सम्पर्क

ब्रेकिङ न्युज २

आलेख : मानव–वन्यजन्तु द्वन्द्व बढ्दो चुनौती

आलेख : मानव–वन्यजन्तु द्वन्द्व बढ्दो चुनौती

#, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, समाचार
काठमाडौँ, २८ जेठ : पछिल्लो समय संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवं अव्यवस्थित भू–उपयोगका कारण वन्यजन्तुको वासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले गर्दा वन्यजन्तुहरुले आफ्नो वासस्थान छाडी गाउँ बस्तीमा पस्ने गरेका छन् । यसबाट संरक्षित क्षेत्रभित्र तथा यसको वरिपरी बसोबास गर्ने समुदायको वन्यजन्तुबाट मानवीय तथा आर्थिक क्षति हुँदै आएको छ । खासगरी हात्ती, बाघ, गैंडा, हिउँचितुवा, हिमाली कालो भालु, काठे भालुलगायतका वन्यजन्तुको आक्रमणबाट मानिसको मृत्यु तथा घाइतेका साथै बालीनाली, घर, गोठको क्षति हुने गरेको छ । अर्काेतिर बाँदर, बँदेल, नीलगाई र दुम्सीबाट कृषि बालीमा हुने क्षति मुलुकभर बढ्दो छ । यसले गाउँबस्ती नै विस्थापित हुने अवस्था सिर्जना भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार पछिल्ला वर्षहरुमा मानव–वन्यजन्तु द्वन्द्व एक टड्कारो समस्याको रुपमा देखा परेको छ । आर्थिक वर्ष २०८१÷८२ मा मात्...
सुनसरीमा ‘सुरक्षित सिटी सफारी चालक अभियान’ सुरु

सुनसरीमा ‘सुरक्षित सिटी सफारी चालक अभियान’ सुरु

ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
धरान (सुनसरी), २८ जेठः सिटी सफारी सञ्चालनलाई व्यवस्थित, सुरक्षित र जिम्मेवार बनाउन सुनसरीमा सुरक्षित सिटी सफारी चालक अभियान सुरु गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले बुधबार क्युआर कोडसहितको ‘सुरक्षित चालक पोसाक’ वितरण गर्दै अभियानको औपचारिक शुभारम्भ गरेको हो ।  कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले इटहरीमा आयोजित कार्यक्रममा ३०० जना सिटी सफारी चालकलाई उक्त पोसाक वितरण गर्नुभयो । पछिल्ला वर्षहरूमा इटहरी, धरान, विराटनगरलगायत पूर्वका प्रमुख सहरमा ई–रिक्सा (सिटी सफारी) को सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । तर, दर्ता, रुट निर्धारण तथा सञ्चालनसम्बन्धी स्पष्ट कानुनी र नीतिगत व्यवस्था नहुँदा यसको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । प्रहरीका अनुसार चालकको पहिचान सुनिश्चित गर्ने, यात्रुमा विश्वास अभिवृद्धि गर्ने तथा दु...
विभेदकारी विज्ञापन नीतिविरुद्ध सिन्धुपाल्चोकमा धर्नासहित दबाबमूलक आन्दोलन, ज्ञापनपत्र बुझाइयो

विभेदकारी विज्ञापन नीतिविरुद्ध सिन्धुपाल्चोकमा धर्नासहित दबाबमूलक आन्दोलन, ज्ञापनपत्र बुझाइयो

#, ब्रेकिङ न्युज २, विचार, समाचार
चौतारा, सिन्धुपाल्चोक। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना तथा विज्ञापन वितरणसम्बन्धी गरेको विभेदकारी तथा स्वेच्छाचारी निर्णयको विरोधमा नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोक शाखाको आयोजनामा धर्नासहित दबाबमूलक आन्दोलन कार्यक्रम सम्पन्न गरिएको छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संवैधानिक हकको संरक्षण, सञ्चारमाध्यममाथिको विभेद अन्त्य तथा नागरिकको निर्वाध सूचना प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न माग गर्दै जिल्लाका पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय परिसरमा धर्ना दिएका थिए। धर्नापछि पत्रकारहरूले हस्ताक्षरसहितको ज्ञापनपत्र सरकारसमक्ष पठाउन जिल्ला प्रशासन कार्यालयमार्फत बुझाएका हुन्। नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोक शाखाका अध्यक्ष ध्रुव दङ्गालको नेतृत्वमा सम्पन्न कार्यक्रममा जिल्लामा क्रियाशील विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको ...
बाह्र्बिसेबासीको औषधी उपचारमा ५०प्रतिशत छुट

