सम्पर्क

राजनिती

हेलम्बुका युबाहरु नेकपा(एमाले) प्रबेश

ब्रेकिङ न्युज १, राजनिती
सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिकाका एक दर्जन युबाहरु रामचन्द्र कालिराजको नेतृत्वमा बिभिन्न पार्टि परित्याग गरि नेकपा(एमाले) प्रबेश गरेका छन् । अन्य प्रबेसिहरुमा बिनोद दर्नाल,राजकुमार बि.क.,दावा लामा,दावा दोर्जे लामा लगायत रहेका छन । आफुहरु संलग्न नेपाली कांग्रेस र नेकपा(माओवादी )ले हेलम्बु गाउँपालिकामा बिकास निर्माणमा कुनै ध्यान नदिएर भ्रष्टाचारमा लिप्त भएको र राष्ट्रघाती एमसिसि सम्धि संसदबाट अनुमोदन गराएकोले आफुहरु राष्ट्रबादि नेता कमरेड केपि ओलिले नेतृत्व गर्नु भएकोको पार्टि नेकपा(एमाले) प्रबेश गरेको नव प्रबेसिहरुले बताए । सो प्रबेश कार्यको संयोजन नेकपा(एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटि सचिबालय एबम हेलम्बु गाउँपालिका सह ईन्चार्ज दावा लामा ह्योल्मोले गर्नु भएको थियो । बौद्धमा भएको सो पार्टि प्रबेश कार्यक्रममा नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटि सचिबालय सदस्य एबम हेलम्बु इन...

राप्रपा सिन्धुपाल्चोकद्धारा निम्न ब्यक्तिहरुलाई जिम्मेवारी तोकियो

राजनिती
राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोककोे बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । राप्रपा जिल्ला अध्यक्ष निलध्वज थापाको अध्यक्षतामा र केन्द्रीय सदस्य एष्मिन ढुङ्गनाको विशेष उपस्थितिमा चौतारामा बसेको बैठकले शंकर कार्किलाई राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको जिल्ला सँयोजकको जिम्मेवारी दिईएको छ । त्यसैगरी जिल्ला कार्यसमितिको कार्यालयमा सि सि क्यामेरा जोड्नका लागि प्रकाश देउजालाई जिम्मेवारी दिईएको छ । वैठकले जिल्ला कार्यसमिति सदस्यमा ११ जनालाई मनोनित गरेको छ । मनोनित हुनेहरुमा दिपेन्द्र थापा, दलबहादुर श्रेष्ठ, फडिन्द्र प्रसाद दाहाल, राजन धिताल, यज्ञेन्द्र सिग्देल, प्रविन तामाङ, देवी लामिछाने, पदम दोर्जे तामाङ, जुना पौडेल र कामी तामाङ रहनुभएको छ । पछिल्लो समय राप्रपा सिन्धुपाल्चोकले जिल्लाभर स्थानिय निर्वाचनलाई ध्यान दियर विविध कार्यक्रम गरिरहेको छ ।...

नेपाली काँग्रेस सिन्धुपाल्चोकको अधिवेशन फागुन २६ मा उम्मेदवारी दर्ता, २७ गते मतदान

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक नेपाली काँग्रेसको जिल्ला अधिवेशन यहि फागुन २६ गते उम्मेदवारी दर्ता र २७ गते मतदान हुने निर्णय भएको छ । २६ गते उम्मेदवारी दर्ता संगै अन्तिम नामावली प्रकाशित हुने र २७ गते मतदान हुने जिल्ला सह–सचिब अनुप न्यौपानेले जनाएको हो । आज नेपाली काँग्रेस केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतको सम्पर्क कार्यालयमा बसेको काँग्रेस सिन्धुपाल्चोक शिर्ष नेताहरुको बैठकबाट सो निर्णय गर्नुभएको हो । बैठकमा नेता बस्नेत, जिल्ला सभापति बिकाश लामा, बागमती प्रदेश सह–महामन्त्री हरिशरण श्रेष्ठ, जिल्ला सह–सचिब अनुप न्यौपाने, इन्द्रावती गाउँ पालिका अध्यक्ष बंशलाल लामा, क्षेत्र नं. २ का सचिब केशव श्रेष्ठ, प्रदेश प्रतिनिधि रामेश्वर आचार्य र नेविसंघ क्षेत्र नं. २ का अध्यक्ष दिपेश राज खनाल उपस्थित रहनुभएको थियो । बैठक निर्वाचन अधिकृत देवबहादुर महतको समन्वयमा भएको थियो । काँग्रेस सिन्धुपाल्चोकको शिर्ष नेताहरुको बैठ...

