सम्पर्क

चौतारा साँगाचोकगढी ८ का अध्यक्षद्धारा पदभार ग्रहण

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ का नबनिर्बाचित वडा अध्यक्ष अमृत बहादुर दंगालले पदभार ग्रहण गर्नुभएको छ । बैशाख ३० गते स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट लोकप्रिय मत ल्याएर वडा अध्यक्षमा निर्वाचित दंगालले सोमबार वडा कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । पदभार सम्हाल्दै उहाँले वडाका विकासका लागि पाँच वर्षे गुरुयोजना तयार पारेको बताउनुभयो । जनताबाट प्राप्त मतको सम्मान गर्दै आगमि दिनमा निष्पक्ष रुपमा वडाका विकासका लागि जनपक्षिय ढङ्गले काम गर्नुका साथै सरकारी बाईक नचढ्ने घोषणा गर्नुभएको छ । यसैबिच वडा कार्यालय परिवारले नवनिर्वाचित वडा अध्यक्ष तथा सदस्यहरुलाई स्वागत एवं सम्मान गरेको छ ।