बाह्र्बिसेबासीको औषधी उपचारमा ५०प्रतिशत छुट

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका र काठमाडौं मेडिकल कलेज (प्ःऋ), दुवाकोटबीच स्वास्थ्यमा ५० प्रतिशत सम्म छुट दिने गरी सम्झौता भएको छ । सम्झौताअनुसार बाह्रबिसे नगरपालिका वासी बिरामीहरूले काठमाडौं मेडिकल कलेज अस्पतालमा उपचार गराउँदा यही मिति २०८३÷३÷३० गते सम्म ५०% सम्म छुटमा उपचार पाउँने भएका छन भने २०८३÷३÷३१गते देखी २०८३÷१२÷३० गते सम्म २५ % छुट को व्यवस्था गरिएको नगर प्रमुख सचिबालयका राजकुमार बस्नेतले जानकारी दिनु भयो उँहाका सम्झौतामा बिरामीलाइ अनुसार ओपीडीमा दर्ता निःशुल्क, सामान्य बेड शुल्कमा २५% छुट, क्याबिन शुल्कमा १०% छुट आइसियु एचडियु र सिसियु तथा ओटीमासेवा शुल्कमा २५% छुट प्राप्त गर्नेछन्। त्यसैगरी ल्याब परीक्षण, सिटी स्क्यान एमआरआइ एक्सरे युएसजी डेण्टल एक्सरे ,ओपीजी इसीजी इन्डोस्कपी Colonoscopy, NPL Procedure, ECHO, TMT, Holter, ABPM, EEG, NCT, NST nufotsf Diagnostic सेवाहरू...
शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति

#, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
काठमाडौँ, २६ जेठ : शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअन्तर्गत सूचना तथा सञ्चार मन्त्रालयबाट सञ्चालन भइरहेका कार्यक्रममध्ये अधिकांश सम्पन्न भएका छन् । मन्त्रालयले आज त्यस्ता कार्यक्रमहरूको प्रगति समीक्षा गर्दै अधिकांश कार्यहरू सम्पन्न भई कार्यान्वयनको चरणमा पुगेको जनाएको हो । सेवा प्रवाहलाई सरल, छिटो, पारदर्शी तथा नतिजामुखी बनाउने उद्देश्यले अघि सारिएका सुधार कार्यक्रमहरूलाई तोकिएको समय अगावै कार्यान्वयनमा लगिसक्न सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले निर्देशन दिनुभयो । कार्यान्वयनका क्रममा कुनै समस्या देखिए सम्बन्धित निकायसँग समन्वय गरी तत्काल समाधानका लागि पहल गर्नसमेत उहाँले निर्देशन दिनुभयो । सरकारले नतिजामा आधारित शासकीय व्यवस्थापन लागू गर्ने उद्देश्यसहित प्रत्येक मन्त्रालयलाई प्रमुख १० कार्य पहिचान गरी कार्ययोजना तयार गर्न निर्देशन दिएको थियो । सञ्चार मन्त्रालयले तोकिएक...
१४ वटा मुद्दाका दोषी मिजार पक्राउ

१४ वटा मुद्दाका दोषी मिजार पक्राउ

#, ब्रेकिङ न्युज २, विचार, समाचार
काठमाडौँ, २६ जेठ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुरका विभिन्न १४ मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । ब्यूरोले आज एक विवरण सार्वजनकि गर्दै बैंकिङ कसूर मुद्दामा देवीचन्द्र जोशीसमेत जाहेरीले वादी नेपाल सरकार भएको मुद्दाका फरार काठमाडौँको बूढानीलकण्ठ नगरपालिका ०५ का ४७ वर्षीय राजु मिजारलाई पक्राउ गरेको हो । ब्यूरोका सहप्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले मिजार काठमाडौँ जिल्ला अदालतबाट विभिन्न मितिमा भएका बैंकिङ कसूर (१२) र चेक अनादर (२) गरी जम्मा १४ वटा मुद्दामा दोषी भई फरार रहेका व्यक्ति भएका बताउनुभयो । ती मुद्दामा फैसला भई २ करोड ५८ लाख ६२ हजार रुपैयाँ बिगो कागम भएको उहाँले बताउनुभयो । उनलाई अदालतले बिगो बमोजिन हुन आएको जरिवाना ४३ लाख २३ हजार तथा क्षतिपुर्ति रकम रु १ लाख ७२ हजार ९४१ र ९० दिन कैद सजाय कायम गरेको थियो । त्यसपछि फरार...
पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन

पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन

#, ब्रेकिङ न्युज २, विचार, समाचार
काठमाडौँ, २६ जेठ : सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरी कर्मचारीमा पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्दै राष्ट्र, सङ्गठन र आमजनताको अपेक्षाअनुसार कार्यक्षेत्रमा खटिन निर्देशन दिनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आज महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटको कमाण्डमा खटी जान लागेका अधिकृतलाई प्रत्यक्ष र भर्चुअल माध्यमबाट सो निर्देशन दिनुभएको हो । उहाँले आफू मातहत कर्मचारीको मनोबल उच्च राखी, समयमै समस्या र आवश्यकतालाई पहिचान गर्दै तल्लो तहसम्म प्रत्यक्ष सम्पर्कमा रहेर कार्य गर्नुपर्ने बताउँदै मातहत कर्मचारीका गुनासालाई चेन अफ कमाण्डमा ल्याउन निर्देशन दिनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले फिल्डमा खटिने सशस्त्र प्रहरी कर्मचारीले नतिजामुखी कार्य गर्न सकियो भने राष्ट्र र सङ्गठनको नाम उच्च रहने मात्र नभई कमाण्डर र तल्लो...
इन्द्रावती गाउँपालिकामा  पूर्वानुमानात्मक कार्य प्रवर्द्धन परियोजना  सञ्चालन हुने

