by लोकप्रिय समाचार
पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबाहक बस धादिङको बेनीमा दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाउनु परेको र केही अन्य घाइते भएको अत्यन्तै दुखद घटना घट्यो। यस दुर्घटनामा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दछु। 
२०८१ साल असार २८ गते यही सडकखण्डको सिमताल क्षेत्रमा बाढीसँगै बस नै बेपत्ता हुने गरी भयानक घटना घटेको थियो। एक दशकको अवधिमा मात्रै यस मार्गमा हजारौं दुर्घटनाहरू भइसकेका छन्।

२०८१ साल असार २८ गते यही सडकखण्डको सिमताल क्षेत्रमा बाढीसँगै बस नै बेपत्ता हुने गरी भयानक घटना घटेको थियो। एक दशकको अवधिमा मात्रै यस मार्गमा हजारौं दुर्घटनाहरू भइसकेका छन्।
के यी सबै घटनाहरू संयोग मात्र हुन् त? यदि नेपाललाई एउटा मानव शरीरसँग तुलना गर्ने हो भने काठमाडौं उपत्यका त्यसको मुटु हो। मुटुसम्म रगत र पोषण पुर्याउने शिरा–धमनीहरू जस्तै देशका विभिन्न राजमार्ग र सडक सञ्जालहरु नै हुन्।
जब शिरा–धमनीहरूमा अनावश्यक चाप पर्छ वा ती कमजोर हुन्छन्, तब हृदयघात र मस्तिस्कघात जस्ता खतरनाक समस्याहरु हुन्छन ।
ठीक त्यस्तै अवस्था नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्डमा देखिएको छ। शरिरको अर्को महत्वपूर्ण अंग मस्तिष्क हो , भने देशको मस्तिस्क कर्णाली हो कर्णाली को सम्पुर्ण ठाँउहरु जोड्ने काम कर्णाली राजमार्ग ले गर्दछ । कर्णाली राजमार्ग मा पनि बारम्बार सडक दुर्घटनाहरू भईरहेका छन जुन मस्तिष्कघातजस्तै हुन्, जसका कारण हजारौं मानिसहरूले अकालमै ज्यान गुमाइसकेका छन्।
यी हरेक दुर्घटनाका मुख्य जिम्मेवार राज्य व्यवस्था नै हो। जस्का केही कारणहरू निम्न छन्: 1) स्वस्थ शरीरका लागि पोषिलो आहार र नियमित व्यायाम आवश्यक हुन्छ , तर राज्यले विगतदेखि हालसम्म दीर्घकालीन पूर्वाधार सुधारभन्दा पनि तात्कालिक स्वार्थ र विलासितामा बढी ध्यान दिएको छ।
2) आफ्नै संरचना सुदृढ पार्नुपर्ने ठाउँमा विदेशी प्रभाव र आयातित मोडेलमा निर्भर भई मौलिक समाधानतर्फ ध्यान नदिइएको देखिन्छ।
3) सडक जस्ता जीवनरेखा पूर्वाधारलाई सुरक्षित, फराकिलो र व्यवस्थित बनाउनुपर्ने अवस्थामा राज्यको मुख्य प्राथमिकताका भ्युटावर रहेको ।
4) उपत्यका र वरपरका क्षेत्रबाहेक कर्णाली, सुदूरपश्चिम लगायतका दुर्गम क्षेत्रलाई सधैं उपेक्षित दृष्टिले हेर्ने प्रवृत्तिले असमान विकासलाई प्रथामिकता दिईरहेको छ ।
* यस्ता दुखद घटनाहरू दोहोरिन नदिन चेतना र विवेक को एक विद्रोह आवश्यक छ , जस्ले राज्यसत्ता लाई पहुँच र स्वार्थभन्दा माथि उठेर आवश्यकताको आधारमा स्रोत परिचालन गर्न सक्षम बनाओस । नीति निर्माण गर्ने स्थानमा पुगेका हरेक व्यक्तिमा संवेदनशीलता र दूरदृष्टि जागोस्। हामीले आफ्ना दाजुभाइ–दिदीबहिनीहरूलाई अकालमै “हृदयघात” र “मस्तिष्कघात” जस्ता सडक दुर्घटनाबाट गुमाइरहनु नपरोस्। सुरक्षित सडक, समान विकास र जिम्मेवार शासन नै यसको स्थायी समाधान हो ….।-लेखक ज्ञानेन्द्र बडुवाल हाल बनदेबी पोली क्लनिकि चौतारामा कार्यरत हुनुहुन्छ
