सम्पर्क

राजनिती

सिन्धुपाल्चोक एमालेको स्थानीय प्रमुख उपप्रमुख चयन तामाङ्गद्धारा निर्बाचनमा लाग्न अपिल

ब्रेकिङ न्युज १, राजनिती, समाचार
  नेकपा एमाले सिन्धुपाल्चोकले १२वटै स्थानीय तहमा प्रमुख र उप प्रमुखको नाम चयन गरेको छ । खाश गरि नेकपा एमालेका नेताहरुले पनी आफ्नो पुर्बवत स्थान सुरक्षित गर्दै जिल्लाको सदरमुकाम समेत रहेको चौतारा साँगाचोकगढी नगरपालीका आफ्नो कब्जामा लिने बताएको छ । चौतारा साँगाचोकगढीमा नेपाली काँग्रेस ले पनी यस पटक आफ्नो कब्जामा लिने बताइरहँदा नेकपा माओबादी बाट पुर्ब मेयर अमान सिंह चुनावी प्रतिस्पर्धामा आउँनु भएको छ । नेकपा एमालेको स्थानीय तहको नाम छनौट गर्दै गर्दा असन्तुष्ट जानाउदै पाटी छोड्ने नेताहरु पनी त्यतीकै रहेका छन । नेकपा एमाले बाट निर्बाचित बलेफी गाँउपालकिाका अध्यक्ष केदार क्षेत्री यस अघी नै काँग्रेस प्रबेश गरि सकेका छन भने त्रिपुरा सुन्दरी गाँउपालीकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठ ले पनी पाटी त्यागेको समाचार आएको छ । यो सँगै उँहा निकट ब्यक्तीहरु पनी काँग्रेस प्रबेस गर्न छलफल चलाइरहेको बुझिन आ...

सुनकोसीमा अध्यक्षमा रुपकाजी

#, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिकाले गाउँपालिका अध्यक्षमा आकांक्षी धेरै भएपछि मतदान प्रक्रियाबाट अध्यक्ष र उपाध्यक्षको नाम सिफारिस गरेको छ । गाउँपालिकाको बैठकमा अध्यक्ष र उपाध्यक्षमा सहमति नजुटेपछि आकांक्षीहरुबीच मतदान गरिएको थियो । सात जना आकांक्षीमध्ये मतदानबाट बढी मत ल्याउने रुपकाजी लामा र नेत्र कार्कीको नाम सिफारिस गरिएको हो । त्यस्तै उपाध्यक्षमा तीन जनाको नाम सिफारिस गरिएको छ । उपाध्यक्षमा ६ मध्ये बढी मत ल्याउने कान्छी तामाङ, ज्ञानु तिमल्सिना र अम्बिका तिमल्सिनाको नाम सिफारिस भएका छन् । मतदानमा गाउँ कार्यसमितिका ४२ सदस्यमध्ये ४१ जना उपस्थित भएकोमा २९ जना मतदान प्रक्रियामा सहभागी हुनु भएको थियो । सहमति नजुटेपनि बहुमतीय प्रक्रियाबाट उम्मेदवार छान्न पाउने कांग्रेसको विधानले नै व्यवस्था गरेको छ ।      ...

सिन्धुपाल्चोकमा गठबन्धन भएन काग्रेसको उमेद्धार चयन

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लामा सत्ता साझेदार गठबन्धन दलहरूले यो समाचार तैयार गर्दा सम्म गठबन्धन गर्न सकेका छैनन । खाश गरि नेपाली काँङ्गरेसका नेता महोन बहादुर बस्नेत र नेकपा माओबादी केन्द्रका अग्नी प्रसाद सापकोटाको कारण पनी गठबन्धन हुन कठीनाइ परेको स्थानीय कार्यकर्ताहरुको ठम्याइ रहेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरू बिच पटक पटक बैठक बसे पनि ठोस निर्णय र सहमति हुन सकेको छैन ।यसै बिच नेपाली काँग्रेसले मेयर र पालीका अध्यक्षहरुको नाम सिफारिस गरेको छ । जसअन्तर्गत मेलम्ची नगरपालिकामा मेयरमा वसन्त गुरुङ र उपमेयरमा जमुना मोक्तान तामाङ, चौतारा साँगाचोकगढीमा केशवराज गिरी मेयर र उपमेयरमा तुलसी श्रेष्ठ र बाह्रबिसे नगरपालिकामा बालकृष्ण बस्नेत मेयर र उपमेयरमा मञ्जु तामाङको नाम बागमती प्रदेश कार्यसमितिमा पठाएको छ । सुनकोशी गाँउपालीकमा रुपकाजी लामालाइ सिफारिस गरिएको छ । नेकपा...

