सम्पर्क

राजनिती

बाह्रबिसे नगरपालिकामा अख्तियार को छापा

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार छापा मारेको छ । अनियमितताको गुनासो तथा उजुरी आएपछि अख्तियार को टोलीले नगरपालिकाको कार्यालयमा छापा मारेर केही कागजातहरू नियन्त्रणमा लिएको छ ।नगरपालिकाले भोटेकोशी जलविद्युत् आयोजनासँग अस्पतालका लागि भन्दै ५ करोड लिएको रकम हिनामिना भएको भन्ने आशंका गरिएको हो । अस्पतालका लागि भनेर लगिएको सो रकम हिनामिना गरेको भन्ने सूचना आएपछि अख्तियारको टोली खटिएको थियो । यस सम्बन्धमा नगर प्रमुख सँग सम्पर्क गर्दा सम्पर्क हुन नसके पछी नगरपालिका वडा नं ३का वडा अध्यक्ष जिबन कुमार भण्डारी सँग सम्पर्क गर्दा उँहाले अस्पतालको भवन बनेको छ ।अस्पालमा कार्यरत कर्मचारीहरुका लागी पारिश्रमीक व्यवस्था गरिएको छ । करिब ३करोड रुपैया खर्च भएको छैन ब्यालेन्स छ , खर्च गर्न बाँकी छ भन्नु भयो । अख्तीयार दुरुपयोग, अदालत प्रहरी प्रशासनले शङ्का गर्न...

आलोपालो अग्रसर बहुउद्देश्यीय सहकारी संस्थाको १२औं बार्षिक साधारणसभा सम्पन्न

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
श्री आलोपालो अग्रसर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो १२औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । बागमती प्रदेसका पुर्ब मन्त्री बागमती प्रलेस सभा सदस्यमा.युबराज दुलाल को प्रमुख आतिथ्यतामा साधरण सभा सम्पन्न भएको हो । श्री आलोपालो अग्रसर बहुउद्देश्यीय सहकारी संस्थाको१२औं बार्षिक साधारण सभा समारोह लाइ सम्बोधन गर्दै बागमती प्रदेश सभा सदस्य,पुर्ब मन्त्री मा.युबराज दुलालले सहकारीताको माध्ययमबाट गरेका हरेक कामहरु सफतामा हुने भएता पनी केही सहकारी हरुले सहकारी सिद्धान्त बिपरित काम गरेकोले सहकारी सङ्कटमा पर्ने गरेको बताउँनु भयो । उँहाले सहकारीको सिद्धान्त अनुसार काम गर्न अनुरोध गर्दै ब्यक्तीगत स्वार्थमा लाग्ला सहकारी सङ्कटमा पर्छ त्यसकारण ब्यक्तीगत स्वाथर््मा लाग्ने काम गर्नु हुादैन भन्नु भयो । प्रमुख आतिथी दुलालले वडामा सामुदायिक विद्यालय बाट २०८१ सालको एसएलसी सिइइमा उत्कृष्ठ जिपिए ल्याउने सामुदायिक...

बाह्रबिसेनगरपालिकाले ल्यायो दमकल

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला बाह्र्बिसे नगर पालिकाले दम्कल ल्याएको छ । नेपाल सरकारको पुर्व स्वास्थ मन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत को बिशेष पहलमा दम्कल ल्याएको नगरप्रमुख बालकृष्ण बस्नेत ले जानकारी दिनु भयो । जापान सरकारको भोलेन्टर क्रस नेपालको समन्वयमा नगरपालिकाले दम्कल प्राप्त गरेको नगरपालिकाका नगर प्रमुख बस्नेतले बताउँनु भयो । उँहाले तिन तहको सरकार छ सिहदरबारको अधिकार गाँउ गाँउमा भनेको छ तर यसको प्रत्यक्ष नागरिक हरुले महशुस गर्न पर्छ त्यसैले यसको लागी पनी हामी लागी परेका छौ भन्नु भयो । बस्नेतले नगर पालिकामा मात्र सेवा दिने होइन सिन्धुपाल्चोक जिल्ला १ न क्षेत्रमा कुनै पनी पालिकामा दमकल नभएको कारण यो १ न क्षेत्र भरीकै नागरिकले सेवा पाउँने बताउँनु भयो ।  नगर प्रमुख बस्नेतले आफ्ना्े प्रतिबद्धता अनुसार काम गरेको बताउँनु भयो । उँहाले १ न क्षेत्रमा रहेको सबै पालिकाहर...

