सम्पर्क

ब्रेकिङ न्युज २

भालुबाङ बस दुर्घटनाका घाइतेहरूको उपचारमा कमी हुन नदिन मन्त्री केसीको निर्देशन

ब्रेकिङ न्युज २, समाचार
बाँके  लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री कृष्णा केसी (नमुना) ले भालुबाङ बस दुर्घटनाका घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिनुभएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुगेर उपचाररत दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्था बुझ्दै उहाँले उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिनुभएको हो । दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मन्त्री केसीले उपचारमा गम्भीर बन्न र उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशनसमेत दिनुभयो । अस्पताल प्रशासन, उपचारमा संग्लन चिकित्सक र बस समितिका प्रतिनिधिलाई मन्त्री केसीले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन आग्रह गर्नुभयो । ‘बस समितिले घाइतेहरूको उपचार गर्छ र अहिले गरिरहेको पनि छ’ उहाँले भन्नुभयो, ‘तपाईहरू (चिकित्सक) ले पनि उपचारमा कुनै कमी हुन नदिनुहोला ।’ आर्थिक अभावकै कारण घाइतेहरूको उपचारमा समस्या आउन...

उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

ब्रेकिङ न्युज २, समाचार
आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ । निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो । सातवटै प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राससलाई जानकारी दिनुभयो । निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार मैदानमा हुनुहुन्छ । उक्त निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारी मनोनयनपत्र दर्ता भएको थियो । आयोगका अनुसार कोशी प्रदेशमा पाँच, मधेसमा पाँच, बागमतीमा १५, गण्डकीमा आठ र लुम्बिनी प्रदेशमा छ जना उम्मेदवार हुनुहुन्छ । कर्णाली प्रदेशमा र सुदूरपश्चिम प्रदेशमा छ÷छ जना उम्मेदवारको मनोनयनपत्र दर...

मेलम्चीको पानी चार दिनपछि काठमाडौँमा

ब्रेकिङ न्युज २, समाचार
बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौँ पुग्ने भएको छ । अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार साँझदेखि पुनःकाठमाडौँमा पथान्तरण गरिएको छ । यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउने सहमति भएअनुसार बुधबार साँझदेखि काठमाडौँका लागि पानी पथान्तरण गरिएको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इञ्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्माण व्यवसायीको माग सम्बोधन गरेर मेलम्चीको पानी काठमाडौँ पथान्तरण गरिएको छ, २७ किलोमिटर लामो सुरुङमा आधाजति पानी रहेकाले अबको चार दिनमा मेलम्ची खोलाको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पुग्नेछ ।” करिब २८ दिनको कार्ययोजनासहित पानी पथान्तरणको काम सुरु गरिएको भए प...

देश बिकासको भूमिका शैक्षिक व्यक्तित्वकै हातमा रहन्छः मन्त्री दुलाल

ब्रेकिङ न्युज २, समाचार
निर्मल बस्नेत /चौतारा बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार बिकास मन्त्री युवराज दुलालले देश बिकासको भूमिकामा शैक्षिक व्यक्तित्वहरुकै हातमा रहने बताउनुभएको छ । मन्त्री दुलालले देशको शैक्षिक तथा बौद्धिक तप्कामा स्वदेशमै केहि गरौ भन्ने चिन्तनसहितको धारणा र दक्ष जनशक्तिको बिकास नभएसम्म देश बिकास नहुने तर्क गर्नुभयो । उक्त कुरा बिहिबार वनदेबी माध्यमिक विद्यालयको २६ औ बार्षिकोत्सव अभिभावक भेला, तथा भूतपूर्व बिद्यार्थी पुर्नर्मिलन समारोहलाई सम्बोधन गर्दै व्यक्त गर्नुभएको हो । उहाँले बिकासको लागि धेरै परिकल्पनाहरु गरेको त्यो पुरा गर्ने चरणमा लागि परेको बताउनुभयो । बार्षिककोत्सव कार्यक्रमको प्रमूख अतिथीको निम्तालाई स्वीकार्दै मन्त्रीले पूर्व विव्यस अध्यक्ष प्रबिणकुमार घलेले भौतिक र शैक्षिक बिकासमा जिम्मेवारीपूर्वक पुरा गरेको भूमिकाको स्मरण गर्नुभएको थियो । उहाँले कुरा भन्दा काम बढी गर्ने कुरामा ...