नेता बस्नेत द्धारा स्वास्थ्य सामाग्री बितरण

ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा अस्पताललाइ कन्सेन्ट्रेटर अक्सजिनको सामाग्री सहित जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, जिल्ला प्रहरी कार्यलय र शसस्त्र प्रहरी कार्यालय लगायत इन्द्रावती गाँउपालीकाका सबै वडा ,तथा चौतारा साँगाचोकगढी नगरपालिका सबै वडाहरुलाइ माक्स तथा सिटामोल लगायत स्वास्थ्य सामाग्रीहरु बितरण गर्नु भएको छ । चौतारामा आयोजित उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघलाइ समेत स्वास्थ्य सामाग्री हस्तानन्तरण गर्नुभएको हो । पत्रकार महासंघका कमला पाख्रीनले उक्त सामाग्री लिनु भएको थियो । कार्यक्रमलाइ सम्बोधन गर्दै पुर्ब मन्त्री बस्नेतले मानिस स्वास्थ्य रहे मात्र देशको बिकास हुने भन्दै आफु अशक्त हुँदा पनी आफु भन्दा न्युन आय भएका नागरिकहरुलाई स्वास्थ्य समाग्रीको चरम अभाव भएपछि बैशाखीका भरमा हरेक गाँउ गाउँमा गएर स्वास्...

दुई दिन सर्यो काँग्रेस जिल्ला अधिवेशन

ब्रेकिङ न्युज २, राजनिती
नेपाली काँग्रेसको १६ जिल्लाको अधिवेशन फागुन १५ गते हुने भएको छ । बिहीबार बसेको नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समिति बैठकले फागुन १३ गतेका लागि तोकिएको निर्वाचन दुई दिन पछाडि सारेको हो । काँग्रेस निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार पार्टी नेतृत्वको अनुरोध अनुसार जिल्ला अधिवेशनको मिति दुई दिन सारिएको हो । काँग्रेसले यसअघि सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँकै, अछाम र कैलालीको निर्वाचन फागुन १३ गते गर्ने निर्णय गरेको थियो ।...

चौतारामा एमसीसीको विरोधमा उत्रिए अखिल (क्रान्तिकारी)

ब्रेकिङ न्युज २, राजनिती
एमसीसीको बिरोध गर्दै चौतारामा अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोकले नारावाजीसहितको र्याली निकालेको छ । प्ले कार्ड र संगठनको झण्डा र व्यानरसहित विरोधमा उत्रिएको अखिल (क्रान्तिकारी) का विद्यार्थीहरुले भिन्तुना चोकबाट र्याली निकालेका थिए । शेर बहादुर देउवा नेतृत्वको सरकारले घुमाउरो शैलीमा पास गर्न लागेको भन्दै नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन र युवा संगठनले काठमाडौंमा बुधवार पनि व्यापक र्यालीसहत शिंहदरवार घेराउ गरेको थियो । विहिवार चौतारमा गरेको विरोध र्यालीमा एमसीसी खारेज गर, राष्ट्रघाती एमसीसी मूर्दावाद, गो व्याग एमसीसी, नो एमसीसी, एमसीसी चाहीदैन देश बेच्न पाईदैन, अमेरीकी साम्राज्यवाद मूर्दावाद, अखिल क्रान्तिकारी जिन्दावाद भन्दै चर्को नारावाजी गदै पुरानो बजार हुँदै टुँडिखेलमा पुगेर कोण सभामा परिणत भएको थियो । क्रान्तिकारीको विरोधको नारालाई चौताराको स्थानीय वासीन्दाहरुले समेत सा...

एमसिसि टेबुल नगरी एमालेको धारणा सार्वजनिक हुँदैन — पोखरेल

ब्रेकिङ न्युज २, राजनिती, समाचार
एमसिसि संसदमा टेबुल भएपछि मात्रै एमालेको आधिकारीक धारणा सार्वजनिक हुने नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताउनुभएको छ । बुधवार सिन्धुपाल्चोकमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले आफ्नो पार्टीको माग पुरा नहुञ्जेल संसद चल्न नदिने र संसद नचलुञ्जेल संसदमा पेश हुने कुनै पनि विषयमा आधिकारीक धारणा सार्वजनिक नगर्ने बताउनुभयो । गठबन्धन सरकारकै नेतृत्व भएको बेला यो सम्झौता भएकोले अहिलेको सरकारले नै यसको विषयमा जवाफ दिनुपर्ने महासचिव पोखरेलको धारणा छ । अहिलेको सरकारका मन्त्रीहरु एक पछि अर्को गर्दै जनतासामु नाङ्गीदै जाँदा पनि सरकारले लाचार भएर कार्वाही गर्न नसकेको बताउँदै उहाँले गौर हत्याकाण्डको विषयमा मन्त्री रेणु यादवको भनाइ, आफुले खोप किनेर लगाएको स्वास्थ्यमन्त्री विरोध खतिवडाको अभिव्यक्ती र प्रेम आलेको अश्लिल शब्दका विषयमा सरकार मौन रहनु नै गलत रहेको बताउनुभयो ।...