मेलम्ची खाल्डेखोला खण्ड सडक स्तरोन्नति तथा कालोपत्रको शिलान्यास

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
मेलम्ची, तिपेनी हुँदै भोताङसम्म पुग्ने मेलम्ची खाल्डेखोला खण्ड सडक स्तरोन्नति तथा कालोपत्रे कार्यको शिलान्यास गरिएको छ । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पुर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकको आयोजनामा आज बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङ (समीर) ले शिलान्यास गर्नुभएको हो । शिलान्यास गर्दै मन्त्री तामाङले धेरै वर्ष अगाडिदेखि चुनावी भाषण बनेको यो सडक अब भाषणमा मात्रै नभई काम गरेरै देखाउनेगरी अघि बढेको बताउनुभयो । अब जनताले कुरामा नभई काममा विश्वास गर्ने बताउँदै सडकलाई प्राथमिकता दिएर काम गर्ने जनता माझ गरेको प्रतिबद्धता पुरा गर्ने क्रममा यो सडक शिलान्यास भएको धारणा दावी गर्नुभयो । साथै सडक निर्माणका लागि स्रोत सुनिश्चित गर्न सहयोग गर्ने सबै प्रति आभार पनि व्यक्त गर्नुभयो । मन्त्री तामाङले प्रदेश सरकारले सडक सञ्जाल विस्तारलाई ...

धान थन्क्याउन नपाउँदा किसान चिन्तित

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, समाचार, स्वास्थ्य
महोत्तरी, १४ कात्तिकः दीपावली र छठसहितका मुख्य पर्व मनाएका महोत्तरीका किसान अहिले मुख्यबाली धान थन्क्याउन नपाएर बेचैन भएका छन् । चाडपर्व सकेर धान काट्ने, चुट्ने र थन्क्याउने मेसोमा लागेका किसानलाई बुधबार मध्यरातपछि लगातार परेको पानीले आकुलव्याकुल बनाएको हो । आज पनि बिहानभरि झमझम वर्षा भइरहेको छ । महोत्तरीसहितका मधेसमा गत मङ्गलबार बिहानदेखि मौसम धुम्मिएर बुधबार बिहान सिमसिम पानी परेको थियो । बुधबार दिउँसो घाम लागे पनि मध्यरात कटेपछि झमझम पानी परिरहेपछि खेतमा पाकेको धान काट्न, चुट्न र थन्क्याउन नपाएपछि किसानको चिन्ता बढेको हो । खासगरी महोत्तरीका उत्तरी क्षेत्रका बर्दिबास, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रका किसान अहिले मुखको पाकेको बाली थन्क्याउन नपाउँदा चिन्तामा परेका छन् । बुधबार मध्यरातपछि पर्न थालेको पानी छिनछिन रोकिँदै अझै पर्दैछ । बिहीबारदेखि परेको चोटिलो पानीले पाकेको धान बोटबाटै झार...

झिसमिसेदेखि साँझ अबेरसम्म काममा भेटिने श्रमिक अधिकृत ‘दर्जी’

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
हेटौँडा (मकवानपुर), १४ कात्तिक : बिहानको झिसमिसे उज्यालोमा बागमती गाउँपालिकाको केन्द्रतर्फको बाटोमा केही मानिसहरू बेल्चा र कोदालो बोकेर अगाडि बढिरहेका हुन्छन् । केहीको हातमा कोदालो, कोही ढुङ्गा उठाउँदै छन् र कोही हाँस्यौली अनुहारले एकअर्कालाई ‘शुभबिहानी’ भन्दै स्वागत गर्दैछन् । गाउँपालिका अध्यक्ष सर्केश घलानले सात वर्ष अगाडिदेखि चलाउनुभएको श्रमदानको अभ्यासलाई आत्मसात् गर्दै त्यसै भीडभित्र हिलोले छ्यापिएको जुत्ता र मुस्कानले झल्किएको अनुहारसहित देखिन्नुहुन्छ प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी । नेपालका अधिकांश सरकारी अधिकृतहरू कार्यालयको कुर्सीमा सीमित देखिन्छन्, तर दर्जी भने फरक ढङ्गले चिनिनुभएको छ । हुन त बागमती गाउँपालिकाका अध्यक्ष आफ्नै चाडबाड बिदामात्र होइन बिहान ५ः०० बजेदेखि रातको १२ः०० बजेसम्म कि त पालिका या त कार्यस्थलमा भेटिनु विगत सात वर्षदेखिको दैनिकी नै भइसकेको छ, तर यहाँ प्...

