सम्पर्क

ब्रेकिङ न्युज २

सुनकोशीको विद्यालयमा स्मार्ट कक्षाकोठा

ब्रेकिङ न्युज २, समाचार
सुनकोशी बालविकासमा अध्ययनरत साना विद्यार्थीहरुलाई लक्षीत गरेर सुनकोशी गाउँपालिकाले सामुदायिक विद्यालयहरुमा डिजीटल कक्षा कोठाको व्यवस्थापन गरेर पठन पाठन सुरु गरेको छ । गाउँपालिकाले सुरु गरेको स्मार्ट कक्षा कोठा व्यवस्थापनको गाउँपालिकाको नमुना विद्यालय बाघभैरव मावि ठोकर्पाबाट औपाचारीक रुपमा उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष तिमिल्सिनाले डीजीटल स्मार्ट कक्षा कोठाको उद्घाटन गर्नुभएको थियो । विद्यालयको इसीडी कक्षा कोठामा स्मार्ट टीभी जडान गरिएको र उक्त टिभीमा एप्सको माध्यमबाट पाठ्यपुस्तका बाट पढाइ हुने सबै पाठहरु हुने भएकाले साना विद्यार्थीहरुलाई अध्ययन गर्न र बुझ्न पनि सजिलो हुने वाघभैरव मावि ठोकर्पाका प्रधानध्यापक विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो । पहिलो वर्ष इसीडीमा मात्रै लागु गरेपनि आगामी वर्षदेखि क्रमश अरु कक्षाहरुमा पनि यो प्रविधि सुरु गर्दै जाने अध्यक्ष तिमिल्सिनाले बताउनु...

रेष्टको जिल्ला परियोजना सल्लाहकार समिति बैठक सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
विपना तामाङ (गोले) ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी (रेष्ट) सिन्धुपाल्चोकको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक आज (मंगलबार) सम्पन्न भएको छ । जिल्ला परियोजना सल्लाहकार समितिका अध्यक्ष, सिन्धुपाल्चोक जिल्ला समन्वय समितिको प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा संस्थाले सञ्चालन गरेका कार्यक्रम र आगामी योजनाका बारेमा संस्थाका अध्यक्ष कमला अधिकारीले जानकारी गराउनु भएको थियो । कार्यक्रमले बालबिवाह तथा लैङ्घिक हिंसा, बालश्रम शोषण, चेलीबेटी बेचबिखन र असुरक्षित आप्रवासन जस्ता मुख्य विषयहरु समेटेर कार्यक्रम कार्यान्वयन गर्दै आएको बताउनुभयो । रेष्ट संस्थाका प्रतिनिधि आकृति घलेले ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट) ले जोखिममा परेका वा पर्न सक्ने बालिकाहरुलाई शिक्षा र स्वास्थ्यको संरक्षण तथा सम्बर्धन गर्न सहयोग गर्ने, लैङ्गिक हिंसा तथा विभेदको अन्त्य गर्ने र ...

वन तथा वातावरण संरक्षण गर्नु सबैको साझा दायित्व ः मन्त्री भण्डारी

ब्रेकिङ न्युज २, समाचार
बागमती प्रदेशको वन तथा वातावरण मन्त्री मसिना खड्का भण्डारीले वन तथा वातावरण संरक्षण गर्नु हामी सबैको साझा दायित्व भएको बताउनु भएको छ । मानवीय त्रुटीका कारण हुने अधिकांश वन डढेलोको जोखिमका कारण हरेक वर्ष ठूलो मात्रामा पर्यावरण नोक्सान भईरहेकाले यस तर्फ सबै गम्भीर बन्नु पर्ने मन्त्री भण्डारीले आग्रह गर्नुभयो । सोमबार मकवानपुरगढी –११ वनमा लगाइएको डढेलो नियन्त्रण तथा वनमा डढेलो लगाउनेहरूलाई सम्झाउन वनमा नै पुग्नु भएको हो । उहाँले स्थानीयले लगाउँदै गरेको आगो नियन्त्रण गर्न लगाई वनमा आगो लगाउनु अपराध भएको बताउँदै यसले कसैलाई पनि फाइदा नपुग्ने उल्टै हाम्रो स्वास्थ्य तथा राष्ट्रको सम्पत्ति नास हुने बताउनुभयो । वनमा आगो लगाउँदा नयाँ घाँस पलाउने भन्दै स्थानीयले वनमा डढेलो लगाउने गरेको बताउनुभयो । उनीहरूलाई सम्झाउँदै वनमा आगो लगाउँदैमा नयाँ र राम्रो घाँस पलाउने नभएर वनमा भएका किट पत्तगं लगायत सान...