सांसद सुबोधद्वारा जालपा माविका विद्यार्थीसँग विधायिकी कार्यबारे छलफल

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
२६ पुस, सिन्धुपाल्चोक । जिल्लाको क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुवोधले विद्यालयको कक्षा कोठमै पुगेर विद्यार्थीसँग विधायिकी कार्यबारे छलफल गर्नु भएको छ ।संसदको बर्षे अधिवेशन सकिएर हिउँदे अधिवेशन सुरु नभएको समयमा ’जनतासङ्ग सांसद’ र ’विधायकसँग विद्यार्थी’ कार्यक्रम लिएर निर्वाचन क्षेत्रमा रहनु भएका सापकोटाले बिहीबार जालपादेवी माध्यमिक विद्यालयका विद्यार्थीसँग कक्षा कोठामै गएर छलफल गर्नु भएको हो ।बलेफी गाउँपालिका वडा नं ४, बिन्जेलस्थित जालपादेवी माध्यमिक बिद्यालयका कक्षा ९ देखि १२ सम्मका ७५ जना विद्यार्थी सहभागी कक्षामा उहाँले जनताको प्रतिनिधिका रुपमा निर्वाचित भएर जाने विधायकले संसदमा खेल्ने भूमिकामा बारेमा चर्चा गर्नु भयो । विधायकका लागि तोकिएको काम, कर्तव्य र अधिकार हुने जानकारी गराउँदै सापकोटाले कानुन निर्माणमा सबैभन्दा ठूलो भूमिका हुने बताउँनु भयो ।...

कक्षा १० को एसईई कायमै राख्न बोर्डको आग्रह

ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ, राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई कायमै राख्न आग्रह गरेको छ । विद्यालय शिक्षा विधेयक, २०८० माथि सुझाव दिने क्रममा बिहिबार राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले हाल सञ्चालन भइरहेको परीक्षालाई कायम राख्न र यसलाई प्रदेश सरकारबाट सञ्चालन गर्न सुझाव दिनुभयो । उहाँले हरेक दुई÷दुई वर्षमा बाह्य परीक्षा हुनुपर्ने भएकाले कक्षा ८ पछि एकैपटक कक्षा १२ को परीक्षा लिने गरी राखिएको विधेयकको प्रस्ताव उचित नभएको बताउनुभयो । कक्षा १० मा बोर्ड परीक्षा नलिँदा कक्षा १२ मा अनुत्तीर्ण विद्यार्थीको दर झन बढ्नसक्ने र अनुत्तीर्ण हुँदा विद्यार्थीमा मनोवैज्ञानिक असर पर्नसक्ने आँैल्याउँदै शर्माले परीक्षाको स्तर र स्वीकार्यता नभएमा त्यसले अन्तर्राष्ट्रियस्तरमा मान्यता नपाउने भएकाले कानुन बनाउँदा त्यसमा ध्यान दिन आग्रह गर्नुभयो । बिहिबार समितिको सिंहदरबारमा बसेको बैठ...

खोज तथा उद्धार सम्बन्धी ३ दिने तालीम सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
समुदायमा आधारित पहिरो पुर्वसुचना प्रणाली परियोजना अन्र्तगत आधारभूत खोज तथा उद्धार सम्बन्धी ३ दिने तालीम सम्पन्न भएको छ । सामुदायिक विकास तथा वातावरण संरक्षण मन्च नेपालको आयोजना, अस्ट्रेलियन एडको आर्थिक सहयोग र प्राक्टिकल एक्सन सँगको साझेदारीमा संचालित तालिममा हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाका नागरिकहरुको सहभागीता रहेको थियो । मेलम्ची नगरपालिका र सशस्त्र प्रहरी बल मेलम्ची संगको सहकार्यमा भएको तालीममा सहभागीहरुलाइ बिपद, बाढिमा परेका हरुलाई डोरि मार्फत कसरी उद्दार गर्न सकिन्छ,घाइतेहरुलाई हाम्रै घरमा भएका साधन बाट कसरी अस्पताल सम्म पुर्याउन सकिन्छ र आगो कसरी नियन्त्रणमा लिने र सुरक्षीत कसरी हुने भन्ने बिषयमा जानकारी गराइएको थियो । समापन कार्यक्रममा सामुदायिक विकास तथा वातावरण संरक्षण मन्च सिडिइसिएफ का अध्यक्ष रामजी थापाले सिकेका कुराहरुलाई समाजमा लागु गर्न आग्रह गर्नुभयो । ३ ...

