सम्पर्क

राजनिती

सदरमुकाम चौतारामा मिडिया हाउस स्थापना

सदरमुकाम चौतारामा मिडिया हाउस स्थापना

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
चौतारा । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको आग्रहमा निर्वाचन आयोगले सदरमुकाम चौतारामा मिडिया हाउस स्थापना गरेको छ । आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ को सहज रिपोर्टिङको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले माघ १४ गते मिडिया हाउस स्थापना गरेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयसँगै रहेको मिडिया हाउसमा झण्डै ३० सञ्चारकर्मी सँगै बसेर काम गर्न सक्ने छन् ।मिडिया हाउसमा इन्टरनेट, टेबुल र कुर्शीको व्यवस्था गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयको नजिक बसेर काम गर्दा सही सूचना प्रवाह हुने निर्वाचन क्षेत्र नं. १ का सहायक मतदान अधिकृत हेमा पाण्डेले बताउनु भयो । आजैदेखि जिल्लाका सञ्चारकर्मीहरुले मिडिया हाउसमा बसेर काम गर्न सक्ने छन् ।खास गरी मतदानको दिनदेखि मतगणना सम्पन्न नभएसम्मको समयको रिपोर्टिङ गर्न मिडिया हाउसले सञ्चारकर्मीहरुलाई लाभ दिने विश्वास महासंघ ज...
पाँचपोखरी थाङपाल गाउँपालिकाको १८औँ गाउँसभा सम्पन्न

पाँचपोखरी थाङपाल गाउँपालिकाको १८औँ गाउँसभा सम्पन्न

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको १८औँ गाउँसभा बुधबार सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष टासी लामा, उपाध्यक्ष सुनिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइकेल, वडाअध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य, कर्मचारी लगायतको उपस्थितमा गाउँसभा सम्पन्न भएको हो । गाउँसभाबाट विभिन्न विधेयक तथा नियमावलीहरू पारित गरिएको गाउँपालिका प्रबक्ता नारायण भट्टराईले जानकारी दिनुभयो ।...
सिन्धुपाल्चोक–२ ः घरदैलोमा उम्मेदवार, विकास निर्माणको एजेन्डा

सिन्धुपाल्चोक–२ ः घरदैलोमा उम्मेदवार, विकास निर्माणको एजेन्डा

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवारहरू घरदैलो र गाउँस्तरका भेटघाटमार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्ने तयारीमा छन्। उनीहरूको मुख्य एजेन्डा भनेको स्थानीय विकास र रोजगारी सिर्जना हो । सिन्धुपाल्चोकमा दुई प्रतिनिधि सभा क्षेत्रका लागि १५ राजनीतिक दलका उम्मेदवार र तीन स्वतन्त्र उम्मेदवारसहित कुल ३६ जना मनोनयन दर्ता गरिसकेका छन् । यस वर्षको चुनावी मैदानमा दोहोरिएका उम्मेदवार र नयाँ अनुहार दुवै देखिएका छन् । पुराना एमालेका उम्मेदवार शेरबहादुर तामाङले ग्रामीण सडक स्तरोन्नति, पक्की पुल निर्माण, खानेपानी आयोजना विस्तार, सिँचाइ सुविधा र शिक्षा–स्वास्थ्यका अधुरा काम पूरा गर्ने योजना अघि सार्नुभएको छ । तामाङ भन्नुहुन्छ “हामीले अघि बढाएका विकासका कामलाई निरन्तरता दिनु हाम्रो मुख्य प्राथमिकता हो । गाउँलेलाई प्रत्यक्ष असर पर्...
सिन्धुपाल्चोक–२ मा १८ उम्मेदवारः शिक्षादेखि अनुभवसम्मको चुनावी चित्र