जनपक्षीय काम गर्न बस्नेतको निर्देशन

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले आफु सँधै जनताका लागि राम्रो काम गर्नेहरुको पक्षमा रहेकोले जनपक्षीय काम गर्न मातहतलाई निर्देशन दिदै राम्रा कामको मुल्याकंन हुने बताउँनु भएको छ । मन्त्री बस्नेतले नेपाली औषधी उद्योगले आयोजन गरेको उद्योग विकास र चुनौती विषयक अन्तक्रिया कार्यक्रमको उद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो । उहाँले नागरिकको पक्षमा काम गर्नेहरुलाई प्रशासनिक रुपमा कही कतै झन्झट भएमा आफू उत्पादकको पक्षमा रहने भएकाले औषधी उत्पादनमा आत्मनिर्भर बन्ने तर्फ सहकार्य गर्न मन्त्रालय सधै तयार रहेको बताउँनु भयो । उँहाले नेपाली औषधी उद्योगहरुलाई गुणस्तरीय बनाउने‚ संरक्षण गर्ने र यस्ता उद्योग व्यवसायलाई साथ दिने कुरामा मन्त्रालय सकारात्मक रहको सो अबसरमा जानकारी दिनुभयो । स्वास्थ्य पत्रकार मञ्चले नेपाल औषधि उत्पादक संघसँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो । त्यसैगरी का...

मेलम्ची टारमा सोलार बत्ति जडान पछि निरीक्षण

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मेलम्ची टारमा सोलार बत्ति जडान पछि निरीक्षण गरेको छ । शनिबार नगर प्रमुख आइतमान तामाङ, सोहि वडाका वडाध्यक्ष चन्द्रबहादुर तामाङ लगायतले निरीक्षण गर्नुभएको हो । मेलम्ची नगरपालिकाका प्रमुखको अनुरोधमा जलश्रोत तथा सिंचाइ डिभिजन कार्यालय सिन्धुपाल्चोकको सहयोगमा मेलम्ची टारमा ६ वटा र मेलम्ची ९ मा १६ वटा गरि २२ वटा सोलार बत्ति जडान गरिएको छ । २२ वटा सोलार बत्ती जडान योजना २५ लाखको रहेको नगरप्रमुख तामाङले जानकारी दिनुभयो ।  ...

चौतारा साँगाचोकगढी नगरले गर्यो सार्वजनीक सुनुवाई, एक बर्षमा १८ करोड ७९ लाख ५६ हजार राजश्व संकलन

ब्रेकिङ न्युज २, समाचार
चौतारा साँगाचोकगढी नरपालिकाले २०७९ श्रावण १ गतेदेखि २०८० जेठ २५ गते सम्म गरेको कार्यहरुको प्रगति विवरणको सार्बजनिक सुनुवाई कार्यक्रम गरिएको छ । शुक्रबार नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको सभापतित्वमा भएको सार्बजनिक सुनुवाई कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर केसीले नगरपालिकाको ०७९ श्रावण १ देखी जेठ २५ गतेसम्म गरिएको कार्यहरुको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । चौतारा साँगाचोकगढी नगरपालिकाले एक बर्षमा १८ करोड ७९ लाख ५६ हजार राजश्व संकलन गरेको उहाँले बताउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै हरेक वडामा कम्तिमा पनि एउटा नमुना र स्तरिय कार्ययक्रम गरेर ईतिहास कायम राख्न हरेक वडाअध्यक्षहरु लागि पर्न उपप्रमुख सीता थापाले अनुरोध गर्नुभयो । कार्यक्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य बीमा, कृषि, बिउविजन, पशु बीमा, खानेपानी, लक्षित वर्गको कार्यक्रम र बजेट लगायतका विषयमा ...

पिउने पानी र सरसफाइमा ध्यान दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
स्वच्छ पिउने पानी र सरसफाइलाई थप व्यवस्थित गर्न देशभरिका अस्पतालहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत सहित मन्त्रालयका अधिकारीले विभिन्न सरकारी र निजी अस्पतालहरुमा गरेको निरीक्षणका क्रममा ती अस्पतालहरुमा स्वच्छ खानेपानी र सरसफाइको उचित व्यवस्थापन नभएको पाइएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले उपत्यकाका वीर, शहिद गंगालाल, मेडिकेयर र उपत्यका बाहिर हेटौडा अस्पताल सहित अस्पतालको अनुगमन गरेका थिए । यसका साथै अस्पतालहरुमा शल्यक्रिया पश्चात विरामी राख्ने वार्डहरुमा उचित तापक्रमको व्यवस्थापनमा पनि हरेक अस्पतालले ध्यान दिनु पर्ने मन्त्रालयले अस्पतालहरुलाई स्मरण गराएको छ । हरेक अस्पतालले उपचारका लागि विशेषज्ञ चिकित्सक सहितको प्रभावकारी उपचार सेवा प्रदान गरि आम नागरिक...