ढुङ्गा उत्खनन बन्द गर्देै सिन्धुपाल्चोक अनुगमन समिती

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
जिल्ला अनुमन समिती द्धारा बाह्रबिसे नगरपालिका कर्थलीमा गरिएको ढुङ्गा उत्खनन बन्द गर्ने गरेको छ । ढुङ्गा गिटी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७९को दफा ९ मा ब्यवस्था भए बमोजिम नदी जन्य तथा खानी जन्य पदार्थको उत्खनन सङ्कलन र बिक्री सम्बन्धी प्रकृयाको अनुगमन गर्न गठीत नदी जन्य तथा खानी जन्य पदार्थ जिल्ला अनुगमन समितीको बैठकले बाह्रबिसे नगरपालिका कर्थलीमा गरिएको ढुङ्गा उत्खनन बन्द गर्ने निर्णय गरेको हो ।  बैठकले खोलामा                 टिपरमा बालुवा चालेर हाल्ने कार्य बन्द गर्ने , ढुवानीगर्दा बिल बिजक अनिबार्य गर्न पर्ने लगाएतका निर्णय हरु गरेको छ । समितीका संयोजक जिल्ला सम्मन्वय प्रमुखको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको निमीक्त जिल्ला सम्मन्वय अधिकारी प्रशान्त अधिकारीले जानकारी दिनु भयो ।...

मेलम्चीका आगलागी पीडितलाई सहयोग रकम हस्तान्तरण यहि

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, समाचार, स्वास्थ्य
कात्तिक ५ गते मेलम्ची बजारमा भएको आगलागीबाट पूर्णरूपमा क्षति पुगेका अधिकारी फेन्सी स्टोर तथा सङ्गै रहेको धनलक्ष्मी ज्वेलर्स का पीडित व्यवसायीलाई सहयोग रकम हस्तान्तरण गरिएको छ। मेलम्ची नगर उद्योग वाणिज्य संघको आव्हानमा आज दिउँसो सम्म आठ लाख चौँतिस हजार एक सय एकाउन्न रुपैयाँ संकलन भएको संघले जनाएको छ। उक्त रकममध्ये चास हजार रुपैयाँ धनलक्ष्मी ज्वेलर्स का प्रोप्राइटर रोशन सुनारलाई र बाँकी सात लाख चौरासी हजार एक सय एकाउन्न रुपैयाँ अधिकारी फेन्सी स्टोर का प्रोप्राइटर दिनेश अधिकारीलाई हस्तान्तरण गरिएको संघका महासचिव तारा बानिँयाले जानकारी दिनुभयो ।कार्यक्रममा मेलम्ची नगर उद्योग बाणिज्य संघका अध्यक्ष पुष्करप्रसाद धिताल, लगायत पदाधिकारी , सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका उपाध्यक्ष प्रकाश दाहाल लगायतको उपस्थिति रहेको थियो । ...

संविधानको रक्षाका लागि समर्पित हुन आग्रह कांग्रेस कार्यवाहक सभापति खड्काको आग्रह

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
पाटन (ललितपुर), १० कात्तिक : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तरुणहरूलाई जुझारु भएर मुलुक, जनता र संविधानको रक्षाका लागि समर्पित हुन आग्रह गर्नुभएको छ । नेपाल तरुण दलको ७३औँ स्थापना दिवसका अवसरमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा उहाँले नेपाल इतिहासकै प्रतिकूल अवस्थामा उभिएको र कांग्रेस पार्टीसमेत प्रतिकूल अवस्थामा रहेको उल्लेख गर्दै देश जोगाउन सङ्कल्पसहित अगाडि बढ्न आग्रह गर्नुभयो । “शान्ति, सुशासन कायमका लागि जेन जेड युवाले गरेको शान्तिपूर्ण आन्दोलन घुसपैठ हुँदा मुलुकले ठूलो विपत्ति सामना गर्नुपर्‍यो, भदौ २४ गते देशको न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामाथि आक्रमण गरेर ध्वस्त बनाइयो, जनतालाई अधिकार सम्पन्न बनाउन लागेका सन्तनेताको आश्रम खरानी बनाइयो, देशको सिङ्गै राज्यप्रणालीमाथि आक्रमण गरेर प्रति...

छठको दोस्रो दिन आज ‘खरना’

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार, साहित्य, स्वास्थ्य
महोत्तरी, ९ कात्तिक : छठपर्वको दोस्रो दिन बर्तालु ‘खरना’ विधिका तयारीमा गर्दैछन् । शनिबार कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’को तयारीमा लागेका हुन् । बर्तालुले सूर्योदयपूर्व पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर कूलदेवता र छठी देवीलाई चढाउने यहाँ परम्परा रही आएको छ । दिनभरिको निराहार उपवास गरेका बर्तालुले कूलदेवता र छठी देवीलाई चढाएको खिर प्रसादस्वरुप खाने चलन छ । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ । मधेसको महोत्तरीसहितका विभिन्न जिल्लामा छठ लोकआस्थाको महापर्व मानिँदै आइएको छ । छठ महापर्वको पहिलो दिन अर्थात् कात्तिक शुक्ल चौथीका दिन बर्तालुले आत्मशुद्धिका लागि उसिना चामल, लसुन÷प्याज, कोदो, मुसुरोसहितका धार्मिक अनुष्ठानमा अशुद्ध मानिने खाद्यपरिकार खादैनन् । मैथिली बोलीचालीमा अर्बा (नउस...