समुदायमा आधारित पहिरो पुर्वसुचना प्रणाली परियोजना अन्र्तगत आधारभूत खोज तथा उद्धार सम्बन्धी ३ दिने तालीम मेलम्चीमा सुरु भएको छ । सामुदायिक विकास तथा वातावरण संरक्षण मन्च नेपालको आयोजना, अस्ट्रेलियन एडको आर्थिक सहयोग र प्राक्टिकल एक्सन सँगको साझेदारीमा संचालित तालिममा हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाका नागरिकहरुको सहभागीता रहेको कार्यक्रम संयोजक राजेश गौतमले जानकारी दिनुभयो । कार्यक्रमको उद्धेश्यबारे प्रष्ट पार्दै गौतमले समुदायमा आधारीत कार्यदलहरुलाई सक्षम बनाउनका लागी तालिमको आयोजना गरिएको बताउनुभयो ।
उहाँले तालिममा सहभागीहरुले सिकेका कुराले आगामी दिनमा आइपर्ने विपद्का समयमा सक्रिय भूमिका निर्वाह गर्ने विस्वास लिएको बताउनुभयो । केही समयअघि मात्रै पहिरो पुर्व सुचना प्रणाली सम्बन्धी सामुदायिक विपद व्यबस्थापन समितिका प्राथमिक उपचार कार्यदलका सदस्य हरुलाई जनचेतना अभिवृदि गराउने,मानवीय र जनधनको क्षति रोक्न सहयोग पुर्याउने उदेश्यले संस्थाले तालिम प्रदान गरेको थियो । कार्यक्रममा प्राक्टिकल एक्सनका परियोजना संयोजक मिनेश गुरुङले तालीममा सहभागी प्रति आयोजक संस्था र समुदाय दुवैको आशा रहेको बताउनुभयो । जीवनमा बाचुन्जेल काम लाग्ने भएकाले तालिममा सक्रिय सहभागी हुन उहाँले आग्रह गर्नुभयो ।
सामुदायिक विकास तथा वातावरण संरक्षण मन्च सिडिइसिएफ का अध्यक्ष रामजी थापाले सहभागी हरुले नजानेका र नबुझेका कुरा सोधेर प्रष्ट हुन आग्रह गर्नुभयो । समुदायमा आधारित पहिरो पुर्वसुचना प्रणाली परियोजना नेपालमै पहिलो भएकाले यो समुदायले पाएको यो अवसरको उल्लेख सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
स्वागत मन्तब्य राख्दै प्राक्टिकल एक्सनको परियोजना अधिकृत पविना खड्काले तालीमको उदेश्यबारे सहभागी हरुलाई जानकारी गराउनुभयो । उहाँले तालीम पछी समाजमा आइपर्ने हरेक विपत्तिहरु बाट बच्न र बचाउन सहयोग पुग्ने बिश्वास लिइएको बताउनुभयो । तालिमको सशस्त्र प्रहरी बल मेलम्चीका नायब उपरीक्षक राजेश फुयाँलले सहजीकरण गर्नुहनुेछ भने श्रीकृष्ण कार्की र सन्जिव मगरले प्राविधिक सहजिकरण गर्नुहुनेछ ।
