं वडा अध्यक्ष निल बहादुर तामाङ सुमन र वडा नं १४का वडाअध्यक्ष उद्धब नेपाल वडा सचिब पुनम भण्डारी लगाएत वडाका कर्मचारीहरु ले सेवा दिइ रहनु भएको छ । २१ गते बुधबार कोटेश्वरमा भएको शिबीरमा सुनकोशी गाँउपालिका वडा नं ६का १जना जुगल गाँउपालिका जडा नं ६का १जना र चौतार ासाँगाचोकगढी नगरपालिका २को ८जना वडा नं ७को १० जना वडा नं १०को ११जना र १४को ६ जना गरी जम्म ३७ जनाले सेवा लिएको १० नं वडा अध्यक्ष निलबहादुर तामाङले जानकारी दिनु भयो । सेवा लिन आएका सेवाग्रहीहरुले वडा अध्यक्षद्धय उद्धब नेपाल र निलबहादुर तामाङ लगाएत वडा सचिब पुनम भण्डारी सहीत सबै कर्मचारीहरुलाइ बिशेष धन्यबाद दिएका थिए २३ गते शुक्रबार थ्रिएस घक् मोटर ड्रइभिङ्ग सेण्टर मुलपानी बाट सेवा प्रदान गरिने छ । शिबीरमा व्यक्तीगत घटना दर्ताका साथै वडा बाट पाइने हरेक सुबिधाहरु उक्त स्थानबाट पाइने भएको छ ।