पेमाछाल उद्यान केन्द्रमा झन्डोत्तोलन तथा दीप प्रज्वलन

ब्रेकिङ न्युज २, समाचार
  सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका – ४ को पर्यटकिय स्थल नागी थामडांँडा एवं पेमाछाल उद्यान केन्द्रमा १२० वटा झन्डोत्तोलन गरिएको छ । बुधवार बागमती प्रदेश सभा सदस्य एवं नेपाली काँग्रेस संसदीय दलका सचिव कृष्ण कुमार तामाङ (समिर) को प्रमुख आतिथ्यतामा झन्डोत्तोलन तथा दीप प्रज्वलन कार्यक्रम गरिएको हो । कार्यक्रममा स्थानीय राजनीतिक दलका नेताहरू, समाजसेवी,सुरक्षाकर्मी र स्थानीयवासिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व पाँचपोखरी–४ थाङपालकोटका वडाध्यक्ष कुलबहादुर बस्नेतले गर्नुभएको थियो ।...

विपद् व्यवस्थापनमा खोज तथा उद्धार सम्बन्धी ३ दिने तालीम मेलम्चीमा सुरु

ब्रेकिङ न्युज २, समाचार
 समुदायमा आधारित पहिरो पुर्वसुचना प्रणाली परियोजना अन्र्तगत आधारभूत खोज तथा उद्धार सम्बन्धी ३ दिने तालीम मेलम्चीमा सुरु भएको छ । सामुदायिक विकास तथा वातावरण संरक्षण मन्च नेपालको आयोजना, अस्ट्रेलियन एडको आर्थिक सहयोग र प्राक्टिकल एक्सन सँगको साझेदारीमा संचालित तालिममा हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाका नागरिकहरुको सहभागीता रहेको कार्यक्रम संयोजक राजेश गौतमले जानकारी दिनुभयो । कार्यक्रमको उद्धेश्यबारे प्रष्ट पार्दै गौतमले समुदायमा आधारीत कार्यदलहरुलाई सक्षम बनाउनका लागी तालिमको आयोजना गरिएको बताउनुभयो । उहाँले तालिममा सहभागीहरुले सिकेका कुराले आगामी दिनमा आइपर्ने विपद्का समयमा सक्रिय भूमिका निर्वाह गर्ने विस्वास लिएको बताउनुभयो । केही समयअघि मात्रै पहिरो पुर्व सुचना प्रणाली सम्बन्धी सामुदायिक विपद व्यबस्थापन समितिका प्राथमिक उपचार कार्यदलका सदस्य हरुलाई जनचेतना अभिवृदि गराउन...

बागमती प्रदेशमा उम्मेदवारद्वारा मनोनयनपत्र दर्ता

ब्रेकिङ न्युज २, राजनिती, समाचार
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि बागमती प्रदेशबाट उम्मेदवारहरुले आफ्नो मनोनयनपत्र दर्ता गराउनुभएको छ । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जितजङ्ग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा (माओवादी केन्द्र) को तर्फबाट श्रीकृष्ण अधिकारी तथा नेकपा (एकीकृत समाजवादी) को तर्फबाट घनश्याम रिजालले बागमती प्रदेश निर्वाचन कार्यालय मकवानपुरमा मनोनयनपत्र दर्ता गराउनुभएको हो । त्यसैगरी प्रमुख प्रतिपक्ष नेकपा (एमाले) को तर्फबाट विवेक देवकोटा, त्रिलोचन निर्मल पौडेल, ध्रुवराज विश्वकर्मा र रोजकुमारी चौलागाइँले पनि मनोनयनपत्र दर्ता गराउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट हेमजङ्ग गुरुङ्, पूर्णबहादुर विश्वकर्मा, बालकुमारी ढल्लाकोटी र भरतमणि भट्टले पनि राष्ट्रियसभा सदस्यका लागि मनोनयनपत्र दर्ता गराउनुभएको छ । त्यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तर्फबाट श्...