सिन्धुपाल्चोक–२ मा १८ उम्मेदवारः शिक्षादेखि अनुभवसम्मको चुनावी चित्र

Uncategorized, कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
रुपक पुरी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ को चुनावी माहोल तातिँदै गएको छ । गाउँ–बस्ती, चिया पसल र चौतारीमा उम्मेदवारका नामसँगै उहाँहरूको पृष्ठभूमि र क्षमताबारे चर्चा चल्न थालेको छ । यसपटक यहाँ १८ जना उम्मेदवार मैदानमा उत्रिएका छन्, जसले चुनावलाई बहुपक्षीय र प्रतिस्पर्धात्मक बनाएको छ । निर्वाचन आयोगका अनुसार सिन्धुपाल्चोक–२ बाट १५ जना विभिन्न राजनीतिक दलका तर्फबाट र तीन जना स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी दौडमा रहनु भएको छ । उम्मेदवारी दर्ता र निर्वाचन चिह्न पाएपछि सबै उम्मेदवार मतदाता भेटघाट र प्रचारप्रसारमा व्यस्त रहनु भएको छ । आयोगले सार्वजनिक गरेको व्यक्तिगत विवरणले उम्मेदवारहरूको शैक्षिक र सामाजिक पृष्ठभूमि उजागर गरेको छ । यस सूचीमा एसएलसीदेखि पीएचडीसम्मका शैक्षिक योग्यता भएका उम्मेदवार छन् । केही उम्मेदवार गाउँकै जनजी...
मेलम्चीमा ३ दिने CoPoMIS तालिम सुरु

मेलम्चीमा ३ दिने CoPoMIS तालिम सुरु

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
देबराज सुबेदी,मेलम्ची नगरपालिका आयोजनामा नगरभित्र सञ्चालनमा रहेका सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीहरूका लागि सहकारिता तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (CoPoMIS) सम्बन्धी तीन दिने आवासीय तालिमको सुरु भएको छ । मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानले उद्घाटन गर्नुभएको तालिममा प्रशासकीय अधिकृत झपेन्द्रराज खरेल लगायतको उपस्थिति रहेको थियो। तालिममा मेलम्ची नगरपालिका अन्तर्गत सञ्चालनमा रहेका विभिन्न सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारी गरी जम्मा २७ जना सहभागी रहेका छन्। तीन दिनसम्म सञ्चालन हुने यस तालिममा सहकारी ऐन, नियमावली, सहकारी सुशासन, CoPoMIS प्रणालीमार्फत तथ्यांक प्रविष्टि तथा व्यवस्थापनका विषयमा व्यावहारिक ज्ञान प्रदान गरिनेछ। तालिमका प्रशिक्षक नविन मैनाली रहनुभएको छ। नगरपालिकाले सहकारी क्षेत्रको क्षमता विकास, सुशासन र प्रविधिमैत्री व्यवस्थापनलाई प्रवर्द्धन गर्ने उद्देश...
बिपदजोखिम न्युनिकरण तथा व्यवस्थापनका सम्बन्धमा सञ्चारकर्मि अन्तरक्रिया

बिपदजोखिम न्युनिकरण तथा व्यवस्थापनका सम्बन्धमा सञ्चारकर्मि अन्तरक्रिया

खानेपानी, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
बिपद जोखिम न्युनिकरण तथा व्यवस्थापन का सम्बन्धमा सञ्चारकर्मि हरु सँग प्रतिबद्द नेपालको अन्तरक्रिया कार्यक्रम नेपाल पत्रकार महासघको सभाहलमा आइतबार भएको छ । सभाहलमा भएको कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष ध्रुब दङ्गालले बिपदमा सिन्धुपाल्चोकको पत्रकरहरु जोखिमम रहेका बताउनु भयो । उहाले पत्रकरहरुलाई तालिमको व्यवसथा गर्न पर्नेमा जोड दिनु भयो। नेपाल पत्रकार महासंघ जिल्ल शाखा सिन्धुुपाल्चोकको शाखा कार्यलयको आयोजना र सामुदायिक आत्मनिर्भर सेवाकेन्द्र प्रतिवद्व ३ परियोजनाको सहयोगमा विपद व्यवस्थापन सम्बन्धमा सञ्चारकर्मीहरुसंग कार्यशाला गोष्ठी गरिएको हो । विपदको पूर्व तयारी, पूर्व कार्य प्रति कार्य, पुननिर्माण तथा पुर्नस्थापनाका क्षेत्रमा सञ्चार माध्यमबाट भएका कार्यहरुका बारेमा नेपाल पत्रकार महासघका उपाध्यक्ष कमला पाख्रीनले बिपदका समयमा आफुलाइ परेको समस्याका बारेमा जानकार...
राष्ट्रिय सभा निर्वाचनमा काँग्रेस एमाले र लोसपाको बिजय काँग्रेस पहीलो

राष्ट्रिय सभा निर्वाचनमा काँग्रेस एमाले र लोसपाको बिजय काँग्रेस पहीलो

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
  आइतबार भएको राष्ट्रिय सभा निर्वाचनमा नेपाली काँग्रेस पहीलो दल भएको छ । राष्ट्रिय सभामा सबैभन्दा धेरै सिट ल्याएर कांग्रेस पहिलो दल बनेको हो। आगामी फागुन २० मा कार्यकाल सकिन लागेका १९ मध्ये १८ पदका लागि आइतबार निर्वाचन भएको थियो । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले तालमेल गरेको थियो । राष्ट्रिय सभामा अब कांग्रेसका २४, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १७, एमालको ११, जसपाका दुई र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका एकजना गरी ५४ जना रहनु भएको छ । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख एवं पदाधिकारी मतदाता हुन्छन् । सात वटै प्रदेशमा ५५० प्रदेश सभा सदस्य छन् । ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी स्थानीय तहका पदाधिकारीतर्फ मात्रै एक हजार ५०६ मतदाता रहन्छन् । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको कार्यकाल...

