सम्पर्क

राजनिती

दि सिन्धुपाल्चोक विजनेस क्लवद्वारा आगलागी प्रभावितलाई ८० हजार सहयोग

दि सिन्धुपाल्चोक विजनेस क्लवद्वारा आगलागी प्रभावितलाई ८० हजार सहयोग

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
दि सिन्धुपाल्चोक विजनेस क्लवले मेलम्चीमा कातिक ५ गते भएको आगलागी पिडितलाई सहयोग गरेको छ । आज मेलम्ची नगर उद्योग बाणिज्य संघ मार्फत अधिकारी फेन्सिका सन्चालकलाई रु ८० हजार सहयोग गरेको संस्थाका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्षका केन्द्रिय सदस्य नयन बहादुर पण्डितले जानकारी दिनुभयो ।सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य नरेशशलाल श्रेष्ठ , उपाध्यक्ष अमृत खडका, कोषाध्यक्ष रामचन्द्र पराजुली , मेलम्ची नगर उद्योग बाणिज्य संघका अध्यक्ष पुस्कर धिताल लगायत सहभागी हुनुहुन्थ्यो ।गत ५ गते मेलम्ची बजारमा आगलागी दिनेश अधिकारीको उक्त फेन्सि स्टोरमा पुर्ण क्षति भएको थियो ।संस्थाले बिभिन्न समयमा यस्तै सहयोग गर्दै आएको छ ।...
इन्द्रावती क्याम्पस मेलम्चीको १८ औँ वार्षिक उत्सव नगर प्रमुख आइतमान द्धारा उपलब्धीमुलक शिक्षामा जोड

इन्द्रावती क्याम्पस मेलम्चीको १८ औँ वार्षिक उत्सव नगर प्रमुख आइतमान द्धारा उपलब्धीमुलक शिक्षामा जोड

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धु पाल्चोक जिल्ला मेलम्ची नगरपालिकाको  वडा नं ११मा रहेको   इन्द्रावती क्याम्पसको १८औँ वार्षिक उत्सव तथा क्याम्पस सभा एक समारोहका बिच सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङ को प्रमुख अतिथ्यतामा र नगर उपप्रमुख उमा प्रधान विशेष आतिथ्यतामा सम्पन्न भएको हो । १८औ बार्षीकउत्सवको उद्धघाटन गर्दै नगर प्रमुख तामा तामाङले शिक्षा सिकाइमा उपलब्धी मुलक र गुणस्तरिय भयो भने मात्र शिक्षा क्षेत्रमा गरेको लगानीको सही सदुपयोग हुने बताउँनु भयो । यसका लागी इन्द्रावती क्याम्पस ले शिक्षा सिकाइमा उपलब्धी मुलक काम गरेकोले बिशेष धन्यबाद दिदै क्याम्पसले स्थानीय युवालाई उच्च शिक्षामा सहज पहुँच दिलाउँदै आएको भूमिकाको उच्च प्रशंसा गर्नु भयो । उहाँले क्याम्पसलाई नगरको शैक्षिक पहिचानसँग जोडिएको महत्वपूर्ण संस्थाको रूपमा आफुले पाएको बताउदै शिक्षाको गुणस्तर वृद्धिका लागि सबै क्षेत्रले हातेमालो गर्नु...
क्यान महासघ सिन्धुपाल्चोक को १४ औं साधरण सभा सम्पन्न

क्यान महासघ सिन्धुपाल्चोक को १४ औं साधरण सभा सम्पन्न

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
  कम्प्युटर एसोसिएसन नेपाल महासघ , जिल्ला शाखा सिन्धुपाल्चोक को १४ औं साधारणसभा एक समारोहका बिच सम्पन्न भएको छ । चौतारा सागाचोकगढी नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा भएको उक्त साधरण सभाको अबशरमा नगरभरिका माध्यामिक बिध्यालय हरुलाई आइटी क्लब र यसको महत्व विषयक अभिमुखिकरण कार्यक्रम समेत गरिएको थियो । चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख सापकोटा को प्रमुख आतिथ्यता तथा क्यान महासघ केन्द्रका का उपाध्यक्ष शेखरनाथ दुलालको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।  क्यान महासंघ सिन्धुपाल्चोकका अध्यक्ष दिपक थापाको सभापतित्वमा भएको कार्यक्रममा नगर स्तरिय आइ टी क्लब समेत गठन गरिएको छ । कार्यक्रममा सस्थाका सहसचिब सुभाष कुँबरले कार्यक्रमका बारेमा जानकारी दिनु भएको थियो भने कोषाध्यक्ष सुभाष श्रेष्ठले आयब्यय बिबरण प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा नगर शिक्षा...

