सम्पर्क

राजनिती

माओवादी वाग्मती प्रदेशमा सहमती नभएपछी निर्वाचन हुँदै

ब्रेकिङ न्युज २, राजनिती
सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्र वाग्मती प्रदेशको अध्यक्षसहित पदाधिकारी निर्वाचन प्रक्रियाबाट चुनिने भएको छ । जसमा सबै प्रतिनिधिले भोट हाल्न भने पाउनेछैनन् । कार्यसमिति सदस्यले मात्रै मतदानमा सहभागी जनाउन पाउने नेकपा माओवादी केन्द्र बागमती प्रदेश निर्वाचन कमिटीका सदस्य डीबी तामाङले जानकारी दिनुभयो । अन्तिम सहमतिका लागि अनुपम फुडल्याण्ड बत्तीसपुतलीमा बैठक गरिएको थियो । सो बैठकलेसमेत सहमति जुटाउन नसकेपछि नेतृत्वका लागि निर्वाचन गर्नुपर्ने भएको हो । वाग्मतीको अध्यक्षका लागि सिन्धुपाल्चोकका सरलसहयात्री पौडेल, काभ्रेका दीनानाथ गौतम बीच प्रतिष्पर्धा हुने देखिएको छ । अध्यक्षका दाबेदार भक्तपुरका डिपी ढकालले सरल सहयात्रीलाई समर्थन गरेर ब्याक हट्नुभएको छ । अर्का दाबेदार विदुर खड्का कोषाध्यक्षमा उम्मेदवार बन्ने बताउनुभएको छ । उहाँहरूले छाडेसँगै सरल र दिनानाथबीच चुनाव हुने पक्कापक्की ...

सिन्धुपाल्चोकका दुई नेता बागमती प्रदेशको सह–इञ्चार्ज

ब्रेकिङ न्युज १, राजनिती
सिन्धुपाल्चोकका दुई नेताहरुले नेकपा एमाले बागमती प्रदेश सह–ईन्चार्जको जिम्मेवारी पाउनुभएको छ । सह –ईन्चार्जको जिम्मेवारी पाउनेहरुमा शेरबहादुर तामाङ र अरुण नेपाल रहनुभएको छ । मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय सार्वजनिक गर्दै जारी गरिएको अन्तरपार्टी निर्देशन अनुसार स्थायी कमिटी समेत रहेका तामाङले बागमती प्रदेश सह–इञ्चार्जको साथै सिन्धुपाल्चोक इन्चार्जको समेत जिम्मेवारी पाउनुभएको छ । बागमती प्रदेश सहइन्चार्ज पाएका नेता पोलिटब्युरो सदस्य समेत हुनुहुन्छ । यसैगरी सिन्धुपाल्चोक जिल्ला सह–इञ्चार्जमा दावा तामाङ र सरेश नेपाललाई जिम्मेवारी तोकिएको छ । तामाङ पूर्वमाओवादी धारका नेता हुनुहुन्छ ।...

माओबादीको बुद्धीजिबी संगठनमा खड्का

राजनिती, समाचार
नेकपा माओवादी केन्द्र निकट नेपाल बुद्धिजीवी संगठन, सिन्धुपाल्चोकको प्रथम जिल्ला सम्मेलनबाट अध्यक्ष पदमा गोपाल खड्का चयन हुनुभएको छ। बुधबार चौतारामा सम्पन्न सम्मेलनले अध्यक्षमा खड्का सहित २३ सदस्यीय जिल्ला समिति गठन गरेको हो । नेकपा माओवादी केन्द्र, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका संयोजक गोविन्द पराजुलीको प्रमुख आतिथ्यतामा र चौतारा साँगाचोकगढी नगरपालीकाका प्रमुख अमानसिंह तामागं लगाएतका माओबादी नेताहरुको उपस्थितीमा भएको सम्मेलनले उपाध्यक्षमा रामप्रसाद सापकोटा , शंकरप्रसाद पराजुली , रुद्रलोचन नेपाल, सचिवमा बुद्धिप्रसाद आचार्य , सहसचिव मिङमार तामाङ र कोषाध्यक्ष सृजना थापालाई चयन गरेको छ । यस्तै समितिको सदस्यहरुमा रमेश गौतम, हिरामाया गिरी, शुक्रप्रसाद आचार्य , गणेशप्रसाद कोइराला , ज्ञानेन्द्र नेपाल, अप्सरा नेपाल, बसन्त भण्डारी निमा तामाङ , बुद्धिबहादुर तामाङ , तेजबहादुर तामाङ , रामकृष्...

