सम्पर्क

नेकपा (एकिकृत समाजबादी ) बलेफीको अध्यक्षमा थापा

नेकपा (एकिकृत समाजबादी ) बलेफी गाउंपालिकाको अध्यक्षमा डि. बि. थापा निर्विरोध निर्वाचित हुनुभएको छ ।
नेकपा (एकिकृत समाजबादी ) पार्टीका केन्द्रीय अध्यक्ष तथा पुर्ब प्रधान मन्त्री माधब कुमार नेपालको प्रमुख आतिथ्यमा सम्पन्न भएको भेलाले थापाको अध्यक्षतामा ७५ सदस्यीय कार्य समिती समेत निर्माण गरेको छ । त्यसैगरी युवा संघमा बिनोद तामाडको अध्यक्षतामा ३५ सदस्यीय कमिटि तथा अनेम संघ कमरेड छत्र कुमारी नेपालको अध्यक्षतामा २५ सदस्यीय कमिटि गठन भएको छ ।
भेलालाई सम्बोधन गर्दै केपी ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउने गम्भीर आरोप लगाउनुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले केपी ओली नेतृत्वको सरकारले नेपाललाई इण्डोप्यासिफिक रणनीतिको अंग बनाएर सिध्याउने काम गरेको तर आफूहरुले बचाएको दावी समेत गर्नुभयो ।