सम्पर्क

सिन्धुपाल्चोक एमालेको स्थानीय प्रमुख उपप्रमुख चयन तामाङ्गद्धारा निर्बाचनमा लाग्न अपिल

 

नेकपा एमाले सिन्धुपाल्चोकले १२वटै स्थानीय तहमा प्रमुख र उप प्रमुखको नाम चयन गरेको छ । खाश गरि नेकपा एमालेका नेताहरुले पनी आफ्नो पुर्बवत स्थान सुरक्षित गर्दै जिल्लाको सदरमुकाम समेत रहेको चौतारा साँगाचोकगढी नगरपालीका आफ्नो कब्जामा लिने बताएको छ । चौतारा साँगाचोकगढीमा नेपाली काँग्रेस ले पनी यस पटक आफ्नो कब्जामा लिने बताइरहँदा नेकपा माओबादी बाट पुर्ब मेयर अमान सिंह चुनावी प्रतिस्पर्धामा आउँनु भएको छ । नेकपा एमालेको स्थानीय तहको नाम छनौट गर्दै गर्दा असन्तुष्ट जानाउदै पाटी छोड्ने नेताहरु पनी त्यतीकै रहेका छन । नेकपा एमाले बाट निर्बाचित बलेफी गाँउपालकिाका अध्यक्ष केदार क्षेत्री यस अघी नै काँग्रेस प्रबेश गरि सकेका छन भने त्रिपुरा सुन्दरी गाँउपालीकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठ ले पनी पाटी त्यागेको समाचार आएको छ । यो सँगै उँहा निकट ब्यक्तीहरु पनी काँग्रेस प्रबेस गर्न छलफल चलाइरहेको बुझिन आएको छ । यसको आधिकारिकता भने प्राप्त भएको छैन यस अबस्थामा नेकपान एमालेले भने आफना स्थानीय प्रतिनिधीहरुको नाम भने चयन गरेको समाचार आइ सकेको छ । जसमा १. बाह्रबिसे नगर पालीकामा मेयर  निमफुन्जो शेर्पा, उपमेयर कल्याणी घिसिङ. चौतारा साँगाचोकगढी नगर पालीकामा मेयर  ईन्द्र प्रसद नेपाल, उपमेयर  बालकुमारी सापकोटा. मेलम्ची नगरपालीकामा बालकृष्ण देउजा, उपमेयर  उमा प्रधानभोटेकोशी गाउपालीकामा अध्यक्ष  अमृत बाहादुर खड्का, उपाध्यक्ष सुन्तली माया तामाङ त्रिपुरासुन्दरी गाँउपालीकामा अध्यक्ष  मेघनाथ पौडेल, उपाध्यक्ष  सबिता श्रेष्ठ लिसंखुपाखर गाँउपालीकामा अध्यक्ष सुर्य बहादुर लामा, उपाध्यक्ष  कन्चन लामासुनकोशी गाँउपालीकामा अध्यक्ष  टपिन्द्र प्रसाद तिमल्सिना, उपाध्यक्ष मन्जु भण्डारी बलेफी गाउँपालीकामाअध्यक्ष नारायण काजी श्रेष्ठ, उपाध्यक्ष  चन्द्रावती थापा जुगल गाँउपालीकामा अध्यक्ष जय बहादुर लामा, उपाध्यक्ष  ईन्द्रावती गाउँपालीकामाअध्यक्ष  झम्कनाथ नेपाल, उपाध्यक्ष  शोभना तामाङ पाँचपोखरी गाउँपालीकामाअध्यक्ष  टासी लामा, उपाध्यक्ष  सुनिता अधिकारी र हेलम्बु गाउँपालीकामा अध्यक्ष हस्त बहादुर पण्डित, रहनु भएको छ भने उपाध्यक्ष को नाम भने आइतबार मात्रै चयन हुने भएको छ । यसै बिच पुर्ब मन्त्री माननीय शेर बहादुर तामाङ्गले सामाजीक सञ्जाल मार्फत निर्णयमा पर्न सफल कमरेडहरुलाई हार्दिक बधाई तथा जितको अग्रीम शुभकामान भन्दै जो कमरेडहरु टिकटका आकाक्षी हुनुहुन्थ्यो वहाँहरु सबैलाई हार्दिक धन्यवाद र भएका निर्णयको पक्षमा ढृढ्ता पूर्वक जुड्न र पार्टीलाई जिताउन कुनै कसर बाँकी नराखी खट्न हार्दिक अपिल गर्दछु । कुनै नकारात्मक टिप्पणी नगरी १२ गतेको उम्मेदवारी दर्तमा जुट्न समेत अपीलगर्दछु भन्नु भएको छ ।