कांग्रेसले एमालेसँग गठबन्धन गर्न खोजेको भन्दै सिन्धुपाल्चोकमा माओवादी र एकिकृत समाजवादीको आरोप

ब्रेकिङ न्युज २, राजनिती, समाचार
पाँच दलीय गठबन्धनको निर्देशन र सहमति विपरीत नेपाली कांग्रेसले प्रमुख प्रतिपक्ष दल एमालेसँग जिल्लामा तालमेल गर्न खोजेको भन्दै गठबन्धनमा आबद्ध दुई दलले आरोप लागाएका छन् । स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गर्न दुई दिन बाँकी हुदाँ केन्द्रमा सत्तारुढ दलहरुबीच चुनावी गठबन्धन गर्ने निर्णय भए पनि सिन्धुपाल्चोकमा भने गठबन्धन संकटमा परेको छ । नेपाली कांग्रेस गठबन्धनका विषयमा इमान्दार नभएको भन्दै केन्द्रलाई गठबन्धनमा आवद्ध दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पत्र लेखेको छ । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पराजुली र नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष नवराज पौडेलले हस्ताक्षर गरेको पत्रमा संयन्त्रको बैठक संयोजनको जिम्मेवारी प्राप्त दल नेपाली कांग्रेसका तर्फबाट बैठकको आह्वान नभएको उल्लेख छ । पत्रमा लेखिएको छ , “बैठक बोलाएका दिन पनि मुख्य निर्णायक भूमिकामा रहनुहु...

स्थानीय निर्वाचनका लागि दलको चुनाव चिन्ह निर्धारण

ब्रेकिङ न्युज १, राजनिती, समाचार
देशभरका ७५३ स्थानीय तहको यही वैशाख ३० गते हुने निर्वाचनका लागि चुनाव चिन्ह निर्धारण गरी मतपत्रमा समावेश गरिएकोे छ ।निर्वाचन आयोगकाअनुसार विस २०७४ को प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त मत संख्याका आधारमा छ वटा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलको निर्वाचन चिन्ह निर्धारण गरिएको हो ।उक्त निर्वाचनमा नेकपा ९एमाले०लाई ३१ लाख ७३ हजार ४९४, नेपाली कांग्रेसलाई ३१ लाख २८ हजार ३८९, नेकपा ९माओवादी केन्द्र०लाई १३ लाख तीन हजार ७२१ र जनता समाजवादी पार्टी नेपाललाई नौ लाख ४२ हजार ४५५ मत प्राप्त भएको थियो ।विसं २०७४ को प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएका र स्थानीय तहको निर्वाचनमा भाग लिन आयोगमा दर्ता भई राष्ट्रिय दलको मान्यता प्राप्त नगरे पनि जिल्लामा क्रियाशील सम्बन्धित दललाई आयोगबाट यसअघि प्रदान गरिएको निर्वाचन चिन्ह नै प्रदान गरिने भएको छ ।त्यस्ता राजनीतिक दलक...

बरु हारौँ गठबन्धन नगरौँ महामन्त्री गगन थापा

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले बैसाख ३० गते हुने स्थानीय निर्वाचनमा पाँचदलबीच गठबन्धन नहुने संकेत गरेका छन् । उहाँले चुनावी तालमेलको विषयमा बहस भैरहेको तर समझदारी भैनसकेको भन्दै एक्लाएक्लै चुनावमा जानुपर्ने बताउनुभयो । नयाँ वर्षको अवसरमा शनिबार आयोजित चियापान कार्यक्रममा सम्बोधन गर्दै उहाँले आफू लगायत केहीको धारणा एक्लै चुनाव लड्नुपर्छ भन्ने पक्षमा रहेको बताउँनुभयो । ‘म लगायत केही साथीहरुको धारणा, बरु केही समय क्षति बेहोर्नुपरे पनि बेहोरौँला । तर, नेपाली कांग्रेसले एक्लै लड्नुपर्छ भन्ने धारणा रह्यो’, उहाँले भन्नुभयोे । पार्टीका अन्य नेताहरुले भने कांग्रेस एक्लै आफ्नो तागतमा निर्वाचन लड्न सक्ने र लड्दै आएको भएपनि कम्युनिस्ट पार्टीहरुका कारणले तालमेल गर्नुपर्ने बताएको थापाको भनाइ छ । ‘नेपालका कम्युनिस्ट पार्टीहरुको बीचमा चुनावी तालमेल हुने र त्यस्तै मौका पर्दै गर्दा पार्टी नै ...

राप्रपाद्धारा कुमारीको संयोजकत्वमा समिती गठन

राजनिती, समाचार
स्थानीय निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्लामा बिभिन्न दलहरु तथा स्थानीय तहसँग छलफल गर्नका लागी वार्ता समिती गठन गर्दै बिभिन्न पदाधीकारी तथा सदस्य मनोनित गरेको छ । राप्रपा सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नं २ अन्तरगत प्रदेश सभा (ख) कार्य समितिको नियमित बैठक बसि अध्यक्ष गोबिन्द गुरुङले पार्टीको बिधान बमोजिम तपसिलका पदाधिकारी तथा सदस्यहरु मनोनित गर्नु भएको हो । समितीको उपाध्यक्षमा बोल बहादुर तामाङ गोपाल गुरुङ र सदस्यहरुमा कृष्ण बहादुर पण्डित बुर्लामा तामाङ सूर्य तमाङ र समीर तामाङ मनोनित हुनु भएको छ । त्यस्तै प्रदेश सभा (ख) कार्य समितिको सल्लाहकार समितिको संयोजकमा निबर्तमान जिल्ला कार्य समिति सचिव नातिकाजी सापकोटा चयन हुनु भएको क्षेत्रीय सचिब देब राज गुरुङले जानकारी दिनुभयो । यसैबीच राप्रपाले प्रदेश सभा (क) र (ख) को संयुुक्त बैठक पनि सम्पन्न गरेको छ । बैठकले क्ष...

