सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री मँगलबार नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा एमाले बागमती प्रदेश सदस्य तथा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य रहनुभएका क्षेत्रीलाई काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी प्रवेश गराउनुभएको हो ।
२०७४ को स्थानीय तह चुनावमा क्षेत्री एमालेबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका क्षेत्रीले फागनु ४ गते सदरमुकाम चौतारामा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गर्नुभएको थियो । ४० वर्षदेखि एमालेमा क्रियाशील क्षेत्री कुनै कम्युनिस्ट पार्टीमा जान सक्ने अनुमान भइरहेका बेला सबैलाई आश्चार्य पार्दै कांग्रेस प्रवेश गर्नुभएकधो हो ।
एमालेमा सामन्दवादी सोच र व्यक्तिवादी प्रवृत्ति हाबी हुँदै गएकाले आफूले ४० वर्षदेखि क्रियाशील पार्टी त्यागेको बताउनुभयो । ‘पद खोजेर नभई कांग्रेसले बोकेको नीति, बिचार गाउँ तहमा फैलाउन यसलाई रोजेको क्षेत्रीले बताउनुभयो । कांग्रेसले बोकेको बिचार नै सही रहेको क्षेत्रीले बताउनुभयो ।
पूर्व जिविस सदस्यसमेत भईसक्नुभएका क्षेत्रीले एमालेको हालै सम्पन्न जिल्ला अधिवेशनमा उहाँले केन्द्रीय सदस्य र अध्यक्ष पदमा दाबी प्रस्तुत गर्नुभएको थियो । एमाले भित्र चर्चित नेतामा पर्ने र निर्वाचन क्षेत्र नं.१ मा राम्रो जनाधार भएका क्षेत्रीको काँग्रेस पार्टी प्रवेशले एमालेलाई ठूलो धक्का पुगेको चर्चा राजनीतिक बृतमा हुन थालेको छ । एमालेमा रहँदा उहाँतत्कालीन बरिष्ठ नेता माधव नेपालसँग नजिक हुनुहुन्थ्यो । नेपाल एकीकृत समाजवादी दल गठन गरेर त्यता गए पनि क्षेत्री एमालेमै बस्नुभएको थियो ।
क्षेत्रीले एमाले परित्याग गरेपछि समाजवादीतिर जाने सबैले अनुमान गरेपनी अन्नत नेपाली काँग्रेस पार्टी प्रवेश गर्नुभएको हो । क्षेत्रीसँगै एमाले जिल्ला सदस्य कृष्ण क्षेत्री, सुभास सुन्दास र विष्णु तिमिल्सिना लगायत नेता, कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् । सभापति देउवा, उपसभापति पुर्णबहादुर खड्का , केन्दीय सदस्य मोहनबहादुर बस्नेतले सदस्यता प्रदान गर्दै पार्टीमा प्रवेश गराउनुभएको हो ।
