जन्मदिनलाई सत्कर्ममा जोडौँ अभियान अन्तर्गत आज अभियानका केन्द्रिय संयोजक गोबिन्द चौलागाइको जन्म दिनका दिन रौतहट जिल्लाको चादिखोला नजिक निर्माणाधीन रहेकोे जन्मोत्सव पार्कमा बृक्ष रोपेर जन्मोत्सव मानाइएको छ । जन्म दिनको अबशरमा केन्द्रिय संयोजक बृक्ष रोप्न पुग्दा चुनावी अभियानमा उमेदवार बन्नु भएका सञ्चार कर्मी ऋृषि धमला चौलागाइलाइ शुभकामना दिनका लागी पार्कमै पुगेर बृक्ष रोपणमा सहभागी हुनु भएको थियो । सो हबशरमा चौलागाइलाइ शुभकामना दिदै धमला सहित सहभागी सबै मिलेर अभियानलाई ऐक्यवद्धता जनाउदै बृक्षरोपण गरिएको छ ।
जन्म दिनलाइ सत्कर्ममा जोडौ कार्यक्रम अन्तरगत स्थानीय गुरु हिरामणी सुवेदी मिरा कार्की थापा ,संचारकर्मी हरू कार्यक्रम संयोजक श्याम श्रेष्ठ जुडिबेला सरसफाइ अभियानका संयोजक बिबेक चौधरी लगाएतले ,साइकल र्याली समेत गरी जन्मदिनलाइ सत्कर्ममा जोडौ अभियानमामा ऐक्यवद्धता जनाएका छन । चन्द्रपुर १० वटै वडाका युवाहरु सहीत प्रकाश चौलागाईं सुवर्ण चौलागाईं,सिन्दुरेघारी टोल सस्थाका अध्यक्ष राम त्रिपाटी सहित सहभागी भएर शुभकामना दिदै बिरुुवा रोपीएको थियो । जन्मदिनको अबशरमा शुभकामना दिनु हुने तथा बृक्षरोपणमा सहभागी हुनुहुनेलाइ संयोजक गोबन्धि चौलागाइले बिशेष धन्यबाद सहीत आभार ब्यक्त गर्नु भएको छ ।
