पर्वत समाज कतारले खेलाडीहरुलाई गर्यो सम्मान
लोकप्रिय समाचार दैनिक
पर्वत समाज कतारले आफ्ना भलिबल खेलाडीलाई सम्मान गरेको छ । समाजले शुक्रबार एक कार्यक्रम गरि कतारमा यो बर्ष आयोजना भएका दुई ठुला भलिवल प्रतियोगिताको उपाधि जिताउन सफल भलिबल टिमलाई सम्मान गरेको हो ।
पर्वत समाज कतारको भलिबल टिमले बक्र इद (इद–उल–अज्हा) को अवसरमा रोयल नेपाल यूथ एसोसिएसन (ठकुरी ग्रुप) कतारको आयोजना र गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारको खेलकुद बिभागको सहकार्यमा सम्पन्न ‘अन्तर नेपाली समुदाय खुला पुरुष भलिबल प्रतियोगिता–२०२५’ र इद उल फित्र तथा नेपाली नयाँ वर्ष २०८२ को अवसरमा पर्वत समाज कतारको आयोजना र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको खेलकुद विभागको सहकार्यमा भएको ’जिल्ला स्तरीय भलिबल प्रतियोगिता –२०२५ झको उपाधी जित्न सफल भएको थियो ।
कार्यक्रममा पर्वत समाज कतारका प्रमुख संरक्षक छबिलाल भट्टराईले लगातार दुई उपाधी जित्दै सस्थाक...