इन्द्रावती गाउँपालिकामा पूर्वानुमानात्मक कार्य प्रवर्द्धन परियोजना सञ्चालन हुने

कृषि, खानेपानी, बिजनेस, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार
सञ्जय तामागंनवलपुर, जेठ २२ — इन्द्रावती गाउँपालिकामा जलवायु तथा वातावरणीय जोखिम सम्बोधन गर्दै सामुदायिक रूपान्तरणका लागि पूर्वानुमानात्मक कार्य प्रवर्द्धन परियोजना (PROAACT) सञ्चालन हुने भएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD) को आर्थिक तथा प्राविधिक सहयोग तथा सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च (CDECF) नेपालको कार्यान्वयनमा गाउँपालिकासँगको सहकार्यमा परियोजना सञ्चालन गर्न लागिएको हो। परियोजनाको प्रारम्भिक परिचयात्मक बैठकमा CDECF नेपालका कार्यकारी निर्देशक गोविन्द सापकोटाले परियोजनाको उद्देश्यबारे जानकारी दिँदै स्थानीय समुदायमा जलवायु जोखिमसम्बन्धी सचेतना अभिवृद्धि, अनुकूलन क्षमता सुदृढीकरण तथा जलवायु उत्थानशील विकासका लागि साझा दृष्टिकोण निर्माणमा परियोजनाले योगदान पुर्‍याउने बताउनुभयो। कार्यक्रममा CDECF नेपालका कार्यक्रम व्यवस्थापक इन्जिनियर मिनेश गुरुङले परियोज...
आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १५ जेठः सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल रु २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ । सङ्घीय संंसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कुल विनियोजनमध्ये चालुतर्फ रु १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९ दशमलव आठ प्रतिशत बजेट विनियोजन भएको बताउनुभयो । पुँजीगततर्फ रु चार खर्ब ३१ अर्ब १० करोड अर्थात् कुल विनियोजनको २० दशमलव तीन प्रतिशत विनियोजन गरिएको छ । वित्तीय व्यवस्थातर्फ रु चार खर्ब २२ अर्ब ६४ करोड अर्थात् कुल विनियोजनको १९ दशमलव नौ प्रतिशत रहेको छ । यो खर्च अनुमान चालु आवको संशोधित अनुमानको तुलनामा करिब २५ प्रतिशतले बढी हो । आगामी आवका लागि अनुमान गरिएको खर्च व्यवस्थापन गर्न राजस्वबाट रु १४ खर्ब पाँच अर्ब ३१ करोड तथा वैदेशिक अनुदानबाट रु ६१ अर्ब ७४ करोड प्राप्त हुने अनुमान गरिएको छ । यसबाट अपुग हुने रु...
प्रेस स्वतन्त्रतामा हस्तक्षेप भए प्रेस युनियनले सशक्त प्रतिरोध गर्ने

प्रेस स्वतन्त्रतामा हस्तक्षेप भए प्रेस युनियनले सशक्त प्रतिरोध गर्ने

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
नेपाल प्रेस युनियनको आयोजनामा प्रेस युनियनका शाखा, प्रदेश समितिका प्रधिनिधिको सहभागितामा मिति २०८३ जेठ १३ गते काठमाडौंमा ३५ औं स्थापना दिवस र विधानसभा सम्पन्न भएको छ । लोकतन्त्रवादी पत्रकारहरूको साझा संगठन नेपाल प्रेस युनियनले माइतीघर मण्डलामा प्रभातफेरी गरिएको छ । युनियनले बुधबार देशभर विभिन्न कार्यक्रम गरी ३५औँ स्थापना दिवस मनाएको हो । ।२०४८ जेठ १३ गते श्रमजीवी पत्रकारहरूको हकहित संरक्षणका लागि भएको ट्रेड युनियन आन्दोलनकै उपजका रूपमा नेपाल प्रेस युनियनको स्थापना भएको थियो।दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गरेका छन् भने केन्द्रीय समितिले काठमाडौँमा विधान महाधिवेशन आयोजना गरेको छ। युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा प्रथम राष्ट्रपति डा.रामवरण यादवको प्रमुख अतिथ्यतामा प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा सम्पन्न सभाले समसामयिक, राजनीतिक, पत्रकारितासँग ...