सामाजिक सञ्जालमा भ्रम फैलाउनेविरुद्ध कारबाही गर्न आदेश कुर्नु पर्दैन’

खेलकुद, जिबनशैली, बिजनेस, राजनिती, विचार, समाचार
काठमाडौँ, ११ माघः गृहमन्त्री ओमप्रकाश अर्यालले ‘सामाजिक सञ्जालबाट भ्रम फैलाउनेविरुद्ध कारबाही गर्न आदेश कुर्नु नपर्ने बताउनुभएको छ । भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोमा पुगेर आज उहाँले त्यहाँ कार्यरत प्रहरी कर्मचारीलाई कानुनविपरीत गतिविधि गर्ने जोसुकैलाई कारबाहीको दायरामा ल्याउन उच्च अधिकारी वा निकायको आदेशको प्रतीक्षा गर्नु नपर्ने बताउनुभयो । गृहमन्त्री अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मर्यादित रूपमा सम्पन्न गर्न साइबर ब्युरोले सामाजिक सञ्जालमार्फत हुनसक्ने अमर्यादित तथा कानुनले वर्जित गरेका तथ्यहीन र भ्रामक समाचार तथा सूचनाको सूक्ष्म ढङ्गले अनुगमन गर्न निर्देशन दिनुभयो । साथै उहाँले मिथ्या सूचना प्रवाह गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो । निर्वाचनलाई दृष्टिगत गरी ब्युरोलाई अझ सक्रिय हुन गृहमन्त्रीले आग्रह गर्नुभयो । -रासस...
राष्ट्रियसभाको १७ सदस्यका लागि सातै प्रदेशमा मतदान सुरु

राष्ट्रियसभाको १७ सदस्यका लागि सातै प्रदेशमा मतदान सुरु

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, ११ माघ : राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान सुरु भएको छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७ सिट (सदस्य) रिक्त रहेको छ । यसका लागि बिहान ९ः०० बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । मतदान आज दिउँसो ३ः०० बजेसम्म जारी रहने आयोगका प्रवक्ता नरायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । रिक्त हुने १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको थियो । बाँकी १७ पदका लागि आज निर्वाचन हुनलागेको हो । कोशी प्रदेशका खस आर्यतर्पmका उम्मेदवार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको थियो । बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका राजधानीस्थित तोकिएको मतदानस्थल तथा मतदान केन्द्रमा मतदान सुरु भएको हो । कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगर...
वरिष्ठ पत्रकार देवकोटालाई सशस्त्र प्रहरी महानिरीक्षक प्रशम्सा सम्मान

वरिष्ठ पत्रकार देवकोटालाई सशस्त्र प्रहरी महानिरीक्षक प्रशम्सा सम्मान

खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य
 काठमाडौं । विगत तीन दशक बढी समयदेखि पत्रकारितामा क्रियाशील वरिष्ठ पत्रकार ताराचन्द्र देवकोटा सशस्त्र प्रहरी महानिरीक्षक प्रशम्सा सम्मानद्वारा सम्मानित हुनुभएको छ ।   प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारलगायत थुप्रै पेशागत पुरस्कार र सम्मान प्राप्त वरिष्ठ पत्रकार देवकोटा २५ औं सशस्त्र प्रहरी दिवस (रजत महोत्सव) का अवसरमा सशस्त्र प्रहरी बल, नेपाल मुख्यालयमा आयोजित विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट सशस्त्र प्रहरी महानिरीक्षक प्रशम्सा सम्मानद्वारा सम्मानित हुनुभएको हो । वरिष्ठ पत्रकार देवकोटालाई प्रदान गरिएको सशस्त्र प्रहरी महानिरीक्षक प्रशम्सा सम्मानमा सशस्त्र प्रहरी बल, नेपालले गरेका काम-कारबाहीबारे पत्रकारिताको माध्यमबाट जनतामा खबर सम्प्रेषण गरी संगठनको छ्वी उच्च बनाउने कार्यमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले भविष्...