सम्पर्क

देश बिकासको भूमिका शैक्षिक व्यक्तित्वकै हातमा रहन्छः मन्त्री दुलाल

निर्मल बस्नेत /चौतारा
बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार बिकास मन्त्री युवराज दुलालले देश बिकासको भूमिकामा शैक्षिक व्यक्तित्वहरुकै हातमा रहने बताउनुभएको छ । मन्त्री दुलालले देशको शैक्षिक तथा बौद्धिक तप्कामा स्वदेशमै केहि गरौ भन्ने चिन्तनसहितको धारणा र दक्ष जनशक्तिको बिकास नभएसम्म देश बिकास नहुने तर्क गर्नुभयो । उक्त कुरा बिहिबार वनदेबी माध्यमिक विद्यालयको २६ औ बार्षिकोत्सव अभिभावक भेला, तथा भूतपूर्व बिद्यार्थी पुर्नर्मिलन समारोहलाई सम्बोधन गर्दै व्यक्त गर्नुभएको हो । उहाँले बिकासको लागि धेरै परिकल्पनाहरु गरेको त्यो पुरा गर्ने चरणमा लागि परेको बताउनुभयो ।
बार्षिककोत्सव कार्यक्रमको प्रमूख अतिथीको निम्तालाई स्वीकार्दै मन्त्रीले पूर्व विव्यस अध्यक्ष प्रबिणकुमार घलेले भौतिक र शैक्षिक बिकासमा जिम्मेवारीपूर्वक पुरा गरेको भूमिकाको स्मरण गर्नुभएको थियो । उहाँले कुरा भन्दा काम बढी गर्ने कुरामा सवैको जोड रहनुपर्छ भन्नुभयो ।
कार्यक्रमका बिशेष अतिथि चौतारा साँगाचोकगढी नगरपालिका उपप्रमुख सीता थापाले विद्यालयको आवश्यकतालाई हेरेर नगरले हरबखत सहयोग गर्ने भनि विद्यालयको उत्तरोतर प्रगतिको कामना गर्नुभएको थियो ।
चौतारा बजार र बस्तीको तल्लो छेउमा अवस्थित बिद्यालय, रमणीय, शान्त र बालमैत्री रुपमा रहेको छ । दृष्टिबिहिन स्रोतकक्षा र श्रोतकक्षामा अध्ययनरत बिद्यार्थीहरुलाई आवाससहितको व्यवस्थापन रहेको छ । बिद्यालयमा प्राय चौतारा आसपास र बाहिरबाट चौतारा बसोबास गर्नेका छोराछोरीहरुले अध्ययन गर्दै आईरहेको छन् ।
गाउँगाउँका बिद्यालयमा बालबाललिका न्यून रहेर बिद्यालयहरु आपसमा मर्ज गर्नुपर्ने अवस्थाहरु सिर्जना भईरहेको छ । जिल्लाको सदरमूकाम चौतारा मूख्य बजारमा जिल्लाकै जेठो विद्यालय कृष्ण रत्न गंगा माध्यमिक नजिकै रहेता पनि यहाँको विद्यालयमा ५ सय ३४ जना बिद्यार्थीहरु अध्ययन गरिरहेका छन् । वनदेबीका बिद्यार्थीहरुले नेपाली र अंग्रेजी दुवै माध्यमबाट सिकाई हासिल गरिरहेका छन् ।
बिद्यालयको प्रधानाध्यापक दिपक राइले प्रस्तुत गरेको बार्षिक प्रतिबेनदमा बिद्यालयले छाटै अवधिमा धेरै प्रगति गर्न सफल भएको उल्लेख गर्नुभएको थियो ।
बिबिध सांस्कृतिक कार्यक्रमका बिच सम्पन्न बार्षिकोत्सव कार्यक्रममा मन्त्री युवराज दुलाल, चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटा, उपप्रमुख सीता थापा, सामाजिक बिकास समिति प्रमुख रामप्रसाद गौतम, वडाध्यक्ष शिव श्रेष्ठलाई सम्मान गरिएको थियो ।
त्यस्तै बिद्यालयलाई आर्थिक तथा भौतिक सहयोग पुर्याउनेहरु समाजसेवी थापा हार्डवयर चौताराका प्रोपाईटर भुपेन्द्र थापा, शान्तिदेवी एण्ड कन्स्ट्रक्सनका प्रोपाईटर तिर्थर्मान श्रेष्ठ र रामबहादुर स्मृति अक्षयकोषका संरक्षक डम्बर कुमारी गुरुङलाई पनि सम्मान गरिएको थियो ।
बिद्यालयका सम्पूर्ण शिक्षक शिक्षिकाहरुलाई सम्मान गरिएको थियो । त्यसैगरि अतिरिक्त क्रियाकलापमा उत्कृष्ठ हुने, कक्षागत रुपमा प्रथम, द्धितीय र तृतीय हुने बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
शिक्षक दिल कार्किको सुबोध उद्घोषणमा सञ्चालित २६औँ बार्षिकोत्सव कार्यक्रममा जनप्रतिनीधि, राजनीतिक दल, बुद्धिजीबी, समाजसेबी, जग्गादाता,चन्दादाता, शिक्षक, बिद्यार्थी,भूतपूर्व बिद्यार्थी, अभिभावक र संचारकर्मीहरुको सहभागितामा भव्यताकासाथ सम्पन्न भएको थियो ।