सम्पर्क

एमाले छाड्नुभएका गाउँपालिका अध्यक्ष कांग्रेस प्रवेश गर्दै

नेकपा एमाले परित्याग गर्नुभएका सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेसमा प्रवेश गर्दै हुनुहुन्छ । क्षेत्रीसहित उहाँका भाइ व्यावसायी कृष्ण क्षेत्री पनि आज कांग्रेस प्रवेश गर्न लाग्नुभएको हो ।

एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको भन्दै क्षेत्रीले चौतारामा पत्रकार सम्मेलन गर्दै केही समयअघि नेकपा एमाले छाडेको घोषणा गर्नुभएको थियो । क्षेत्री एमाले जिल्ला अध्यक्षका दाबेदार हुनुहुन्थ्यो । जिल्ला अध्यक्षमा यसअघिका सचिव कमल नेपाल चुनिएपछि क्षेत्रीले एमाले छाड्ने घोषणा गर्नुभएको हो ।
लामो समयदेखि एमालेका विभिन्न कमिटीमा रहेर काम गर्नुभएका क्षेत्री २०७४ सालको निर्वाचनमा बलेफी गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
सिन्धुपाल्चोकका अर्का नेता सुवास कर्माचार्य पनि एमाले केन्द्रीय सदस्य हुन नपाएपछि नेकपा एसमा लाग्नुभएको छ ।