विवेकशील साझा पार्टीले गठन ग¥यो प्रवक्ता पाठकको संयोजकत्वमा निर्वाचन परिचालन समिति

राजनिती, समाचार
विवेकशील साझा पार्टीले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरि निर्वाचन परिचालन समिति र विभिन्न उपसमितिहरू गठन गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय कार्यसम्पादन समिति सदस्य एवं प्रवक्ता शरदराज पाठकको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको हो । समितिमा नारायण कोइराला, शोभा शाक्य, समीक्षा बास्कोटा, अब्दुस मियाँ, नन्दप्रसाद काप्री, हरिकृष्ण अधिकारी, अनुपा श्रेष्ठ, हरिप्रसाद गौतम, दिपक प्रसाद उप्रेती, अमृत पुडासैनी, आशिष रेग्मी, सौरेन्द्र बहादुर शाह, सूर्य दीप रेग्मी र उद्धव राज भेटुवाल सदस्य रहनुभएको छ । साथै नवगठित निर्वाचन परिचालन समितिको बैठकले स्थानीय निर्वाचनलाई लक्षित गरि विभिन्न उपसमितिहरू गठन गरेको छ । बैठकले नारायणप्रसाद कोइरालाको संयोजकत्वमा उम्मेदवार समन्वय उपसमिति गठन गरेको छ । सौरेन्द्र बहादुर शाहको संयोजकत्वमा घोषणापत्र मस्यौदा उपसमिति, सूर्...

परिवार दलले तीनै तहको निर्बाचनमा नेकपा एमालेसँग तालमेल गर्ने

ब्रेकिङ न्युज २, राजनिती, समाचार
अगामि बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै दलहरु चुनावी नतिजा आफ्नो पक्षमा पार्न दलहरु चुनावी तालमेलको तयारीमा छन् । सतारुढ पाँच दलिय गठबन्धनलाई काउन्टर दिन प्रमुख प्रतिपक्षद्ध दल नेकपा एमाले र परिवार दलबीच चुनावी तालमेलका विषयमा छलफल भइरहेको छ । २०७४ सालको निर्बाचनमा ३ बुर्दे सहमति गरेर परिवार दलले एमालेसँग चुनाबी सहकार्य गरेको थियो । यसैबीच नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालसहितको टोलीले एमाले उपाध्यक्ष विष्णु पौडेलसँग संभावित चुनावी तालमेलका विषयमा केही दिनअधि छलफल गरेको छ । स्थानीय तह निर्वाचनमा एमालेसँग चुनावी तालमेल गर्ने विषयमा सकारात्मक छलफल भएको परिवार दलका अध्यक्ष एकनाथ ढकालले बताउनुभयो । ‘हामीले पहिला पनि एमालेलाई सहयोग गरेका थियौं,’ अध्यक्ष ढकालले भने, ‘अहिले पनि आवश्यकताका आधारमा स्थानीय तह निर्वाचनमा सहकार्य गरेर जाने विषयमा सकारात्मक छलफल भएको छ ।’ ७६ ज...

अनेरास्ववियु सिन्धुपाल्चोकको अध्यक्षमा सिलवाल

राजनिती, समाचार
नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियु सिन्धुपाल्चोक जिल्लाको सम्मेलन सम्पन्न भएको छ । आगमी निर्वाचनमा नेकपा एमालेलाई विजयी गराउने उद्घोषका साथ अनेरास्ववियु सिन्धुपाल्चोकको २६ औं जिल्ला सम्मेलन सोमबार बलेफीमा भएको छ । पार्टीलाई जिताउने अभिभारा काँधमा वोकेर हिड्ने प्रतिवद्धताका साथ सम्पन्न सम्मेलनले लक्ष्मण सिलवाललाई जिल्ला अध्यक्षमा निर्वाचित गर्नुभएको छ । उक्त सम्मेलनले उपाध्यक्षमा शितल मोक्तन,सचिबमा दिपक चौंलागाइ, सहसचिब नबिन पाण्डे ,रबिन वाइबा, मेनुका थापा र कोषाध्यक्षमा अमृत थापा निर्वाचित गर्नुभएको छ । त्यसै गरी सदस्यहरुमा सन्तोष बस्नेत ,राजकुमार कार्कीगोकुल खड्का ,साजन तामाङ लगायत निर्वाचित गरेको छ । कार्यक्रमको प्रमुख अतिर्थी नेकपा एमाले केन्द्रीय सदस्य तथा वग्मति प्रदेशका पुर्व मन्त्री सरेश नेपाल, गाँउपालिका महासंघका केन्द्रीय अध्यक्ष होमनारायण श्रेष्ठ, नेकपा एमाले जिल्ला...