काँग्रेस नेता राजु गोर्खलीद्वारा न्यानो कपडा वितरण

ब्रेकिङ न्युज १, राजनिती, समाचार
  नेपाली कांग्रेस सिन्धुपाल्चोक का युवा नेता महाधिवेशन प्रतिनिधि एवम् महासमिति सदस्य राजेन्द्र गोर्खाली(राजु) ले बालबालिका आधरभुत विद्यालय मा न्यानो कपडा वितरण गर्नु भएको छ । कांग्रेस नेता गोर्खालीले सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका–७ को बालबालिका आधरभुत विद्यालय मा अध्ययनरत दलीत असाय तथा न्युन आय भएका नागरिकहरुका बालबालीकालाइ न्यानो कपडा आबश्यक छ भनी माग भइ आएकोले आफुले बिद्यालयमा नै गएर वितरण गरिएको बताउँनु भयो । विद्यालयको प्राङ्गणमा एक औपचारिक कार्यक्रम को विचमा नेताद्वय गोर्खाली र श्रेष्ठले विद्यालयका प्रधानध्यपक इच्छाराम दँगालको उपस्थिति मा विद्यालयमा अध्ययनरत निम्न वर्गीय १२० जना विद्यार्थी लाई उक्त न्यानो कपडा वितरण गरिएको हो । न्यानो कपडा वितरण पछि विद्यालय का प्रधानध्यापक दंगालले सहयोग को लागि धन्यवाद दिदै खुशी व्यक्त गर्नुभयो ।साथै दुवै सहयोगी नेतालाई स...

४६८१ मत गणना : देउवालाई २२५८, कोइरालालाई १७२९मत प्राप्त, कसैकाे बहुमत पुगेन

ब्रेकिङ न्युज १, राजनिती
 नेपाली कांग्रेसको १४औं महाधिवेशनको पदाधिकारी चयनका लागि भएको सभापति पदका उम्मेदवारको जारी मतगणनामा कसैलाइ पनि बहुमत प्राप्त भएन । पछिल्लो विवरण अनुसार जम्मा चार्र हजार ६८१ मतगणनामा शेरबहादुर देउवा २२५८, शेखर कोइराला १७२९ मत प्राप्त भएको छ । प्रकाशमान सिंह ३७१, बिमलेन्द्र निधि २४९, कल्याण गुरुङले २० मत प्राप्त गर्नुभएको छ । मतदानमा ७७ मत बदर भएकाे छ ।...

एक सभापति, एक सहमहामन्त्री सहित ५२ केन्द्रीय सदस्यले लिनुभयो उम्मेदवारी फिर्ता

ब्रेकिङ न्युज २, राजनिती
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापतिमा मनोनयन दर्ता गराउनुभएका युवराज न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । त्यस्तै सह–महामन्त्रीमा मनोनयन दर्ता गराउनुभएका सुरेन्द्रप्रसाद चौधरीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार उम्मेदवारले मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय आज दिउँसो साढे १२ बजेसम्म निर्धारण गरिएको थियो । सभापतिमा एक र सह–महामन्त्रीमा एकसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५२ जनाले आफ्ना नाम फिर्ता लिनुभएको छ । महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको थियो भने चार सय ९९ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको थियो । नाम फिर्ता लिने क्रम समाप्त भएपछि आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने निर्वाचन कार्यक्रम रहेक...

पहिलो चरणमा नै जित हासिल गर्ने डा. शेखरको दावी

ब्रेकिङ न्युज २, राजनिती
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले आफ्नो समूहले पहिलो चरणमा नै जित हासिल गर्ने बताउनुभएको छ । महाधिवेशनमा संस्थापन इत्तर समुहको नेतृत्व गर्दै सभापतिमा उम्म्दवारी दिएका कोइरालाले आइतबार विहान अनुपम फुडल्याण्डमा कार्यकर्ताहरूलाई आफ्नो समुहमा सक्षम र योग्य उम्म्दवार रहेकाले पहिलो चरणमै ५१ प्रतिशत बढि मत ल्याएर जित हासिल हुने बताउनुभएको हो । उहाँले विपीले परिकल्पना गरे जस्तो र शुवर्ण शम्सेर, गणेशमान सिंह, गिरिजा प्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई , शुशिल कोइरालाले सपना देखे अनुसारको पार्टी गर्न आफ्नो टिम सक्षम रहेको दाबी गर्नुभयो । कांग्रेसमा आबश्यक रुपान्तरण गर्न आफ्नो टिम सक्षम रहेकाले पनि आफूहरुको जित सुनिश्चित रहेको बताउनुभएको हो । उहाँले उर्जा र अनुभव सहितको आफ्नो टिम कार्यकर्ताले चाहे जस्तो पार्टी बनाउन सक्षम रहेकाले आफ्नो समूहमा मतदान गर्न उहाँले क...

