सम्पर्क

चौतारा साँगाचोकगढी ९ का वडा अध्यक्षद्धारा पदभार ग्रहण

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ का नबनिर्बाचित वडा अध्यक्ष विमल श्रेष्ठले पदभार ग्रहण गर्नुभएको छ । सोमबार वडा कार्यालयमा उहाँले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै श्रेष्ठले जनताको भावनालाई कदर गर्दै सेवा प्रवाह गरिने बताउनुभयो । यसैबिच वडा कार्यालय परिवारले नवनिर्वाचित वडा अध्यक्ष तथा सदस्यहरुलाई स्वागत एवं सम्मान गरेको छ ।