सम्पर्क

जुगल बोर्डिङ स्कुल ले मनायो आफनो ३६ औँ वार्षिक उत्सव

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकामा ५मा रहेको जिल्लाको पहीचान बोकेको जुगल बोर्डिङ हाइस्कुलले आफ्नो ३६ औँ वार्षिक उत्सव एक समारोहका बिच मङ्गलबार सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आरबी कटुवालको प्रमुख अतिथ्यतामा र तथा चौतारा साँगाचोकगढी नगरपालिका–५ का वडा अध्यक्ष शिव श्रेष्ठको बिशेष आतिथ्यता सम्पन्न समारोहमा नेशनल इन्टरनेसनल एकेडेमीका महासचिव, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा सञ्चारकर्मीहरू लगाएत बिभिन्न व्यक्तीहरुको उपस्थिती रहेको थियो । सिन्धुपाल्चोककी चर्चित चेली गंगा सोनामको विशेष प्रस्तुतीले कार्यक्रमलाई अझ उत्सवमय, रमाइलो र स्मरणीय बनाएको थियो । कार्यक्रममा बिद्यालयका प्रअ ओम प्रकास उप्रेतीले जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी, शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य सहभागिताबीच सम्पन्न उक्त कार्यक्रमले विद्यालय र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको बताउँनु भयो । उँहाले विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासन, नवप्रवद्र्धन तथा संस्कारयुक्त वातावरणमार्फत आफूलाई जिल्लाकै प्रतिष्ठित तथा उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्न सफल भएको मा खुशी व्यक्त गर्दै यसका लागी सबैको सहयोग रहेको बताउँनु भयो । चौतारा बजारको विच भागमा पर्ने उक्त विद्यालयमा शिषु कक्षा देखी १० कक्षा सम्म अध्यापन हुदै आईरहेको र हाल ७ सय हाराहारीमा शैक्षिक वर्षमा भर्ना भई अध्ययन गरिरहेको बताउँनु हुँदै उप्रेतीले १ सय भन्दा बढी विद्यार्थीहरु आवासिय रुपमा अध्ययन गर्दै आईरहेको समेत सो अबशरमा जानकारी दिनु भयो ।वार्षिक उत्सवको अवसरमा शैक्षिक, अनुशासन, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। विद्यालयको शैक्षिक उन्नति, प्रभावकारी व्यवस्थापन तथा समाजप्रतिको सकारात्मक योगदानको कदर गर्दै विशिष्ट व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो। जुगल शिक्षा सम्मानवाट प्रगती अंग्रेजी बोर्डिङ मेलम्चीका प्रिन्सीपल ऋषि नेपाल , पुर्व विद्यार्थी एवं चौतारा अस्पलालका डाक्टर कृषा थापा, नेपाल आईडल सिजन २ का विजेता कलाकार गंगा सोनाम , नवउदयमान कलाकार चौतारा ५ निवासी रोशन श्रेष्ठलाई सम्मान गरिएको हो ।विद्यार्थीहरूले तयार पारेका नवीन योजना, परियोजना, प्रयोगात्मक नमुना तथा सिर्जनात्मक अवधारणासहितको विज्ञान प्रदर्शनी कार्यक्रमको मुख्य आकर्षण बनेको थियो। उक्त प्रदर्शनीले विद्यालय पाठ्यपुस्तकमा मात्र सीमित नभई व्यवहारिक, प्रयोगात्मक तथा प्रविधिमैत्री शिक्षामा अग्रसर रहेको सन्देश दिएको छ। त्यसैगरी विद्यार्थीहरूले प्रस्तुत गरेका आकर्षक सांस्कृतिक कार्यक्रमले उपस्थित अतिथिहरूलाई उत्साहित बनाएको थियो।कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक ओमप्रकाश उप्रेतीले गर्नुभएको थियो।