१४ नं वडामा कपडाको झोला वितरण गर्दै प्लास्टिकमुक्त अभियान सञ्चालन
असार ३१ – प्लास्टिकजन्य फोहोर न्यूनीकरण तथा वातावरण संरक्षण गर्ने उद्देश्यले चौतारा साँगाचोकगढी नगरपालिका–१४ मा प्लास्टिकमुक्त अभियान तथा कपडाको झोला वितरण कार्यक्रम गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद युवराज दुलालले वातावरण संरक्षणका लागि प्लास्टिकको प्रयोग घटाउनु आजको आवश्यकता भएको बताउँदै स्थानीय तह, संघसंस्था र नागरिकको संयुक्त प्रयासबाट मात्र प्लास्टिकमुक्त समाज निर्माण सम्भव हुने धारणा व्यक्त गर्नुभयो। उहाँले वातावरणमैत्री व्यवहार अपनाउन सबैलाई आग्रह गर्नुभयो। कार्यक्रममा उँहाले वातावरण संरक्षणलाई नीति र व्यवहार दुवै तहबाट अघि बढाउनुपर्ने आवश्यकता भउको उल्लेख गर्नु हुादै संसदमा आफूले किसानको हित, कृषि क्षेत्रको विकास तथा जनजीविकासँग जोडिएका विषयमा निरन्तर आवाज उठाउँदै आएको र वातावरण संरक्षण पनि कृषिको दिगोपनासँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको बताउँनु भयो । दुलालले व...