मेलम्चीमा बेलिब्रिज बन्ने, स्थानीयबासी हर्षित

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको तीन पालिका जोड्ने मेलम्ची नदीमा बेलिब्रिज निर्माण हुने भएको छ । मेलम्ची नदीमा बेलिब्रिज निमार्ण हुने भएपछि स्थानीयवासी हर्षित भएका छन् । गत २०७८ साल असार १ गते आएको बाढीले पक्कि पुल बगाउँदा यहाँका नागरिकहरुले बर्खाको समयमा सास्ती खेप्दै आएका थिए । हिउँदको समयमा ह्युमपाइप राखेर सडक सञ्चालन गर्ने गरिएको भए पनि बर्खा लागेसँगै समस्या हुनेगरेको स्थानीयले बताउनुभएका छन् । बुधबार नेपाली सेनाको प्राविधिक टोलिले प्रारम्भीक अध्ययन गरेको छ । चुनावका समयमा जेठ मशान्तभित्र बेलिब्रिज निमार्ण गर्ने प्रतिबद्धता गरे पनि केहि समय ढिलो गरेर बेलिब्रिज निमार्ण हुन लागेको बागमती प्रदेश सांसद कृष्णकुमार तामाङ (समीर)ले जानकारी दिनुभयो । सांसद तामाङले अब बेलिब्रिज निमार्ण प्रक्रिया तत्काल अगाडी बढ्ने बताउनुभयो । यस भेगको समस्यालाई मध्यनजर गर्दै विगत धेरै लामो समयदेखिको प्रयास अब सफल हुन लागेको उहा...

नेपाली काँग्रेस प्रदेस स्तरिय भेला तथा पाटि सुदृढीकरण सम्बन्धि अन्तरक्रिया

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेपाली काँग्रेस प्रदेस स्तरिय भेला तथा पाटि सुदृढीकरण सम्बन्धि अन्तरक्रिया नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नं.२ प्रदेस सभा क को प्रदेस स्तरिय भेला तथा पाटि सुदृढीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम चौतारामा भएको छ । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाको बिपि समृति भवन चौतारामा प्रदेस सभा क का सभापति केशब राज गिरिको सभापतित्वमा अन्तरक्रिया कार्यक्रम भएको हो । अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले नेताहरुले कार्यकर्ताहरुको मनोभावना अनुसार काम गर्न पर्ने धारणा राखेका थिए । सहभागीहरुले कार्यकर्ताहरु पनि अनुशासित ढङ्गबाट सर्बसाधरण नागरिकको समस्यलाई हेरेर उनिहरुको सहयोगमा लाग्न पर्ने बताउनुभएको छ । नेपाली काङग्रेसका पुर्ब केन्द्रीय सदस्य बिष्णु बिक्रम थापाको प्रमुख अतिथ्यतामा र जिल्ला पाटि उप सभापति टङ्क बहादुर कार्कीको विशेष अतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले ...

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

खानेपानी, ब्रेकिङ न्युज २, समाचार
मेलम्ची खानेपानी आयोजनाले अम्बाथानस्थित आयोजनास्थलको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत गरेको छ । मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा र धमिला पानी हुँदा पनि काठमाडौँ उपत्यकामा पानी नियमित ल्याउनका लागि मर्मत गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । प्रणालीअन्तर्गत गेट नम्बर १ ले पानी सुरुङको भित्र पठाउने, गेट नम्बर ९ फल्स गर्ने समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गेट नम्बर ९ ले गर्दा धमिलो पानी सुरुङभित्र पस्न पाउँदैन ।” आयोजनाअन्तर्गत वैकल्पिक प्रणालीअन्तर्गतका गेट मर्मतका लागि १० दिनसम्म बन्द गरिएको थियो । पानी पथान्तरणको काम ‘हेडबर्क’ ले गर्ने भए पनि सम्पन्न नहुँदै क्षतिग्रस्त भएकाले वैकल्पिक प्रणालीमार्फत पथान्तरण भइरहेको छ । गत मङ्गलबारदेखि उपत्यकामा पानी पुनः ल्याउन थालिएको थियो । गेटको मर्मतका लागि बन्द गरिएको र एकै पटक धेरै परिमाणमा पठाउ...