प्रधानमन्त्रीद्वारा अन्तरनिर्वाचन क्षेत्र मतदानको सम्भावनाबारे छलफल

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
काठमाडौँ, २७ कात्तिकः प्रधानमन्त्री सुशीला कार्कीले अन्तरनिर्वाचन क्षेत्रमा मतदानको व्यवस्था आवश्यक रहेको बताउनुभएको छ ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा उहाँले सरोकारवालासँग अन्तरनिर्वाचन क्षेत्र र विदेशमा रहेका नागरिकका लागि मतदानको व्यवस्थाको सम्भाव्यताका सम्बन्धमा छलफल गर्नुभएको हो । प्रधानमन्त्री कार्कीले भन्नुभयो, “मतदाता ओसार्नुपर्ने बाध्यताले उम्मेदवार र दलहरूमाथि आर्थिक भार निकै ठूलो परिरहेको र त्यसले भ्रष्टाचारलगायत अरु बेथिति पनि देखापरेको छ, यसका लागि एउटा सुदृढ कदम चाल्नुपर्ने आवश्यकता छ ।”पुरानै तरिकाको निर्वाचन गर्ने हो भने त जेनजी आन्दोलन गर्नुको कुनै अर्थ नहुने उल्लेख गर्दै उहाँले एउटा सन्देशयुक्त काम गर्न आवश्यक रहेको बताउनुभयो ।“भोलिका लागि पनि प्रणाली स्थापित गरौँ, हामीले गर्न खोजेको पहलमा राजनीतिक तहको समझदारी पनि हुनुपर्छ”, उहाँले भन्नुभयो, ...

प्रहरीको मनोबल बढाउँदै जनअपेक्षा पूरा गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीको प्रतिबद्धता

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, २७ कात्तिक : नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीको मनोबल बढाउँदै सरकार र आमजनसमुदायको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गृह मन्त्रालयमा आज आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षको दज्र्यानी चिह्न लगाएपछि सङ्क्षिप्त मन्तव्य राख्दै उहाँले सङ्गठनमा सुदृढ नेतृत्व र सामूहिकता प्रदर्शन गरिने बताउनुभयो । “अपराध र सुरक्षा चुनौतीहरुका पारस्पिरिक प्रवृत्तिमा भएको परिवर्तन, सूचना प्रविधिको द्रूततर विकास र सुशासनको जनअपेक्षाअनुरुपको उच्च मनोबलयुक्त प्रहरी चरित्र र क्षमता निर्माण गरी प्रभावकारी सेवा प्रवाह गर्नु सरकार र प्रहरी सङ्गठनको साझा दायित्व हो”, प्रहरी महानिरीक्षक कार्कीले भन्नुभयो । जेनजी आन्दोलनलगत्तैको सुरक्षा प्रतिकुलतामा पनि कुनै सुरक्षा रिक्तता हुन नदिई तत्काल नागरिकको सेवामा परिचालित भएको जानकारी गराराउँदै उहाँले छोटो समयमा प्रहरीक...

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
राँझा (बाँके), २७ कात्तिकः नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रम धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ । हडियाबाबाको पुण्यस्मृति दिवसका अवसरमा प्रत्येक वर्ष सञ्चालन हुने मेलामा नेपालको विभिन्न जिल्लाका साथै भारतबाट समेत सयाँै साधुसन्तको सहभागिता हुने गरेको छ । चिसो मौसमको बेवास्ता गर्दै साधुसन्त दिनरात हडियाबाबा मन्दिर परिसरको खुल्ला बगैँचामा बिताएका छन् । हडियाबाबाको ६०औँ पुण्यस्मृति दिवसका अवसरमा मन्दिरमा यही कात्तिक २१ गतेदेखि सुरु भएको छदिने हडियाबाबा धार्मिक मेलामा नेपाल र भारतका विभिन्न स्थानबाट ७०० भन्दा बढी साधु तथा सन्त उपस्थित भएका हडियाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल वैश्यले जानाकारी दिनुभयो । “रातको समयमा पनि साधुसन्तहरु मन्दिर परिसरमा आगो तापेर भजनकीर्तनमा रमाउने गर्नुहुन्छ”, अध्यक्ष वैश्यले भन्नुभयो, “मेलामा प्रत्येक दिन उपस्थित सा...