केदार क्षेत्रीद्धारा नेकपा (एमाले) परित्यागको घोषणा

ब्रेकिङ न्युज १, राजनिती
निर्मल बस्नेत नेकपा (एमाले) बागमती प्रदेश सदस्य एवम् सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले एमाले परित्याग गरेको घोषणो घोषणा गर्नुभएको छ । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकमा बुधबार दिउँसो पत्रकार सम्मेलन गर्दै क्षेत्रीले एमाले परित्याग गरेको घोषणा गर्नुभएको हो । उहाँले भर्खरै सकिएको एमालेको जिल्ला अधिवेशनमा अध्यक्ष पदमा दाबीसमेत गर्नुभएको थियो । क्षेत्री २०३८मा एमालेको विद्यार्थी संगठनमा आवद्ध हुनुभएको थियो । उहाँ अनेरास्ववियको जिल्ला अध्यक्ष समेत हुनुभयो । विद्यार्थीको अञ्चल कमिटी सदस्य हुँदै क्षेत्री पार्टीको नवौं र दशौं महाधिवेशनमा राष्ट्रिय प्रतिनिधि परिषद्मा निर्वाचित हुनुभउको थियो । गएको अधिवेशनमा आफूले अध्यक्षमा दाबी गर्दा पनि नेतृत्व छनोट गर्ने अध्यक्ष मण्डलले कुनै सल्लाह नगरेको उहाँको आरोप छ । अध्यक्ष मण्डलले कमल नेपाललाई एमालेको जिल्ला अध्यक्ष बनाएको ...

राप्रपाको क्षेत्रिय बैठकमा खल्तीबाट टिकट पाउने प्रचलनको अन्त्य गर्ने सहमती

राजनिती
राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं २ को नियमित मासिक बैठकमा खल्तीबाट टिकट पाउने प्रचलनको अन्त्य गर्ने सहमती भएको छ । क्षेत्रिय अध्यक्ष कुमारी तामाङको अध्यक्षतामा क्षेत्रिय पार्टी कार्यालय मेलम्चीमा भएको बैठकमा क्षेत्रीय कमिटी पदाधिकारी तथा सदस्यहरु प्रदेश सभा क र ख अध्यक्ष निर्वाचन क्षेत्र नं २ अन्तर्गत रहेको पाँच वटा स्थानीय तह मध्य ३ पालीका प्रमुखहरुको उपस्थिति रहेको थियो । बैठकले आसन्न स्थानीय चुनाव केन्द्रित कार्यक्रम आक्रमक रुपमा अगाडि बढाउनेबारे पनि छलफल गरेको क्षेत्रिय कमिटी सचिव देवराज गुरुङले जानकारि दिनुभयो । राप्रपा क्षेत्र नं २ अन्र्तत पर्ने पाँच वटा स्थानीय निकायको निर्वाचन लक्षित अभियान सुरु गर्ने, यही फाल्गुन २० गते भित्र सबै ४९ वटै वडाका वडा अध्यक्ष तथा सदस्यहरु गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष मेयर तथा उप मेयरको उम्मेरद्धारी नामावली उपलब्ध गराउन...

एमसीसीको विरोधमा एकिकृत समाजवादीद्वारा चौतारामा विरोध प्रदर्शन

ब्रेकिङ न्युज १, राजनिती
एमसीसीको विरोधमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी जिल्ला कमिटी र मोर्चा संगठनद्वारा चौतारामा विरोध प्रदर्शन गरिएको छ । एमसीसी राष्ट्रघाती भएको भन्दै तत्काल सम्झौता खारेज गर्न माग गरेको छ । एमसीसी सम्झौता स्वीकार्नु देश अस्थिरता र द्वन्द्वमा फस्नेछ भन्दै एमसीसी सँगको सम्झौता खारेज गरौं, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं लगायतका नारा लगाएका थिए । विरोध प्रदर्शनमा एकीकृत समाजबादी का नेताहरु सुवास कर्माचमार्य, सोम सापकोटा, यज्ञ सापकोटा , ईश्वरी श्रेष्ठ , रविकुमार भण्डारी लगायतको सहभागिता रहेको थियो ।...