बाह्रविसेमा नगरपालिकाको आयोजनामा नारी दिबशको अबशर पारेर सोमबार एक अन्तर क्रिया कार्यक्रमको आयोजना गरिएको छ । सामाजिक न्याय र लैङ्गिक समानता दिगो बिकासको सुनिश्चिता भन्ने मूल नाराका साथ नेतृत्व बिकास र सकारात्मक सोच सम्बन्धी अभिमुखिकरण कार्यक्रम को आयोजना गरिएको छ।
नगरपालिकाको उपप्रमुख शुशिला पाख्रिनको सभापतित्वमा भएको अभिमुखिकरण कार्यक्रममा महीला अधिकार कर्मी डा रेणु अधिकारी, नेकपा एमाको केन्द्रीय सदस्य एवम संघीय सासंद माननीय शान्ती पाख्रीन, लगाएतका प्रशिक्षक रहेको सो कार्यक्रममा महीला साँग समबन्धी बिभिन्न सस्थाका प्रतिनिधी हरु तथा सर्बसाधरण ब्यक्तीहरुको उपस्थिती रहेको थियो । सभापतीको आशन बाट बोल्दै उपप्रमुख पाख्रिनले मानिस जन्मजात अरूमा निर्भर हुने प्राणी भएको बताउँदै सानो छँदा आमाबुबाको हेरचाहमा, त्यसपछि स्कुल तथा कलेज जाने भएपछि शिक्षकको हेरचाहमा, जागिर गर्ने भएपछि जागिर दिनेको हेरचाहमा र जहिले पनि मानिसले कोही न कोही अरूको सहयोग खोजि नै रहेकोबताउनुभयो । उहाँले धेरै कुरामा अरूमा भर पर्दा मानिसले आफ्नो नेतृत्व गर्ने क्षमता पनि बिस्तारै गुमाउँदै गइरहेको बताउनुभयो । समाजमा अहीले महीलाहरुले गरेको नेतृत्व सफलता तिर अगाडी बढेको बताउँनु भयो।
