सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–६ बतासे पाराङ टोलमा करेन्ट लागेर एक पुरूषको मृत्यु भएको समाचार प्राप्त भएको छ । शनिबार दिउँसो सवा १ बजे तिर करेन्ट लागेर एक पुरुषको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनु भयो ।
उँहाका अनुसार विद्युतीय पोलसँगै जोडिएको धारामा जाँदा उनलाई करेन्ट लागेको हो । ३० वर्षीय लालबहादुरको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।