हेलम्बु गाउँपालिका अध्यक्ष शेर्पा द्धारा केन्द्रिय सदस्यमा मनोनयन दर्ता

राजनिती, समाचार
नेपाली कांग्रेसका नेता एवम् सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले काँग्रेस केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराउनुभएको छ । शनिबार प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा नेता शेर्पाले पार्टी सभापती शेर बहादुर देउवाको प्यानलबाट बागमती प्रदेशको खुलातर्फको केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराउनुभएको हो । नेता शेर्पाले आफूलाई मतदान गरेर केन्द्रीय सदस्य पदमा विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूसँग अपील समेत गर्नुभएको छ । २०६४ सालमै संविधान सभाको प्रत्यासी शेर्पा हेलम्बु गाउँपालिकाको अध्यक्ष निर्वाचित भएदेखिनै विकासको पर्याय बनेर विभिन्न नमुनाका काम गरेर चर्चामा हुनुहुन्छ । गत असार १ र १६ गतेको भिषण बाढीले तहसनहस बनाएको हेलम्बुलाई तत्कालै उचित ब्यवस्थापन गर्न सफल शेर्पा पछिल्लो समय निकै चर्चामा हुनुहुन्छ । नमुना गाउँपालिका बनाउने अभियान चलाएर चर्चामा चुलिएका शेर्...

धादिङका निबर्तमान सभापती धमलाद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

राजनिती, समाचार
नेपाली काँग्रेस धादिङका निवर्तमान सभापति रमेश धमलाले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गर्नुभएको छ। यस अघिको प्रदेश अधिवेशनमा बागमती प्रदेशको सभापतिका दावेदार रहेका धमलाले बागमती प्रदेशबाटै केन्द्रीय सदस्यमा मनोनयन दर्ता गर्नुभएको छ । उहाँको उम्मेदवारी शेखर कोइरालाको टिमबाट रहेको छ । जिल्ला पार्टी सभापतिको रुपमा सफल कार्यकाल सम्पन्न गरेका धमला महाधिवेशन प्रतिनिधिहरुले आफुलाई चुन्नेमा विश्वस्त समेत रहेको बताउनुहुन्छ । धमलाको राजनीतिक जीवनः वि. सं. २०३७ बाट नेपाल विद्यार्थी संघको सदस्यता लिई राजनीतिमा होमिनुभएका उहाँ सोही वर्ष नेविसंघ, अचने मावि धादिङ इकाई अध्यक्ष बन्न सफल हुनुभयो । विद्यार्थीकालमा निकै संघर्षपुर्ण राजनीतिक गरेका उहाँमाथी निकै ठुला ठुला भौतिक आक्रमण समेत भएको थियो । उहाँमाथी भिरबाट गुल्ट्याउनेसम्मको निकै निन्दनीय आक्रमण समेत गरिएको थियो । पन्चायत विरुद्धको आन्दोलनमा नि...

अमृत बोहोरा एमाले सल्लाहकार परिषदको अध्यक्ष चयन

ब्रेकिङ न्युज १, राजनिती
नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद अध्यक्षमा अमृतकुमार बोहोरा चयन हुनुभएको छ । उमेर हदका कारण कार्यकारी भूमिकाबाट यसैपाली बाहरिनुभएका बोहोरालाई सल्लाहकार परिषदको अध्यक्ष बनाइएको हो । एमाले विधान अनुसार सल्लाहकार परिषदको अध्यक्ष पदेन स्थायी कमिटी सदस्य हुने व्यवस्था छ । बोहोरा यसअघि अनुशासन आयोगको अध्यक्ष हुनुहुन्थ्यो । नेकपा एमालेका पहिलो पुस्ताका नेता बोहोरालाई सल्लाहकारको अध्यक्ष बनाइएको सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । बोहोराले केन्द्रीय कमिटी बैठकमै सपथग्रहण समेत गर्नुभएको छ ।...