चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ७ का नबनिर्बाचित वडा अध्यक्ष डम्बर बहादुर तामाङले पदभार ग्रहण गर्नुभएको छ । सोमबार वडा कार्यालयमा उहाँले पदभार ग्रहण गर्नुभएको हो । स्थानीय तहको दोस्रो निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भएपछि तामाङले पदभार ग्रहण गर्नुभएको हो । नेपाली कांग्रेसबाट तामाङको सिङ्गो टिम निर्वाचित हुनुभएको थियो । वडा अध्यक्ष लगायत वडा सदस्यहरुले पदभार ग्रहन गर्दै ,पूर्व जनप्रतिनिधीहरुलाई सम्मान प्रमाण–पत्र सहित विदाई गरेको छ ।