स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, स्वास्थ्य
आर्थिक वर्ष २०८१÷०८२ मा जिल्लाभर सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा जिल्ला समन्वय समितिको सभा हलमा आयोजित उक्त कार्यक्रममा जिल्लाका सबै स्थानीय तहले आफ्नो–आफ्नो क्षेत्रका उपलब्धि, नवीनतम पहल, समस्या र सिकाइका विषयमा प्रस्तुति दिएका थिए । कार्यक्रममा उत्कृष्ट काम गरेका पालिकामध्ये पाँचपोखरी थाङपाल गाउँपालिका पहिलो, चौतारा साँगाचोकगढी नगरपालिका र सुनकोशी गाउँपालिका दोस्रो तथा त्रिपुरासुन्दरी गाउँपालिका तेस्रो भउको जनस्वास्थ्य कार्यालय प्रमुख दुर्गा बजगाईको भनाई छ । समीक्षात्मक कार्यक्रममा हेलम्बु गाउँपालिकाले जिरो होम डेलिभरी तथा नसर्ने रोग रोकथाम कार्यक्रम, सुनकोशी गाउँपालिकाले स्वस्थ बच्चा प्रतिस्पर्धा तथा स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली, त्रिपुरा सुन्दरी गाउँपालिकाले महामारी रोग नियन्त्रण कार्य...

योजना तथा नीतिहरू आवश्यकताअनुसार संशोधन गर्न सकिने ,नगर प्रमुख आइतमान तामाङ

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
मेलम्ची, २०७८ कात्तिक — मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले नगरले सञ्चालन गरेका योजना तथा नीतिहरू आवश्यकताअनुसार संशोधन गर्न सकिने बताएका छन्। आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा कार्यक्रममा बोल्दै उहाँले योजनाका कामहरू प्रभावकारी, गुणस्तरीय र समयमै सम्पन्न गर्न सबै सरोकारवालालाई आग्रह गर्नुभयो। उहाँका अनुसार समृद्ध नगर निर्माणको अभियानमा सबैको एकताबद्ध सहयोग अपरिहार्य रहेको बताउनु भयो । कार्यक्रममा उप–प्रमुख उमा प्रधानले नगरका योजनाको अनुगमन पक्षलाई व्यवस्थित ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नगरले सञ्चालन गर्ने कार्यक्रमहरू दिगो र उपलब्धिमूलक हुनुपर्नेमा जोड दिनुभयो। त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले अघिल्लो आर्थिक वर्षमा नगरले सम्पादन गरेका कार्य, उपलब्धि, समस्या र समाधानका विषयमा विस्तृत प्रस्तुतीकरण गर्नुभयो। कार्यक्रममा वडा नं. २ का वड...

एमालेद्वारा मुलुकका ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम सञ्चालन

ब्रेकिङ न्युज १, राजनिती, समाचार
विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी एमालेले मुलुकका ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम सञ्चालन गरेको छ । पालिकाहरुमा स्थानीय नेता तथा कार्यकर्ताको उपस्थितिमा प्रदर्शन गरी कोणसभा गर्ने एमालेको कार्यक्रम रहेको छ । सो पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले संविधान र लोकतन्त्रको रक्षार्थ बिहानदेखि सबै पालिकास्तरमा प्रदर्शन तथा र्यालीको आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार यही कात्तिक २२ गते देशका छ हजार ७४३ वटै वडामा वडा भेला सम्पन्न भइसकेका छन् । यही कात्तिक २९ गते जिल्लास्तर र आगामी मङ्सिर ६ गते काठमाडौँमा जनप्रदर्शन गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो ।...
उकालोमा ब्रेक फेल भएको गाडी जस्तै हो बर्तामान सरकार माधव सापकोटा

उकालोमा ब्रेक फेल भएको गाडी जस्तै हो बर्तामान सरकार माधव सापकोटा

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
निवर्तमान सांसद तथा नब गठीत नेपाली कम्युनिष्ट पाटीका माधव सापकोटा सुवोधले बर्तमान सरकार उकालोमा जाँदै गरेको लोड गाडीमा ओत हालेर अड्केको सरह भएको बताउँनु भएको छ । बर्तमान उकालोमा रहेको गाडीको ब्रेक सही ढङ्गबाट बनाएर अगाडी बढाउँन सके सफलतामा पुगीने बताउँदै समयमा बे्रक नबनाए वा बनाइएको ब्रेकले काम नगरे ठुलो दुर्घटना हुने उक्त दुर्घटना कसैले पनी रोक्न नसक्ने बताउँनु भयो । बर्तमान सरकारको पनी हालत यही हो भन्नु भयो । उँहाले हालको जेनजी आन्दोलनलाई विध्वंस नभई सुधारको चेतना र राजनीतिक रूपान्तरणको आवश्यकताका भएको हाफुहरुले महशुस गरेको बताउँनु भयो । नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोक शाखामा आयोजीत पत्रकार भेटघाट कार्यक्रममा विभिन्न समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा राख्ने क्रममा “जेनजी आन्दोलनलाई एउटा क्रान्तिका रूपमा सबै दलले स्वीकार्नुपर्छ , यो विध्वंस होइन, घुसपैठ र कुशासनविरुद्धको जनचेतना हो...